अन्तर्वार्ता

नयाँ अर्थमन्त्रीसँग अपेक्षा छ, उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन सकिन्छः अशोक शेरचन



अशोक शेरचन
अशोक शेरचन
प्रविन कोइराला

अब सबैभन्दा ठूलो कुरा हामीलाई लगानीको वातावरण आश्यक छ। बैंकहरूले लगानी गरेर नाफा देखाउनु पर्छ भन्ने मेरो भनाइ हो।

नेपाल बंगलादेश बैंकबाट १९९६ मा बैंकिङ करिअर सुरु गरेका बागलुङका अशोक शेरचन अहिले प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइयो) छन्। एनसीसी र नेपाल बंगलादेश बैंकमा १० वर्ष बिताएपछि २००६ मा शेरचन प्रभु समुहमा आवद्ध भए। प्रभु फाइनान्ससँगै प्रभु विकास बैंकमा समेत सिइयो भएर नेतृत्व गरेका शेरचन प्रभु विकास बैंकसँग क्रिष्ट बैंक मर्ज भएपछि सहायक सिइयोको भूमिकामा थिए। ग्राण्ड बैंकलाई समेत मर्ज गरेपछि नेपालको एउटा प्रमुख बैंकका रुपमा अगाडि आएको प्रभु बैंकको नेतृत्व अहिले सिइयोका रुपमा शेरचनले गरिरहेका छन्। नेपालखबरले शुक्रबार प्रभु बैंकका सिइयो अशोक शेरचनसँग नयाँ अर्थनीति श्रृंखला-२ मा गरेको वार्ताः

लगानी योग्य पूँजी (तरलता) को अभाव कम गर्न राष्ट्र बैंकले रिपो जारी गरेको छ, त्यसले बैंकलाई कस्तो सहयोग गरेको छ?
त्यसले केही सहयोग त गर्छ तर त्यो छोटो समयका लागि मात्रै हो। हाम्रो भनाइ के छ भने तरलता अभाव नहुनका लागि सरकारी बजेट तोकिएकै समयमा कार्यान्यवन हुनुपर्छ। बजेट समयमै कार्यान्वयन हुन थाल्यो भने तरलताको समस्या सधैंका लागि हट्न सक्छ। नेपालको अर्को समस्या बैंकिङ प्रणालीको अर्थतन्त्र भएन भन्ने हो। त्यसलाई महत्व दिएर सरकारले नीतिहरू निर्माण गर्नुपर्छ। सरकारले यसरी काम गर्ने हो भने यस्ता समस्याहरु सधैंका लागि हट्दै जान्छन्। वास्तवमा निक्षेप बृद्धिदर भन्दा कर्जा प्रवाह बढेकाले अहिले तरलताको समस्या आएको हो। पुस मसान्तदेखि परम्परा अनुसार नै केही सकारात्मक स्थिति देखिएको छ। अब बैंकहरू नयाँ परियोजनामा लगानी बढाउने मानसिकतामा छन्।

गत वर्षदेखि नै रेमिट्यान्स घटेर गएको छ, मुख्यतः त्यसैले तरलता अभाव देखिएको होइन र?
पक्कै पनि। केही वर्षयता नेपाल रेमिट्यान्समा धेरै आशा गर्ने देशका रुपमा देखापरेको थियो। तर गत वर्षदेखि रेमिट्यान्स दर घट्दा हाम्रो अर्थतन्त्र नै प्रभावित भएको छ। यसको विकल्प पनि हामीले खोज्नुपर्छ। अब सबैभन्दा ठूलो कुरा हामीलाई लगानीको वातावरण आश्यक छ। बैंकहरूले लगानी गरेर नाफा देखाउनु पर्छ भन्ने मेरो भनाइ हो।

नयाँ सरकारले आर्थिक विकासलाई आफ्नो मुख्य कार्यक्रम बनाएको छ, लगानीको वातावरण बनाउन यो सरकारले के गर्नसक्छ?
सरकारले लगानीका क्षेत्रहरु प्रष्टसँग छुट्याउनु प¥यो। बैंकहरूले परियोजनाहरुमा लगानी गर्दा तथा कर्जा प्रवाह गर्दा पैसा डुब्ने खतरा नहोस्। सरकारले विकास निर्माणका कामलाई प्राथमिकता दियो भने तरलता अभाव लगायतका समस्या पनि आफंै हट्दै जान्छन्।

बैंकहरुले सधैं निक्षेप संकलन भएन भन्दै आएका छन् र निक्षेपकै लागि फिक्स डिपोजिटमा व्याजदर बढाउने गरेका छन्, किन यस्तो हुँदैछ?
राष्ट्र बैंकको तथ्याङ्क अनुसार निक्षेप १५ प्रतिशतले बढेको छ। तर कर्जा १७ भन्दा बढि प्रतिशतले बढेको देखिन्छ। मैले अगाडि नै भनें, सरकारले विकास बजेटको भुक्तानी समयमै गर्नुपर्छ। अर्कोतर्फ तपाईंले भने जस्तो व्याजादर बढाएर निक्षेप बढी संकलन हुँदैन। त्यस्तो प्रतिस्पर्धाबाट एउटा बैंकमा रहेको पैसा अर्को बैंकमा जाने मात्रै हुन्छ। बैंकमा पैसा आउने भरपर्दो माध्यम त नयाँ स्रोत हो। अबका दिनमा बैंकहरूका लागि महत्वपूर्ण पक्ष परियोजनाहरुमा कर्जा प्रवाह गर्ने र लगानी बढाउने नै हो। चालु आर्थिक वर्षको बृद्धिदरको सरकारी लक्ष हासिल गर्न २० प्रतिशत कर्जा बढ्नु पर्छ। २० प्रतिशत कर्जा बढ्न निक्षेप २५ प्रतिशतले बढ्नु पर्छ। हामीले सोही उद्देश्य अनुसार नै १६–१७ प्रतिशत मात्रै कर्जा प्रवाह गरेका हौं। तर निक्षेप अपेक्षाकृत रुपमा बढेन्। निक्षेप नबढी कर्जा किन बढाइयो भन्ने प्रश्न अहिले आएको छ। एउटा बैंकरले कति निक्षेप बढ्छ भनेर आंकलन गर्न सम्भव हुँदैन। यसको दोष सरकारमा नै गएर ठोकिन्छ।

नयाँ अर्थमन्त्रीले उत्पादनमुलक क्षेत्रमा लागनी गर्न आग्रह गरेका छन्, यसलाई तपाईंहरूले कसरी लिनु भएको छ?
नयाँ अर्थमन्त्री आउनु भएको छ। उहाँबाट धेरै आशा र अपेक्षा गर्न सकिन्छ। उहाँले नयाँ नीति लिएर लगानीको वातावरण बनाउनु भयो भने हामी उत्पादनमुलक क्षेत्रमा लगानी गर्न अग्रसर भैहाल्छौं। अहिले पनि त्यस्तो क्षेत्रमा लगानी नभएको त होइन। तर अब झन् लगानी बढाउन सकिन्छ। बैंकहरुले पनि पर्यटन, उद्योग, जलविद्युत लगायत क्षेत्रको लगानीमा प्राथमिकता दिन थालिसकेका छन्। पर्यटन, जलविद्युत जस्ता क्षेत्रहरु उच्च संभावना भएका क्षेत्र हुन् लगानीका लागि पनि।

नयाँ अर्थमन्त्री बैंकिङ क्षेत्रका विज्ञ नै हुन, थप के अपेक्षा गर्न सकिन्छ?
नयाँ सरकारले हरेक कामलाई बैंकिङ प्रणालीमा लैजानु पर्छ। नेपालमा अझै पनि नगद कारोबार धेरै भइरहेको छ। सबै पैसा बैंकमा आउनु पर्छ र बैंकिङ प्रणालीबाट कारोबार हुनुपर्छ। यसमा विश्व जसरी अघि बढेको छ, हामी अझै धेरै पछि छौं। बैंक भन्दा बाहिर पैसा सहनु हँुदैन। त्यसो भयो भने अर्थतन्त्रलाई ठूलो टेवा पुग्छ। लगानीको क्षेत्रमा त सरकारले धेरै काम गर्न बाँकी नै छ।

राष्ट्र बैंकको पूँजी वृद्धिको नीतिले बैंकिङ क्षेत्रमा तरङ्ग नै ल्यायो, किन त्यस्तो भयो?
केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय अनुभवहरू समेत हेरेर यस्तो नीति लिएको हुनुपर्छ। पूँजी वृद्धिको नीतिलाई हामीले सकारात्मक रुपमा लिएका छौं। प्रभु बैंकलाई यहाँसम्म ल्याउने क्रममा हाम्रो अनुभव र भविष्यको योजनाले पनि हामीले यसलाई सकारात्मक रुपमा लिएका हौं। पूँजी वृद्धिको नीतिलाई अनुशरण गर्दै हामीले त्यो पूरा पनि ग¥यौं। नेपाली अर्थतन्त्रको आकार अब ठूलो हुँदै जान्छ। त्यसैले नेपालका बैंकहरुलाई विदेशी बैंकहरूसँग समेत प्रतिस्पर्धा गर्न योग्य र ठूला पूर्वाधार निर्माण आयोजनामा लगानी गर्न सक्षम बनाउनका लागि राष्ट्र बैंकले पूँजी वृद्धिको नीति ल्याएको हाम्रो बुझाई छ।

विभिन्न बैंकहरू मर्ज हुँदै प्रभु बैंक यहाँसम्म आइपुग्यो, आगामी योजनाहरु के के छन्?
राष्ट्र बैंकले सबै स्थानीय तहमा बैंकको पहुँच पु¥याउनु पर्छ भनेको छ। हामी अब चाँडै नै २० वटा शाखा विस्तार गर्ने तयारीमा छौं। त्यस्तै रेमिट्यानसलाई पनि प्राथमिकतामा राखेर काम गर्ने योजनामा छौं। त्यसका लागि नयाँ गन्तव्यको खोजीमा छौं। विभिन्न देशमा रेमिट्यान्स सम्झौता गरेर रेमिट्यान्स बढाउने योजनामा पनि हामी अहिले काम गरिरहेका छौं। प्रभु बैंकलाई एउटा स्थापित बैंकका रुपमा उभ्याउन सफल भएका छौं। यो कुन नम्बरमा छ भन्ने भन्दा पनि आम नागरिकले नाम लिने, हरेक हिसाबले बलियो बैंक बनाउने प्रयासमा छौं।

प्रकाशित २० फागुन २०७४, आइतबार | 2018-03-04 12:23:35
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...