उपभोक्ताको हितमा सञ्चालित संस्थाहरुमै बेथिति



उपभोक्तको हकहितका पक्षमा वकालत गर्न भन्दै सञ्चालनमा आएका संघ संस्थाहरु भित्र नै बेथिति देखिएको छ। त्यस्ता संस्थामा आवद्ध उपभोक्तकर्मीहरुलाई नै उपभोक्तसम्बन्धी ज्ञान नभएको नेपाल आपुर्ति तथा उपभोक्ता हितसंरक्षण विभागले आरोप लागएको हो।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालकाले बजार अनुगमनको नाममा आउने अधिकारकर्मीहरु मध्ये केहीलाई उपभोक्त संरक्षणसम्बन्धी ज्ञान नै नभएको आरोप लगाए।

‘केही त्यस्ता व्यक्तिहरु बजारको वस्थाबारे अनुगमनको लागि भन्दै आउँछन्, जसलाई कुनै ज्ञान नै हुँदैन’, उनले भने। त्यस्ता व्यक्तिहरुलाई अनुगमनमा लिएर जाँदा कुनै किसिमको सहयोग समेत नभएको उनको भनाइ छ।

हालसम्म काठमाडौं जिल्ला प्रशासान कार्यालयमा मात्रै ३० वटा उपभोक्तावादी संस्थाहरु दर्ता भएका छन्।त्यसमा पनि बजार अनुगमन सक्रिय रहनेहरुको संख्या १५ को हाराहारीमा मात्रै रहेको विभागमा महानिर्देशक दाहाल बताउँछन्।

उनले केही उपभोक्तावादी संस्थाहरु अनुगमनको लागि विभागले दैनिक दिने पाँच सय भत्ताको लागि धाइरहने गरेको समत उनको आरोप छ। विभागले बजारले बजार अनुगमनमा जाँदा सबै प्रतिनिधिहरुलाई दैनिक ५ सय रुपैंया दिदै आएको छ।

महानिर्देशक दाहालले सबै उपभोक्ता कर्मीलाई बोलाएर आफ्नो कार्यविधितयार गर्न समेत निर्देशन दिइसकको बताए।

उनीहरु पनि कमाउधन्दाको लागि मात्रै सञ्चालनमा नआउन्, उपभोक्ताको लागि समेत काम गरुन् भनेर आफु लागि परेको दाहाल दाबी गर्छन्।

उपभोक्तवादी संस्थाहरुबीच पनि विवाद रहेको पाइएको छ। उपभोक्तवादी संस्था भनेर दर्ता गर्दैमा उपभोक्तको हितमा काम गर्न नसक्ने उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन्।

उनले यस्तो संस्थाको पनि ग्रेडिङ छुट्याउनु पर्ने बताए। उपभोक्तहक हितको लागि काम गर्न सक्ने व्यक्ति मात्रै यो क्षेत्रमा लाग्नु पर्ने उनको धारणा छ।

‘जसले सक्रिय भएर काम गर्छ र त्यसको परिणम पनि देखिएको छ, त्यसको आधारमा ग्रेडिङ हुन पर्छ’, उनले भने। धेरै संस्थाहरुले आफ्नो गतिविधि समेत देखाउन नसकेको उनको आरोप छ।

त्यस्तै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष पे्रमलाल महर्जन भने संस्थाहरुले आफ्नो कार्यविधि तथा आफ्नो उद्देश्य अनुसार काम गर्न पर्ने भए पनि बेथितिमा धेरै संस्थाहरु रहेको बताउाछन्। उनले उपभोक्तहरुलाई कसले कहाँ ठगि गरीरहेको छ भन्ने जानकारी समेत लिन नसक्ने व्यक्तिहरु यो क्षेत्रमा आएर काम गरेजस्तो मात्रै देखाइरहेको बताए। नेपालमा मनलाग्दी गर्ने व्यवसायीहरु बढ्दै त्यसलाई सतर्क गराउने संस्थाहरु पनि धेरै रहे पनि थोरैले मात्रै काम गरिरहेको उनी बताउँछन्।

त्यस्तै अधिकार अनुन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भने काम गर्ने हिसाबमा नयाँ संस्थाहरु पनि कमजोर नरहेको बताए।

उनी बजारको अवस्था बुझ्नेहरु प्रायः नयाँ नै रहेको बताउँछन्। नयाँ संस्थाहरु सबै त होइनन् केहीले राम्रो काम गरिरहेको बताउँछन्। बजारको अवस्था नै जानकारी नलिई बाहिरबाट वकालत गर्नेहरुको विगविगी रहेको उनको भनाई छ।

मार्च १५ लाई विश्व उपभोक्ता दिवस मनाउने गरिएकोले पनि उपभोक्ता वादी संस्थाहरु हाल बजार अनुगमनमा केही मात्रामा सक्रिय देखिएका छन्।

 

प्रकाशित १३ फागुन २०७४, आइतबार | 2018-02-25 17:06:53
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...