महालेखाले ताकेता गर्दा पनि महाराजगन्ज चिकित्सा क्याम्पसले बुझाएन ‘अडिट रिपोर्ट’

आन्तरिक अडिट समेत नगरेको खुलासा



गत आर्थिक वर्षको आम्दानी खर्चको ‘अडिट रिपोर्ट’ पुस मसान्तसम्म महालेखा परीक्षणको कार्यालयमा पठाउनु पर्ने भए पनि महाराजगन्ज चिकित्सा क्याम्पसले हालसम्म आन्तरिक अडिट समेत गरेको छैन।

आम्दानी खर्चको अवस्थामा मनलाग्दी शीर्षकमा विवरण गरेको जानकारीपछि महालेखाका कर्मचारीले ताकेता गर्दा समेत क्याम्पसले अडिट रिपोर्ट नबुझाएको हो।

वार्षिक विवरण नबुझाउने कार्यालयलाई महालेखाले २५ रुपैयाँ जरिवाना गर्ने नीति अनुसार क्याम्पसलाई कारबाही समेत गरिसकको छ। रकम ठूलो नभए पनि कारबाहीमा परेको भन्ने दाग भने उक्त क्याम्पसलाई लागेकोे महालेखा प्रवक्ता उद्धवचन्द्र श्रेष्ठ बताउँछन्।

कुनै पनि संस्थाको आय र व्ययको अवस्था महालेखाको रिपोर्टले जानकारी दिन्छ, चिकित्स क्याम्पसको अवस्था भने महालेखाले अत्याधिक मात्रामा लापर्वाही देखेको बताएको छ। उक्त क्याम्पसको गत वर्षको रिपोर्टको अवस्था समेत नाजुक देखिएको महालेखाले जनाएको छ।

उक्त रिपोर्ट अनुसार क्यम्पसले खाता प्रमाणित गरी विवरण तयार गरेको देखिएको छैन। यसरी अघिल्लो वर्षसम्म पूँजीगत सम्पती २७ करोड ८२ रुपैयाँ रहेकोमा एक करोड ७८ लाख रुपैयाँ थप भएको छ। वासलातको अनुसूची १ मा उल्लेखित पूँजीगत सम्पत्तिको विस्तृत विवरण खुल्ने गरी सम्पत्ति खातामा राख्नु पर्नेमा नराखेको महालेखाले जानकारी दिएको छ।

यसरी सम्पत्ति खाता नराख्दा कुन सम्पत्ति कहिले प्राप्त भएको हो र के कस्तो अवस्थामा छ यकिन गर्न सकिँदैन। अघिल्लो आवको अवस्था नराम्रो देखिए पनि यो वर्ष सुधार गरेर अडिट रिपोर्ट बनाउनु पर्ने भए पनि क्यम्सपले कुनै काम अघि नबढाएको महालेखाका प्रवक्ता श्रेष्ठको भनाइ छ।

अघिल्लो आवको रिपोर्ट अनुसार उल्लेखित सम्पत्ति फारामहरुले आयकर ऐन, २०५८ अनुसार ह्रास कट्टी गरी सम्पत्ति अद्यावधिक गरेको छैन।

यसले गर्दा वासलातमा देखाएको पूँजीगत सम्पत्ति विवरणले निकायको सम्पत्तिको यथार्थ चित्रण गरेको छ भन्न सकिएन। यस्तो कार्यमा सुधार गर्नुपर्ने महालेखाले सुझाव दिएको थियो। क्याम्पसले त्यस वर्ष ऐन नियम अनुसार खरिद इकाई बनाए पनि खरिद योजना तथा कार्यक्रम बनाएको थिएन।

खरिद योजना नबनाई यो वर्ष मसलन्द तर्फ ४४ लाख बराबरको र पुजिगततर्फ एक करोड तीस लाख बराबरको खर्च गरेको थियो। योजना वेगर मालसामान खरिद गर्दा खरिद प्रक्रिया मितव्ययी, पारदर्शी र व्यवस्थित छ भन्ने आधार नभएको भन्दै ऐन नियमको पालनातर्फ ध्यान दिनुपर्ने सुझाव महालेखाले दिएको थियो।

अघिल्लो आवको अन्त्यमा ३ करोड रुपैयाँ पेश्की फछ्र्यौट गर्न बाँकी देखिएको थियो।

त्रि.वि.शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम,२०५० को उपनियम ४ अनुसार विश्वविद्यालयमा शिक्षक तथा कर्मचारीको दरबन्दी तोकिनु पर्ने र तोकिएको दरबन्दी नियम ६ अनुसार र नियम ९३ अनुसार नियुक्ति गर्नुपर्दछ। तर दरबन्दी र पदपूर्ति विवरण अनुसार शिक्षणतर्फ विभिन्न ३१६ दरबन्दी रहेकोमा ५०६ जना पदपूर्ती गरेको देखिएको थियो। पदपूर्ती मध्ये ३१६ जना स्थायी र १९० जना अस्थायी तथा करारमा रहेको विवरण पेश भएको छ।

त्यस्तै कर्मचारी तर्फ १३५ जनाको दरबन्दी स्वीकृत भएकोमा ९७ जना पदपूर्ति गरेको विवरण पेश भएको छ। दरबन्दी मध्ये ३८ जना पदपूर्ति गरेको पाइएन। पद रिक्त भएको १ महिनाभित्र स्थायी पदपूर्तिको लागि त्रिवि सेवा आयोगलाई जानकारी गराउनु पर्नेमा जानकारी गराएको थिएन।

विश्वविद्यालय सेवासम्वन्धी कुनै पद रिक्त भएमा सो पदमा एक पटकमा घटीमा ६ महिना र बढीमा १ वर्षसम्मको लागि अस्थायी र २ वर्षसम्म करारमा नियुक्ति गर्न सकिने व्यवस्था छ। तर सेवा आयोगको सिफारिशमा पूर्ति गर्नुपर्ने पद रिक्त भएमा पदपूर्तिका लागि रिक्त भएको बढीमा एक महिनाभित्र सेवा आयोगलाई सूचना दिनु पर्नेमा आयोगलाई पद रिक्त भएको सूचना नदिई शिक्षक ५९ जना र कर्मचारी ११ जना करारमा नियुक्ति गरी तीन करोड रुपैयाँ तलव भत्ता खर्च लेखेको लेखेको छ। त्यो अस्वभाविक रहेको महालेखाले जानकारी दिएको छ।

 

प्रकाशित २३ फागुन २०७४, बुधबार | 2018-03-07 16:29:23
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...