अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य घट्दा नेपाली उद्योगीको टाउको दुखाइ

सुर्तिजन्य वस्तुमा लाग्ने बराबरको भन्सार शुल्क चिनीमा लगाउन ‘लविङ’



अन्तर्राष्ट्रिय बजारमा चिनीको मुल्यमा गिरावट आएसँगै नेपाली चिनी उद्योगीहरुको टाउको दखाईको विषय बन्न पुगेको छ। हाल नेपालमा चिनी उत्पादनको समय हुँदा पनि बाह्य बजारको मुल्यसँग प्रतिस्पर्धा गर्न नसक्ने भएको भन्दै चिनी आयत गर्न नदिन उद्योगीहरुले ‘लविङ’ चर्को बनाएका छन्।

नेपाल चिनी उद्योग संघले राजधानीमा एक कार्यक्रम गर्दै नेपालमा भित्रिने चिनीको भन्सार शुल्क ५० प्रतिशत हुनपर्ने बताएको हो। ‘हामी बाह्य बजारसँग प्रतिस्पर्धा गर्न सक्दैनौं, यदि बाह्य बजारबाट चिनी ल्याउने हो भने, भन्सार शुल्क तीन गुणाभन्दा बढि बनाउनुपर्छ’, संघका अध्यक्ष शशिकान्त अग्रवालले भने। नेपाली उत्पादनलाई प्रोत्साहन गर्नका लागि पनि उपभोक्ताले महँगो मुल्यमा नै उपभोग गर्नुपर्ने उनको धारणा छ।

सरकारले नेपाली उपभोक्तालाई बढी मूल्यमा उपभोग गर्नु नपरोस् तथा अभावको सिर्जना नहोस् भनेर साल्ट ट्रेडिङमार्फत् भन्सार छुटमा चिनी आयत गरिरहे पनि यो वर्ष भारतबाट चिनी ल्याउन नदिन उद्योगीहरुले माग गरिरहेका छन्। नेपालको चिनीले कुल खपतलाई धान्न नसक्ने भए पनि उद्योगीहरुले आयत गर्नु नहुने बताएका हुन्।

नेपालको वार्षिक खपत २लाख ३० हजार मेट्रिक टनसम्म हुने भएपनि नेपाली उद्योगले १ लाख ५० हजारको हाराहारीमा उत्पादन गर्दै आएको छ। यो वर्ष उद्योगीहरुले उत्पादन बढ्ने बताए पनि १ लाख ७० हजार मेट्रिकटन भन्दा बढी देखिएको छ। नेपालमा हरेक वर्ष दशैं तिहारको अवसरमा चिनी अभाव हुने र त्यसको फाइदा उठाउँदै कालाबजारीयाहरुले महँगोमा चिनी बिक्री गर्दै आएका छन्।

सरकारले चिनीको व्यवसाय नै गर्न नहुने उद्योगीहरुको भनाइ छ। उनीहरु नेपालले खुल्ला अर्थतन्त्रको नीति लिएपनि चिनीलाई भने त्यस्तो रुपमा लिन नहुने बताइरहेका छन्। भन्सार शुल्क सबैलाई लागु हुनेगरि अत्याधिक वृद्धि गर्न माग गरेका छन्। उनीहरु सुर्ति जन्य वस्तुहरुमा लाग्ने भन्सार शुल्क चिनीमा लगाउनु पर्ने बताइरहेका छन्।

गतवर्षसम्म भारतबाट मात्रै चिनी नेपाल भित्रिने गरे पनि यो वर्ष पाकिस्तानबाट समेत आयत हुनथाले पछि नेपाली उत्पादनले बजार लिन नसक्ने भन्दै उद्योगीहरु डराइरहेका छन्।

उद्योगीका अनुसार कतिपय व्यवसायीले पाकिस्तानबाट चिनी आयात गर्न थालेका छन्। पाकिस्तानमा उत्पादित चिनी यहाँ ल्याउँदा ६० रुपैयाँ पर्ने गरेकाले व्यवसायीहरु यसतर्फ आकर्षित भएको उद्योगीहरुको भनाइ छ।

यदी भन्सार शुल्क नबढाउने हो भने उद्योगीलाई प्रतिकेजी १० रुपैयाँ नगद अनुदान दिनुपर्ने उनीहरुको माग छ। उत्पादन गरेको चिनी सरकारले नै खरिद गरिदिनुपर्ने उनीहरुको भनाई छ।

उखु उत्पादक किसानहरुले भने अहिले कायमभन्दा सस्तो मूल्य बिक्री गर्न नसकिने बताएका छन्। उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले सरकारले मल तथा अन्य सहुलियत नदिएसम्म उखुको मूल्य घटाएर बेच्न नसकिने बताए। हाल उखुको मूल्य प्रतिक्वीन्टल ५ सय ३१ रुपैयाँ २० पैसा तोकिएको छ। अहिले तोकिएको मूल्यबाट समेत आफूहरुले लाभ लिन नसकेको किसानको गुनासो छ।

यस वर्ष नेपालमा १ लाख बिघा जमिनमा उखु खेती गरिएको र यसबाट २० लाख मेट्रिक टन उत्पादन हुने महासंघले तथ्याङ्क निकालेको छ।

 

प्रकाशित १४ माघ २०७४, आइतबार | 2018-01-28 17:10:40
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...