सिआईबीकाे सहयाेगमा पाइलट-एटिसी अडियो ‘लिक’ अनुसन्धान


Infocus



पत्रकार सम्मेलनमा महानिर्देशक गाैतमसहित प्राधिकरण अधिकारीहरू। तस्विर: प्रबिन काेइराला
पत्रकार सम्मेलनमा महानिर्देशक गाैतमसहित प्राधिकरण अधिकारीहरू। तस्विर: प्रबिन काेइराला

युएस बंगला एयरलाइन्सका पाइलट र एयर ट्राफिक कन्ट्रोलबीचको अडियो रेकर्ड 'लिक'बारे छानवीन गरिने भएकाे छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) काे सहयाेगमा अनुसन्धान गर्ने भएकाे हाे।

त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले छानवीन गर्न लागेको जानकारी दिए।

‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमअनुसार एटीसी सम्वाद र अन्य आँकाडा सार्वजनिक गर्न मिल्दैन। त्यसमा हामी छानवीन गर्दैछौं’, उनले भने, 'ककपिट र एटीसीबीचको संवाद कसले बाहिर लिक गर्यो भनेर छानवीन हुन्छ।'

सम्बन्धित समाचार : विमान दुर्घटनाअघि पाइलट-टावर के सम्वाद भयो? (अडियो)

युएस बंगलाको विमान दुर्घटनाको २ मिनेटभित्र उद्धार टोली घटनास्थल पुगेकाे उनले दाबी गरे। दुर्घटनाको ३ मिनेटभित्र आपतकालीन सेवा पुग्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। ‘विमानमा लागेको आगोले विमानस्थलको घाँसे क्षेत्रमा डढेलो लागेकाले आगो नियन्त्रण गर्न अलि कठिनाई भएको हो। दमकल लगायत उद्दार टोली समयमै पुगेको हो’, महानिर्देशक गौतमले भने।

प्राधिकरणाले सोमबार त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनापछि विमानस्थलको एयर ट्राफिक कन्ट्रोल टावरका ६ कर्मचारी सरुवा गरेको छ। सरूवा हुने सबै एयर ट्राफिक कन्ट्रोल टावर कर्मचारी हुन्। आफ्नै आखाँ अगाडि ठूलो दुर्घटना भएको देख्दा कर्मचारी त्रसित हुने भएकाले त्यहाँका कर्मचारीलाई विभागमा सरुवा गरिएको प्राधिकरणले जनाएको छ।

सम्बन्धित समाचार : 'कन्ट्राेल रूमकाे निर्देशन उल्लंघन गर्दा दुर्घटना' (भिडियाे)

ढाकाबाट काठमाडौं आएको यूएस बाङ्लाको एसबी २११ उडान दुर्घटनामा चालक दलका चारै जनासहित ४९ जनाको मृत्यु भएको थियो। दुर्घटनामा २१ जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांश खतरामुक्त छन्। मृतकहरुको शव आफन्तलाई बुझाउन केही समय लाग्ने अधिकारीहरुले बताएका छन्। शवको पहिचान हुन समय लाग्ने र डिएनए परीक्षणपछि मृतकको शव आफन्तलाई बुझाइनेछ।

प्रकाशित २९ फागुन २०७४, मंगलबार | 2018-03-13 21:23:26
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट उडेकाे एयर एशियाकाे जहाज

    २१ करोड नतिराई एयर एशिया भगाउने को हो?

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीलाई एयर एशिया एक्सले काठमाडौं उडान रोक्दैछ भन्ने कुरा असोज अगाडि नै थाहा भइसकेको थियो।

  • प्रधानमन्त्रीको त्यो निर्देशन जसले एक निर्दाेष विद्यार्थीको भविष्य चौपट बनायो

    मंगलबार बिहान ९ बजे पूर्व एआईजी देवेन्द्र सुवेदीले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टरार्इको ट्विटमा एउटा रिप्लाई दिए।

  • भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी

    मोदीले गढ गुमाउँदाको क्षति कति ठूलो?

    सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा)लाई ऐतिहासिक बहुमत दिलाउन राजस्थान, छत्तिसगढ र मध्यप्रदेशको भूमिका महत्वपूर्ण थियो।

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।