स्थानीय तहलाई ७५ अर्ब बजेट निकासा, वाणिज्य बैंकहरुलाई राहत



अर्थ मन्त्रालय
अर्थ मन्त्रालय
.

अर्थ मन्त्रालयबाट आजदेखि तेस्रो किस्ताको रुपमा स्थानीय तहलाई ७५ अर्व रुपैयाँ निकासा प्रक्रिया सुरु भएको छ।

अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चित कोषमा तेस्रो किस्ताको रकम पठाउने प्रक्रिया सुरु गर्न लागको मन्त्रालयलको सहसचिव अर्जुन प्रसाद पोखरेलले जानाकारी गराएका हुन्।

उक्त रकम बजेट चालु आवको बजेट अनुसार जान लागेको उनको भनाइ छ।

स्थानीय तहमा चालू आवको लगि अनुदानबाट एक खर्ब ४८ अर्ब ६३ करोड र सशर्त अनुदान शीर्षक बाट ७६ अर्ब ४१ करोड रुपैयाँ गरी दुई खर्ब २५ अर्ब रुपैयाँ छुट्याइएको छ।

सरकारले ७ सय ५३ वटा स्थानीय तहका लागि २ खर्ब २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यस मध्ये ७५ अर्ब रुपैयाँका चालु आव सुरु हुने वित्तिकै तथा पुस मसान्तपछि स्थानीय तहमा गइसकको छ। तेस्रो किस्तास्वरुप ७५ अर्ब रुपैंया स्थानीय तह जान लागको हो।

बाँकी रकम अर्को किस्ताको रुपमा स्थानीय तहमा पठाइने अर्थ मन्त्रालयले जानाकारी गराएको छ। यो सबै रकम बैंकमार्फत नै खर्च हुने हो। त्यसले हालको बैंकको तरलता अभावलाई पनि सहयोग गर्ने विश्वास वाणिज्य बैंकहरुले लिएका छन्।

बैंकर तथा नबिल बैंकका कामु सिइओ अनिल केशरी शाह भन्छन्, ‘यो रकमले बैंकिङ क्षेत्रकाे तरलता अभाव पूर्ति गर्न ठूलो मद्दत गर्नेछ। तर सरकारले समयमै रकम निकासा गर्छ गर्दैन भन्ने पक्ष महत्वपूर्ण छ।’ परिमाणको हिसाबले पनि ठूलो रकम भएकाले यसले अहिलेको समस्या समाधान गर्न सक्ने उनको बुझाइ छ।

अर्का बैंकर तथा प्रभु बैंकका सिइयो अशोक शेरचन सरकारी बजेटको पैसाले नै तरलता समाधान होस् भन्ने आफूहरुको बुझाइ रहेको बताउँछन्। स्थानीय तहको बजेट निकासालाई हामीले पर्खिरहेकोले यो निकासा हाम्रो लागि विशेष रहने उनको भनाइ छ। यो पैसा केन्द्रमा नै नबसोस् भन्ने बैंकहरुले चाहेको उनले बताए।

स्थानीय तहलाई प्राप्त हुने सबै प्रकारको आम्दानी सञ्चित खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ। उक्त खाता नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकमा रहन्छ। जसले गर्दा बैंकहरुको तरलताको अभावलाई प्रत्यक्ष सहयोग पुग्ने देखिन्छ।

प्रकाशित १ चैत २०७४, बिहिबार | 2018-03-15 19:59:00
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...