रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिच्छ्याउन थालियो



राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पदार्थको पाइपलाईन बिच्छ्याउने काम धमाधम भइरहेको छ। पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि सरकारल बिसं ७ भदौ २०७२ मा पेट्रोलियम पाइपलाइन ल्याउन भारतसँग औपचारिक सम्झौता गरेअनुसार आयोजनाको काम सुरु भएको हो।

सम्झौता सम्पन्न भएको ३० महिनामा उक्त परियोजना सम्पन्न हुने भनिएपनि विभिन्न अवरोधले काममा ढिलाई भएको नेपाल आयल निगमका प्रबक्ता वीरेन्द्र गोइतले बताए। सुरुमा वातावरणीय प्रभाव मुल्याङ्कनको काममा ढिलाई भएकोमा पछि रुख कटानीमा समस्या आउँदा काममा केही ढिलाई भएको गोइत बताउँछन्।

उनले भने, ‘उक्त आयोजनाको सम्बन्धमा वातावरण मन्त्रालयले पहिलो चरणको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन दिइसकेको छ र दोस्रो चरणको प्रतिवेदनपनि निर्माणको क्रममा छ।’

पाइपलाइन बिच्छ्याउने रुटमा स्थानीयहरुको घरसमेत पर्ने भएपछि स्थानीयवासीहरुले अवरोधको चेतावनी दिएका थिए।

यसले गर्दा आयोजना निर्माणमा अवरोध थपिने ठानिएको थियो। तर, स्थानीयवासीको सरोकार सम्बोधनका लागि शनिबार (२७ माघ) मात्र निगम तथा आयोजनाको साझेदार भारत सरकारको प्रतिनिधि छलफल भएको छ।

आयोजना निर्माणको पूर्व तयारीका सम्बन्धमा निगमले तयार पारेको एउटा प्रतिवेदनमा पाइपलाइन विछ्याउने रुटमा मात्रै झण्डै २५ हजार रुख काट्नुपर्ने देखिएको र ४ हजार हजार १ सय ३५ घरटहरा भत्काउनुपर्ने अवस्था रहेको उल्लेख छ।

गोइतका भनाईमा, पाइपलाइन विस्तारका लागि सडकको जग्गा व्यवस्थापन, विद्युत्, टेलिफोन लगायतका तार पनि समस्याको रुपमा देखिएको छ । र, त्यसलाई पनि समाधानको प्रयास गरिएको गोइतले बताए।

आयोजना ढिलाई हुनको कारणमध्ये एउटा रुट परिवर्तन पनि हो। सुरुमा रक्सौलबाट अमलेखगञ्जसम्म पाइप लाईन विच्छ्याउने भनिएको थियो। तर पछि भारतको मोतिहारीबाट रक्सौल हुँदै नेपाल प्रवेश गराउने गरी काम सुरु गरियो।

अघिल्लो रुटको कूल लम्बाई ४१ किलोमिटर थियो। त्यसमध्ये ३९ किलोमिटर नेपालतर्फ र दुई किलोमिटर भारतीय भूभागमा रहन्थ्यो। तर, पछिल्लोपटक तय गरिएको रुट अनुसार पेट्रोलियम पाइपलाइनको लम्बाई झण्डै ६८ दशमलव ९६ किलोमिटर पुगेको छ।

रक्सौल–अमलेखगञ्ज पाइपलाइन आयोजनाका लागि ४ अर्ब ४० करोड रुपैयाँ लगानी हुनेछ। त्यसमा आधा खर्च भारतले बेहोर्ने बताइएको छ।

प्रकाशित १ फागुन २०७४, मंगलबार | 2018-02-13 10:14:49
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...