'बेल्ट एन्ड राेड इनिसिएटिभ'बाट लाभका क्षेत्र खाेज्दै नेपाल




बिएनअाइमा हस्ताक्षर गर्दै नेपाली अधिकारी तथा चिनियाँ राजदूत
बिएनअाइमा हस्ताक्षर गर्दै नेपाली अधिकारी तथा चिनियाँ राजदूत

नेपाल–चीन सम्बन्धका जानकारले चीनको बेल्ट एन्ड राेड (बिनएनअाइ) अवधारणा कार्यान्वयन हुँदा नेपालले लिन सक्ने लाभका क्षेत्र पहिल्याउन अध्ययन भइरहेकाे सम्बन्धित सरकारी अधिकारीले जानकारी दिएका छन्।

नेपाल चीन उद्योग वाणिज्य संघले आयोजना गरेको बिएनअाइ प्रवद्र्धन तथा नेपाल–चीनबीच सहयोग विस्तार कार्यशालामा बाेल्दै परराष्ट्र सचिव शंकरदास वैरागीले अर्थ र परराष्ट्र सचिवस्तरमा गठन भएका उच्चस्तरीय समितिले आपसी लाभका क्षेत्रमा काम गरिरहेकाे जानकारी दिए। 'नेपालले के क्षेत्रमा फाइदा लिन सक्छ भनेर हामी अध्ययन गरिरहेका छाैं', उनले भने, 'केही समयपछि हामी विस्तृत रूपमै के के विषयमा लाभ लिन सकिन्छ भनेर भन्न सक्ने अवस्थामा पुग्नेछाैं।'

नेपालका लागि चिनियाँ राजदूत यु होङले बिएनअाइ परियोजना कार्यान्वयन गर्न नेपालको नीतिगत समन्वय, पारस्परिक विश्वास अभिवृद्धिका साथै द्विपक्षीय सम्बन्धलाई अनन्तकालसम्म अक्षुण्ण राख्न चीनले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। 'बेल्ट एन्ड राेड परियाेजना अन्तर्गत रहेर सडक, विमानस्थलजस्ता भौतिक पूर्वाधार निर्माणमा नेपाललाइ सघाउन चीन तयार छ', उनले भनिन्।  

पूर्वराजदूतत्रय मधुरमण आचार्य, हिरण्यलाल श्रेष्ठ र शम्भुराम सिंखडाले बिएनअाइका विषयमा वैचारिक बहसभन्दा पनि कार्यान्वनको पाटालाई अगाडि बढाउनुपर्नेमा अावश्यकता अाैंल्याए।  संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले जलविद्युत्, कृषि, पर्यटन र पूर्वाधार निर्माण क्षेत्रमा चिनियाँ लगानी आवश्यक रहेकाे भन्दै बीएनअाइले तिनै विषयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए।

नेपालले सन् २०१७ को मे महिनामा बिएनअाइकाे संरचनामा जान सहमत भएकाे थियो। त्यसयता चीनकाे यो विशाल परियाेजनाभित्र के के विषय अँटाउने भनेर छलफल र बहसहरू भइरहेका छन्। 

प्रकाशित २९ माघ २०७४, सोमबार | 2018-02-12 20:22:55
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विदेशमा गैरकानुनी रुपमा थुपारिएको सम्पत्ति सम्बन्धी सीआइजे नेपालले प्रकाशित गरेको रिपोर्टसँगैको कार्टुन

    जसले तिब्बतसँग युद्ध गर्न लगेको साढे दुई करोड फिर्ता गरेनन्

    तिब्बतसँग युद्धका लागि हतियार किन्न चन्द्रशम्शेरले २ करोड ५० लाख रुपैयाँ तत्कालिन प्रधानसेनापति भीमशम्शेरलाई दिए। तिब्बतसँग युद्ध टरेपछि हतियार...

  • एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा(बीच) लगायत पदाधिकारीहरु

    बेरूजुको तीन करोड रुपैयाँ खोज्दै एन्फा

    अखिल नेपाल फुटबल संघ(एन्फा)ले अघिल्लो प्रशासनले दिएको झण्डै तीन करोड पेश्की रकम खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ।

  • टुँडिखेलमा रहेको श्री ३ रणोद्दीप सिँहको सालिक

    राणाकालीन त्यो ‘विष्ट-संहार’ जसपछि काजी खलकले सुन्दैन स्वस्थानी व्रतकथा

    काजी बिष्ट खलकले त्यही बर्षदेखि आफ्नो परिवारमा स्वस्थानी वाचन र श्रवण गर्ने काम थालेको थियो। तर, त्यही बर्ष बिष्ट परिवार राणाहरुविरुद्धको...

  • नर्स र बिरामीकाे सांकेतिक तस्विर

    पुतली सडकका ठगको फन्दामा एउटी नर्सको क्यानडा सपना

    काठमाडौंको एउटा कलेजबाट बिएस्सी नर्सिङको पढाई पूरा गरेकी सिन्धुपाल्चोककी मनिषा (नाम परिवर्तन) थप अध्ययनका लागि क्यानडा जाने सोचमा थिइन्।