नयाँ मेनपावर कम्पनी तत्काल दर्ता नहुने

वैदेशिक रोजगार विभागका महानिर्देशक आचार्य भन्छन्ः नयाँ मेनपावर कम्पनी आवश्यक छैन



वैदेशिक रोजगारी विभागले तत्काल नयाँ मेनपावर कम्पनी दर्ता प्रक्रिया अघि नबढाउने बताएको छ। वैदेशिक रोजगार विभागले २०६८ असोजमा रोकिएको मेनपावर दर्ता प्रक्रिया खुलाउन लागेको भन्ने आरोप सत्य नभएको विभागका महानिर्देशक भुवन प्रसाद आयार्चले बताए।

नेपालखबरसँग कुरा गर्दै महानिर्देशक आचार्यले हाल १५ सयको हाराहारीमा मेनपावर कम्पनी रहेकोले तत्काल नयाँ मेनपावर कम्पनी आवश्यक नभएको बताए।

सरकारले नै मन्त्रीस्तरबाट नयाँ मेनपावर कम्पनीको दर्ता बन्द गर्ने निणर्य गरेकोले खुलाउनको लागि पनि मन्त्रीस्तरबाट नै निर्णय हुन पर्ने उनको भनाई छ।

सरकारले निणर्य गर्नुभन्दा अघि नै विभागमा आवेदन परेका कम्पनीहरुले पुनः आवेदन दिइएमा वा अदालतको आदेश ल्याएको खण्डमा भने विभागले सोच्न सक्ने उनको भनाइ छ। ‘विभाग अदालतको आदेश बाहिर गएर काम गर्न सक्दैन’, उनले भने।
गत आव २०७३/७४ एक सय ११ नयाँ मेनपावर कम्पनी दर्ता भएका थिए। विश्वराज पाण्डे विभागको महानिर्देशक हुँदा अदातलको आदेश लिएर आउने तथा नआउनेले पनि दर्ता हुन पाएका थिए।

हाल भुवनप्रसाद आचार्य नयाँ महानिर्देशक भएपछि नयाँ मेनपावर दर्ता हुन सक्ने भन्दै वैदेशिक रोजगार संघले सतर्क गराएको छ। संघले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ मेनपावर दर्ताले बैदेशिक रोजगारीमा अनियमितता बढाउने जानकारी गराएको हो।

भारत समेत ७ सयको हाराहारीमा मेनपावर कम्पनी रहेकोले नेपालमा मेनपावरको संस्था बढाउनु कुनै दृष्टिले पनि राम्रो नभएको संघको भनाइ छ। विभागले भएका मेनपावर कम्पनीलाई समेत व्यवस्थित गराउन नसकेको संघले समेत बताएको हो।

 विभागले भने एउटा मेनपावर दर्ताका लागि पाँच करोड धरौटी राख्नुपर्ने व्यवस्थालाई छलफल गर्न सकिने बतताएको छ। 

मन्त्रालयले नै थोरै धरौटी दर भएको कारणले मेनपावर कम्पनीको दर्ता गर्न खोजी गर्न खोज्नेहरु धेरै रहेकोले धरौटी रकम वृछि गर्नु पर्ने प्रस्ताव गरेको थियो मन्त्रालयले चालु आवको सुरुमा गरेको उक्त प्रस्ताव मन्त्रालय भित्रैबाट निणर्य तहमा भने पुगेको छैन।

हाल मेनपावर कम्पनी दर्ताको धरौटी रकम ३० लाख रुपैयाँ मात्रै रहेको छ। पुराना मेनपावरलाई समेत धरौटी थप गराउने विभागको सोच रहेको छ।

तर यस प्रस्तावमा भने संघले विरोध जनाइरहेको छ। धरौटी रकम बढाए पनि काम गर्न सक्नेभन्दा पनि पूँजी धेरै भएकाहरु बैदेशिक रोजगार व्यवसायमा आउने संघको भनाइ छ।

प्रकाशित १५ फागुन २०७४, मंगलबार | 2018-02-27 13:49:00
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...