फुलबारी रिसोर्ट चिनियाँ व्यापारीलाई १० अर्बमा बेच्ने कसरत




नेपालमा चिनियाँ लगानी बढिरहेको बेला पोखरास्थित देशको एकमात्र ५ तारे डिलक्स (सेभेन स्टार) होटल फूलबारी रिसोर्ट एण्ड स्पा पनि चीनका व्यापारीले किन्ने तयारी सुरु भएको छ।

NIC ASIA

संचालक पियूषबहादुर अमात्यले १००० करोड (१० अर्ब) रुपैयाँमा फूलबारी होटल बिक्रिमा राखेपछि चिनियाँ व्यापारीको आँखा परेको हो। स्रोतका अनुसार फूलबारी खरिदका लागि एक दर्जन बढी चिनियाँ कम्पनीले इच्छा देखाएका छन्। तर संचालक अमात्यको शर्तका कारण यो महँगो व्यापार डिलले अझै सार्थकता पाउन सकेको छैन।

चीनबाट आएका एकदर्जन बढी व्यापारी तथा लगानीकर्ताका प्रतिनिधिले पोखरा पुगेर होटल अवलोकन गरेका छन्। जसमध्ये केहीले संचालक अमात्यसँग भेटेका छन्। फूलबारीमा चिनियाँ लगानीकर्ता भित्र्याउन दक्षिण चीनको ग्वान्झाउस्थित नेपाली महावाणिज्यदूत रबी भट्टराईले समेत मध्यस्थता गरिरहेका छन्।

रिसोर्ट बिक्रि कारोबारका लागि काठमाडौंमा केही चिनियाँ तथा नेपाली नागरिकले पनि मध्यस्थता गरिरहेका छन्।

स्रोतका अनुसार चिनियाँ लगानीकर्ताले होटलको सम्पूर्ण स्वामित्व लिने र नेपालको कानुनअनुसार आफुले चाहेका नेपाली नागरिकलाई २० प्रतिशत सेयर दिएर राख्ने गरी ‘डिल’ गर्ने मनशाय व्यक्त गरेका छन्। तर यसका लागि आमात्य तयार नभएकाले ‘डिल’ हुन सकेको छैन।

अमात्यले १० अर्बमा होटलको ८० प्रतिशत स्वामित्व मात्र बेच्ने शर्त अघि सारेका छन्। होटलका मुख्य सेयर धनी अमात्य र उनका परिवारका सदस्य हुन्।

करिब २५० रोपनी क्षेत्रफल जग्गामा फैलिएको रिसोर्ट एण्ड स्पाले सोही अनुपातमा सरकारी जग्गा समेत भाडामा लिएको छ। रिसोर्टको गल्फ कोर्स सरकारी जग्गामा रहेको छ। पुरातात्विक नेपाली शैलीमा बनेको रिसोर्ट दक्षिण एशियाका उत्कृष्ट होटलमध्ये पर्छ।

केही दिनअघि ग्वान्झाओबाट नेपाल आएका महावाणिज्यदूत भट्टराईले संचालक अमात्यसँग भेटेर होटल बिक्रिको कारोबारबारे छलफल गरेका थिए। अमात्यले चित्तबुझ्दो दाम पाए फूलबारी बेच्ने बताएपछि भट्टराईले मध्यस्थता बढाएका हुन्।

‘मेरो काम नै ठूला लगानीकर्तालाई सहज वातावरण बनाइदिने हो’, केही चिनियाँ लगानीकर्ता इच्छुक देखिएपनि चित्तबुझ्दो परिणाम आइनसकेको बताउँदै महावाणिज्यदूत भट्टराईले नेपालखबरसँग भने, ‘फूलबारीको विषयमा समेत काम भैरहेको छ, मैले केही चिनियाँ लगानीकर्तासँग कुरा गरिरहेको छु।’

फूलबारी बिक्रिको डिल गर्न अमात्य आफैं हङकङ जाने तयारीमा पनि छन्। हङकङमा उनले मुख्यभूमी चीन र ताइवानका व्यापारी समेत भेट्ने बताइएको छ।

‘अमात्य आजभोली नै हङकङ जाने कार्यक्रम छ, जहाँ एकजना ताइवानी नेताका साथी ली गिलीसँग पनि भेट्ने भन्ने छ’, स्रोतले भन्यो।

ताइवानी व्यापारी ली पनि फूलबारी लिन इच्छुक पाइएपछि उनीसँग अमात्यले हङकङमा भेट्न लागेका हुन्।

महत्वाकांक्षी तर सफल परियोजना मानिएको फूलबारी रिसोर्ट एण्ड स्पाको निर्माण कुशलताका साथ गरिए पनि संचालन सोही अनुसार हुन सकेको छैन। जसका कारण संचालक अमात्य सहित उनको परिवार बैंक, बित्तिय संस्था र व्यक्तिगत ऋणमा डुबेको छ।

पियूषबहादुर अमात्य बैंक र व्यक्तिगत गरी करिब ४ अर्ब ऋणमा छन्। त्यो ऋणबाट उक्सिन होटल बेच्ने तयारीमा रहेका अमात्यले १० अर्बमा केही थपघट भएपनि २० प्रतिशत स्वामित्व भने आफैंले राख्न चाहेका छन्।

बैंकहरुले सार्वजनिक गरेका सूची अनुसार अमात्यले सावाँ र ब्याज गरी करिब २ अर्ब रुपैयाँ ऋण तिर्नुपर्ने छ। अमात्यले नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक, एनआइडिसी डेभलपमेन्ट बैंक र कर्मचारी सञ्चय कोषबाट ऋण लिएका छन्।

अमात्यले फूलबारी बाहेक नेपाल स्टिल प्रालि, माउण्ट एभरेष्ट ब्रुअरी, एभरेष्ट आइसक्रिमका लागि लिएको ऋण समेत तिरेका छैनन्। उनी सहित विनोदबहादुर अमात्य, दमनबहादुर अमात्य, गंगा अमात्य र सञ्जु अमात्य कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका छन्।

प्रकाशित २८ फागुन २०७४, सोमबार | 2018-03-12 13:52:53
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels

author photo

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।