नेपाल अाइपुगे थप दुई चिनियाँ जहाज, पाइलट अभावले पार्किङमै रहने




चीनबाट यसअघि ल्याइएका जहाज
चीनबाट यसअघि ल्याइएका जहाज

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले चिनियाँ कम्पनीका दुइ जहाज मंगलबार भित्र्याएकाे छ। चीनबाट खरिद गरेर ल्याएको ‘वाइ १२’ विमान आज त्रिुभवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

NIC ASIA

चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माण गरेको २ वटा पीएस–१२ ई विमान मंगलबार दिउँसो १ः४५ मा काठमाडौं आइपुगेको नेपाल वायुसेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए।

२०६९ सालमा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले ६ मध्ये २ जहाज थपेको हो। तीमध्ये चारवटा जहाज यसअघि नै आइसकेका थिए। ६ वटामध्ये दुई वाई १२ र एमए ६० विमान चिनियाँ अनुदानका हुन्। बाँकी विमान एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरिएको हाे।

हार्विन ग्रुपका यी विमानहरूले अन्तराष्ट्रिय मापदण्ड पूरा गरेका छन्। यी विमान चीनमा उत्पादन भएर विदेशतर्फ सबैभन्दा बढी परिमाणमा निर्यात हुने विमानमा पर्छन्।

मंगलबार काठमाडाैं अवतरण गरेका विमानको नेपाली दर्ता नम्बर ९एन–एकयू र ९एन–एकभी रहेको छ। नेपालको दुर्गम क्षेत्रमा उडान गर्नका लागि विमान उपयुक्त रहेको निगमका प्रवक्ता श्रेष्ठले बताए।

हर्बिन एयरक्राफ्ट इन्डस्ट्रीको उत्पादन वाई १२ को क्षमता चालकसहित १९ सिट हो। दुई वाई १२ आएसँगै निगमको आन्तरिक उडानमा आठवटा जहाज भएका छन्।  नेपाल एयरलाइन्ससँग आन्तिरिक उडान गर्ने दुई जान मात्र पाइलट भएकाले गर्दा यी चारवटै विमान एकै दिनमा उडान गर्न भने सकिने छैन। 

जहाज थपिएपछि एयरलान्सले नयाँ गन्तव्यमा उडान गर्ने तयारी गरेकाे छ। चीनबाट एक प्रशिक्षकसहित दुईजना क्याप्टेनको टोली एक महिनापछि नेपाल आउने र त्यसपछि ती जहाजको उडान भरिने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले नेपालखबरलाइ बताए। 

प्रकाशित १ फागुन २०७४, मंगलबार | 2018-02-13 19:37:42
Max TV
Max TV
Zen Travels

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।