६५ लाख चिनियाँ विदेश भ्रमणमा, नेपालमा कति?




गतवर्ष नयाँ वर्षमा बैंककमा रमाउँदै चिनियाँ पर्यटक
गतवर्ष नयाँ वर्षमा बैंककमा रमाउँदै चिनियाँ पर्यटक
चाइना डेली

पर्यटकीय सिजनको यो शिखर समय खेर फाल्नु भनेको कुनै किसानले असारमा मानो रोप्न भुले जस्तै हो जसबाट मुरी फलाउने सपनामाथि आघात पर्नेछ।

पश्चिमा पात्रो अनुसार भ्यालेन्टाइन डेको प्रेमिल वातावरण नसकिँदै चिनियाँहरूको जीवनमा वसन्ती चञ्चलताले छोप्ने सिजन भित्रिएको छ। अर्थात् चिनियाँ परम्परागत पात्रो अनुसार नयाँ वर्ष वा वसन्त चाड आइपुग्यो।

एक हप्ता लामो विदा मनाउनका लागि चिनियाँहरू झिटीगुण्टा तयार पारेर, देशभित्र वा देशबाहिरको यात्राका लागि टिकट काटेर ठिक्क परेका छन्।

फेब्रुअरी १५ देखि २१ सम्म चिनियाँहरूको चाडवाड मनाउने अवधि बनेको छ। अरू पर्वभन्दा यो नै लामो विदाको पर्व भएकाले विदेश भ्रमणको एउटा राम्रो अवसर पनि हो। श्रम संगठनको नियम मुताविक चिनियाँहरू कार्यालयका दिनहरूमा ८ घण्टा डटेर अनुशासनपूर्वक काम गर्छन्। कार्यस्थलमा जोडिएका सिसिक्यामराका कारण काम ठग्न वा सेवाग्राहीलाई झुलाउन पनि त सजिलो छैन।

अनुशासनमा बाँधिएर देशको सेवा गर्ने चिनियाँहरू व्यक्तिगत स्वतन्त्रताको धक फुकाउन तड्पिरहेका बेला वसन्त चाडको हप्तादिन लामो विदा पुनर्ताजगीको स्वर्णिम अवसर गुमाउने पक्षमा पक्कै छैनन्।

चीनको नेशनल टुरिजम एड्मिनिस्ट्रेशनले जनाएअनुसार सन् २०१७ मा चीनकै आन्तरिक पर्यटन गर्ने चिनियाँ र विदेशीको संख्या १३९ मिलियन थियो जब कि सन् २०१६ मा १३८ मिलियन। चीन भित्रिएका विदेशीहरूको उपस्थितिले आन्तरिक पर्यटन पनि विस्तार भैरहेको छ। चाइना टुरिजम एकेडेमीका अध्यक्ष ताइ पिनका अनुसार चीनको समृद्धशाली पर्यटकीय गन्तव्यले पर्यटन उद्योग धेरै उत्साहित छ। सन् २०१८ मा पर्यटन क्षेत्र अझै सुधारोन्मुख हुने अपेक्षा छ। यस वर्ष आन्तरिक पर्यटन अझै बढ्ने र संख्याका हिसाबले १४० मिलियन पुग्ने अपेक्षा छ।

सन् २०१७ मा चीनको पर्यटन आम्दानी ५.४ ट्रिलियन युआन पुगेको थियो। अन्य सम्बन्धित पर्यटन उद्योगहरूको आम्दानी जोड्दा ९ ट्रिलियन युआन पुगेर चिनियाँ जीडीपीमा ११ प्रतिशतको योगदान गरेको थियो। नेश्नल टुरिजम एड्मिनिस्ट्रसनका उपप्रमुख वाङ स्याउफङले सन् २०१८ भरि ८३ प्रतिशतले आन्तरिक पर्यटन गर्ने प्रक्षेपण गरे।

उनका अनुसार यसपालि वसन्त चाड अवधिमा चीनभित्रको पर्यटन बजारमा ३८ करोड ५० लाख पर्यटक पुग्ने अनुमान गरिएको छ। त्यो संख्या गत वर्षको तुलनामा १२ प्रतिशतले बढ्नेछ। साथै देशभित्रको पर्यटन आम्दानी चार खर्ब छ्यहत्तर अर्ब चिनियाँ युआन पुग्ने अनुमान पनि गरिएको छ।

वसन्त चाड अवधिमा अधिकांश चिनियाँले स्वयं निर्णय गरेर गन्तव्य रोज्ने गरेको पाइन्छ। ५० प्रतिशत चिनियाँ परिवारले सात दिने विदामा यस्तो यात्रा गर्नेछन्। उच्च गुणस्तरीय सेवा तथा ब्राण्डेड ट्राभल एजेन्सीहरू रोज्नेहरू पैसा भन्दा पनि सेवामा केन्द्रित भएका छन्। यस वर्ष ४० प्रतिशत घुमुवाहरूले नामी ट्राभल एजेन्सीमार्फत् रिजर्भ गरिसेकका छन् भने ६.२ प्रतिशतले सस्तो र कम परिचित एजेन्सीमार्फत् बुक गरेका छन्।

वसन्त चाडको व्यस्तताका लागि चिनियाँ पर्यटन क्षेत्रसँग सम्बन्धित निकायहरू पूर्ण तयारीमा बसेका छन्। यस वर्षको पर्यटनका लागि विभिन्न पर्यटकीय स्थलहरूले धमाधम हटलाइन सेवा दिन थालिसकेका छन्।

भूकम्पपछि पर्यटन प्रवद्र्धनमा सहयोग गर्न नेपाल आएका चिनियाँ पर्यटक

भूकम्पपछि पर्यटन प्रवद्र्धनमा सहयोग गर्न नेपाल आएका चिनियाँ पर्यटक

झण्डै ६५ लाख चिनियाँ विदेश घुम्दै
चीनको आन्तरिक मात्रै हैन, बाहिरी मुलुकका मुख्य पर्यटकीय आयश्रोत पनि चिनियाँहरू नै हुन्। यसपालिको वसन्त चाडको अवधिमा मात्रै ६५ लाख चिनियाँले संसार यात्रा गर्दैछन्। चीनका २ सय शहरका पर्यटकहरूले संसारका ६८ मुलुकका ७०० वटा शहर घुम्नका लागि बुकिङ गरेका छन्। त्यसैले हरेक देशले चिनियाँ पर्यटक तान्न भरमग्दूर सहुलियत र पर्यटकीय विकासका परियोजनाहरु चलाएका छन्। अब हेरौं, नेपालको भागमा कति पर्यटक पर्नेछन्।

चिनियाँहरूको वसन्त चाडको विदामा सेवा दिनका लागि हरेक देशहरूले तीव्र तयारी गरेका छन्। दुबईको पर्यटन प्राधिकरणले अनअराइभल भिसा नीति लिएपछि सन् २०१६ को तुलनामा २०१७ मा ४१ प्रतिशतले वृद्धि भएर ७ लाख ६४ हजार पुगेको जनाएको छ। पर्यटन तथा वाणिज्य बजारीकरण विभागले दिएको जानकारी अनुसार पर्यटकीय क्षेत्रहरूको तीव्र मर्मत तथा सिर्जना गरेर सन् २०२० पर्यटन भिजनको लक्ष्य पूरा गर्नका लागि लागिपरेको बताएको छ। युरोप, अमेरिका, अष्ट्रेलिया, सामुद्रिक मुलुकहरू लगायतले अनेकन सुहलियतका कार्यक्रम संचालन गरेका छन्। चिनियाँका लागि अधिकतर लचकता अपनाउने विषयमा अन्य पश्चिमा राष्ट्रहरूबीच पनि होडबाजी देखिन्छ।

पर्यटक भित्र्याउन हरेक देशले आ–आफ्नै तयारी गरेपनि नजीकको छिमेकीको नाताले नेपालले के तयारी गरिरहेको छ? चिनियाँ नयाँ वर्षको विदा र नेपालमा वसन्त ऋतुको आगमन लगभग उस्तै समयमा परेकाले भ्रमणका लागि निकै उपयुक्त समय हो।

अब कुरा आउँछ, नेपालले पूर्ण तयारी गरेको छ? यात्रा सरल र सहज बनाउन, स्वस्थ र रोमान्टिक बनाउन, खानपान, किनमेल र पारिवारिक जमघटयुक्त बनाउन पर्याप्त पूर्वाधार छ? चिनियाँले उपभोग गर्ने सागसब्जी, मासुका परिकार, स्वास्थ्य वा सौन्दर्य, हस्तकलाका सामग्रीहरू उपलब्ध छन्? इन्टरनेटबाट भन्नेविक्तिकै किन्न सकिन्छ कि? चिनियाँ अनुकुलका रेष्टुरेन्टहरू तयारी हालतमा छन्? चिनियाँहरूले अलिबाबा, थाउपाउ, जेडी डट कम जस्तै ई–कमर्स साइटहरू के के छन्। नेपालका कुन कुन क्षेत्रको मौसम कस्तो छ भनेर हेर्ने विश्वसनीय प्रचलित नेपाली मैसम एप के छ? अन्य नयाँ पर्यटकीय गन्तव्य के थपिएका छन् वा पूर्वाधारहरू चुस्तदुरूस्त के कस्ता छन्?

पर्यटन गर्नु नै चिनियाँले वसन्त चाड मनाउने एक महत्वपूर्ण तरिका बनेको छ। चीनको राष्ट्रिय पर्यटन ब्युरोको तथ्याङ्क अनुसार, यस वर्षको पहिलो त्रैमासिकमा चिनियाँ जनताको यात्रा चाहनाको अनुपात ८८ प्रतिशत पुगेको छ भने तीमध्ये लगभग आधा पर्यटकले वसन्त चाडको अवधिमा बाहिर घुम्ने छनौट गरेका छन्।

जीवन शैलीमा आएको परिवर्तनले उपभोक्ताको व्यवहार र आनीबानीमा पनि परिवर्तन ल्याउँछ। खानपान र पर्यटनमा मानिसका रूचि र मागहरू बढ्दै गएका देखिन्छन्। जब मानिस घुम्न निस्किन्छन्, अनुभव र आरामदायी यात्राका लागि निकै ध्यान दिन्छन्। अर्काको देशमा कष्ट झेल्न त कोही पनि जान चाहँदैन। मस्ती कसरी पाइन्छ भन्नेतर्फ नै ध्यान हुन्छ। यात्रामा स्वस्थ रहन सकियोस् भनेर स्तरीय खानेकुराका लागि खर्च गरिएको हुन्छ। एउटा तथ्य अनुरूप रोजगारीको दृष्टिकोण, व्यक्तिगत वित्त तथा खर्चको चाहना गरी चीनको उपभोक्ता आत्मविश्वास सूचकांक अघिल्लो वर्षको भन्दा सन् २०१७ मा ६ अंकले बढेर ११२ अंक टेकेको छ।

संसारका पर्यटकीय गन्तव्यहरूले पोहोर, परारका अनुभवबाट सिकेर यस वर्ष नयाँ नयाँ पर्यटकमैत्री चिनियाँ लक्षित योजना अघि सारेका छन्। शान्ति सुरक्षा र पर्यटकका लागि झन्झट रहित मुलुकहरूले यो अवसरलाई गुमाउन पनि चाहँदैनन्। पर्यटकीय सिजनको यो शिखर समय खेर फाल्नु भनेको कुनै किसानले असारमा मानो रोप्न भुले जस्तै हो जसबाट मुरी फलाउने सपनामाथि आघात पर्नेछ।

प्रकाशित २८ माघ २०७४, आइतबार | 2018-02-11 13:01:31



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • चुडामणि उप्रेती ‘गोरे’

    मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतमा राख्न गोरेको माग

    सुन काण्डका मुख्य नाइके चूणामणि उप्रेती ‘गोरे’ले मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतम बस्न माग गरेका छन्। बुधबार जिल्ला अदालत मोरङमा बयान...

  • रेलमार्गको नक्सा अध्ययन गर्दै नेपाली तथा चिनिया अधिकारीहरु

    रेलमार्ग खोज्दै नेपाली-चिनियाँ अधिकारी काठमाडौंदेखि केरुङसम्म

    केरुङ-काठमाडौं रेलमार्ग त्यति छिट्टै निर्माण हुने सम्भावना चाहिँ छैन, जति राजनीतिक बृत्तमा चर्चा हुने गरेको छ। जस्तो कि, अहिलेको टोली पूर्व...

  • दरबारमार्ग सामूहिक बलात्कार प्रकरणका अभियुक्त शैलेश कार्की

    दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, नेकपा नेतापुत्र फरार

    दरबारमार्ग सामुहिक बलात्कार काण्डका मुख्य आरोपी शैलेस कार्की पूर्पक्षका लागि जेल चलान भएका छन्।

  • प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

    नेपालका मन्त्री सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला?

    नेपाल सरकारका मन्त्रीहरु सुनका पारखी देखिएका छन्। मन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग रहेकाे छ।