भारतबाट भित्रिने कृषि सामग्री र पशुपन्छी विशेष नाकाबाट मात्रै



मासु प्रयोजन तथा पालन गर्न भारतबाट नेपालमा ल्याइने पशु चौपायहरु रोगी भित्रिएको गुनासो बढे पछि सरकारले त्यसलाई निणन्त्रण गर्न विशेष नाकाबाट मात्रै प्रवेश गराउने तयारी गरेको छ।

भारतबाट नेपालमा भित्रिने गरेको कुखुरा, भैँसी, खसीबोकालगायतका चौपायहरु रोगी भित्रिने गरेको पाइएकाले त्यसलाई निणन्त्रण गर्न सरकारले नेपालको एक प्रदेशमा एक नाका तोक्ने तयारी गरेको हो।

वाणिज्य मन्त्रालयमा अर्थ, कृषि र आपुर्ति मन्त्रालयका अधिकारीको बैठकले छिट्टै उक्त नीति बनाएर लागू गर्ने निणर्य गरेको वाणिज्य मन्त्रालयका सूचना अधिकृत रामकृष्ण अधिकारीले जानकारी दिए।

विगत केही वर्षदेखि कुखुराको चल्ला आयत गर्दा बर्डफ्लु लगायतका रोग लागेको पाइएपछि भारतबाट आउने हरेक चौपायहरुमा वाणिज्य मन्त्रलयले निगरानी राखेको र त्यसलाई निणन्त्रण गर्न नाकामा कडाइ गर्ने नीति बनाउन लागेको हो।

सचिव स्तरीय उक्त बैठकले भारतबाट आयत हुने कृषिजन्य सबै वस्तु आयत गर्दा विशेष नाकाबाट मात्रै ल्याउनु पर्ने व्यवस्था गर्न लागेको अधिकारी रामकृष्ण अधिकारीले बताए।

त्यस्तै उक्त नाकामा कृषि तथा पशुपन्छीको गुणस्तर जाँचबुझ गर्ने प्रविधि र प्राविधिकको व्यवस्था समेत गर्न कृषि मन्त्रालयलाई निर्देशन दिइएको छ।

गुणस्तरहीन वस्तु आयत भएको पाइएमा त्यसलाई नियन्त्रण समेत गर्न भन्सारलाई निर्देशन गर्ने निणर्य गरेको छ। त्यसका लागि अर्थ गृह मन्त्रालयले सहयोग गर्ने बताइको छ।

उक्त बैंठकले नेपालमा उत्पादन हुने तथा अन्य देशबाट आयत हुने तरकारी तथा फलफूलमा रहेको विषादीको मात्रा समेत तोक्ने निणर्य गरेको अधिकारीले जानाकारी दिए।

नेपालमा उत्पादन हुुने एवं आयात हुने तरकारी र फलफूलमा प्रयुक्त विषादीको अधिकतम् मात्रा तोक्ने निर्णय भएको र निर्णय कार्यान्वयन गर्न कृषि विकास मन्त्रालयलाई जिम्मा दिएको बताए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलले दिएको सूचनाको आधारमा विषदी निणन्त्रण गरिने बताइएको छ। विभागले फलफूल तथा तरकारीमा करिब ७० प्रकारका विषादी प्रयोग हुँदै आएको बताएको छ। त्यसमा पनि बेमौसमी तरकारी तथा फलफूलमा टिपिएको पहिलो दिन खानै नहुने गरि विषादीको मात्रा भेटिएको भन्दै सूचना सार्वजनिक गरेको थियो।

कृषि विभागले समेत कालिमाटी फलफूल तथा तरकारी बजारमा विषादीको मात्रा मापन गर्न थालेको छ।

 

प्रकाशित १३ फागुन २०७४, आइतबार | 2018-02-25 13:22:41
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...