राष्ट्र बैंकले खरिद गरेकाे १ अर्ब ९२ करोड अमेरिकी डलर कहाँ छ?



अमेरिकी डलर
अमेरिकी डलर

सर्वसाधारणले डलर प्राप्तिका लागि कठिनाइ भाेगिरहेका बेला राष्ट्र बैंकले पछिल्लाे छ महिनामा १ अर्ब ९२ कराेड अमेरिकी डलर खरिद गरी विभिन्न च्यानलमार्फत बजारमा पठाएकाे जनाएकाे छ।

चालू आर्थिक वर्ष २०७४/७५ को पहिलाे ६ महिनामा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर १ अर्ब ९२ करोड खुद खरिद गरेको थियो। तरलता प्रभाव पार्न भन्दै केन्द्रीय बैंकले उक्त डलर खरिद गरेकाे थियो।

त्यसमध्ये नेपाल राष्ट्र बैंकले १ खर्ब ९८ अर्ब ४ करोड बाराबरको डलर विभिन्न च्यानलमार्फत सार्वजनिक गरेकाे छ। बैंक तथा वित्तीय संस्थाहरुले रु. २३ अर्ब ५८ करोड बराबरको डलर स्थायी तरलता सुविधा उपयोगको लागि लगेकाे केन्द्रीय बैंकले जनाएकाे छ। त्याे डलर अहिले बजारमा छ। 

डलर चाहने सर्वसाधारणले कमर्सियल बैंक वा सटही सेवा प्रदायकबाट डलर लिँदै अाएका छन्। ६ महिने समीक्षा अवधिमा खुला बजार कारोबारमार्फत् कुल रु. ६९ अर्ब ३३ करोड तरलता प्रवाह भएकाे केन्द्रीय बैंकले अाैंल्याएकाे छ। बैंकहरूले डलर अभाव देखाउँदै सर्वसाधारणलाइ सटही सुविधामा कञ्जुस्याइँ गरिरहेका बेला राष्ट्र बैंककाे यस्ताे अाँकडा सार्वजनिक गरेकाे हाे।

यस क्रममा ब्याजदर करिडोर अन्तर्गतको १४ दिने रिपो बोल कबोलमार्फत् रु. ४४ अर्ब ५ करोड र सोझै खरिद बोलकबोलमार्फत् रु. २५ अर्ब २८ करोड तरलता प्रवाह गरेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु. १५ अर्ब ४० करोड तरलता प्रवाह भएको थियो।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ४ करोड खुद खरिद भई रु. २१९ अर्ब ३५ करोड खुद तरलता प्रवाह भएकोे थियो। आर्थिक वर्ष २०७४/७५ को ६ महिनासम्ममा खुलाबजार कारोबारका विभिन्न उपकरणमार्फत पटक–पटक गरी रु. १२९ अर्ब २० करोड तरलता प्रशोचन गरिएको छ।

समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब २० करोड र यूरो ४ करोड बिक्री गरी रु. २३१ अर्ब ६४ करोड बराबरको भा.रु. खरिद भएको समेत नेपाल राष्ट्र बैकले साेमबार जारी गरेकाे ६ महिने समीक्षामा उल्लेख छ।

प्रकाशित २ फागुन २०७४, बुधबार | 2018-02-14 07:48:45
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...