तरलता व्यवस्थापन भन्दै राष्ट्र बैंकले भोलि ५ अर्बको रिपो जारी गर्दै



नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकहरुमा लगानी योग्य रकमको अभाव देखे पछि शुक्रवार ५ अर्वको रिपो जारी गर्दैछ।

बैंकहरुले मुद्धती खाताको व्याजदरमा अत्याधिक वृद्धि गर्न थालेपछि राष्ट्र बैंकले बैंकमार्फत ५ अर्व रुपैंया बजारमा पठाउन लागेको हो।

नेपाल राष्ट्र बैंकले जारी गर्ने उक्त रिपोको व्यजदर भने ५ प्रतिशत मात्रै रहन्छ। उक्त रकम लिएर बंैकहरुले कर्जा प्रवाह गर्न सक्ने छन्।

तरलताको अवस्थाले बैंकहरु कमजोर हुँदै गएपछि राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थासँगको सरकारको ट्रेजरी बिल सोझैँ खरिद बोलकबोल गरी पैसा पठाउन लागेको राष्ट्र बैंकले जानकारी दिएको छ।

राष्ट्र बैंले जारी गर्ने रिपोभन्दा अन्तर बैंकिङ व्याजदर समेत कम रहेको छ। त्यसकारले राष्ट्र बैंकले सिधैँ बोलकबोलमार्फत रिपो जारी गर्न लागेको हो।

बैंकले चालु अवाको हलसम्म तरलता व्यवस्थापन गर्न खुलाबजार कारोबारका विभिन्न उपकरणमार्फत् पटक–पटक गरी १ सय २९ अर्ब २० करोड तरलता प्रशोचन गरिएको छ।

यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत् ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोर अन्तर्गतको १४ दिने निक्षेप संकलन बोलकबोलमार्फत् २ अर्ब १० करोड, र रिभर्स रिपोमार्फत् ८४ अर्ब ७५ करोडको तरलता प्रशोचन जानकारी गराएको छ।
अघिल्लो वर्षको सोही अवधिमा १सय १ अर्ब १० करोड तरलता प्रशोचन भएको थियो।

आर्थिक वर्ष २०७४÷७५ को ६ महिनासम्ममा यस बैंकले ब्याजदर करिडोर अन्तर्गतको १४ दिने रिपो बोलकबोलमार्फत् ४४ अर्ब ५ करोड र सोझै खरिद बोलकबोलमार्फत् २५ अर्ब २८ करोड गरी कुल ६९ अर्ब ३३ करोड तरलता प्रवाह गरेको छ।
अघिल्लो वर्षको सोही अवधिमा १५ अर्ब ४० करोड तरलता प्रवाह भएको थियो। समीक्षा अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाले २३ अर्ब ५८ करोड बराबरको स्थायी तरलता सुविधा उपयोग गरेका छन्।

अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले १३ अर्ब ९८ करोड बराबरको त्यस्तो सुविधा उपयोग गरेका थिए। आर्थिक वर्ष २०७४÷७५ को छ महिनासम्ममा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर १ अर्ब ९२ करोड खुद खरिद गरी १ सय ९८ अर्ब ४ करोड खुद तरलता प्रवाह गरेको छ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ४ करोड खुद खरिद गरी रु. २१९ अर्ब ३५ करोड खुद तरलता प्रवाह गरेको थियो।

समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब २० करोड र युरो ४ करोड बिक्री गरी २ सय ३१ अर्ब ६४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ९८ करोड र युरो ९ करोड ५० लाख बिक्री गरी २सय २४ अर्ब ३० करोड बराबरको भारतीय रुपैंया खरिद भएको थियो।

प्रकाशित १७ फागुन २०७४, बिहिबार | 2018-03-01 17:03:59
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...