चिनीमा चलखेल : आयात रोक्न कर्मचारी र उद्योगीबीच मिलेमतो



नेपालमा उत्पादन हुने चिनीले वार्षिक खपतलाई अपुग हुने देखिए पनि भन्सार छुटमा चिनी ल्याएर उपभोक्तालाई सुलव मूल्यमा वितरण गर्न नदिन चिनी उद्योगी र आपूर्ति मन्त्रालयको कर्मचारीले मिलेमतो गरिरहेको देखिएको छ।

विगतका वर्षहरुमा भन्सार छुटबापत साल्ट ट्रेडिङ कर्पोरेशनले चिनी ल्याएपनि पनि यो वर्ष आपूर्ति मन्त्रालय कर्मचारीहरुले समेत भन्सार छुट नदिने अडान लिएका छन्। आपूर्ति मन्त्रालयको प्रस्ताव अनुसार अर्थ मन्त्रालय हुँदै मन्त्रीपरिषद्बाट उक्त निणर्य हुनुपर्ने भए पनि यो वर्ष कर्मचारीहरुले निजी उद्योगीहरुको मिलेमतोमा प्रस्ताव पेश गर्न नदिएको देखिएको हो।

मन्त्रालय स्रोतका अनुसार आपुर्ति मन्त्री जयन्त चन्दले ५० हजार मेट्रिकटन चिनी ल्याउन अर्थमन्त्रालयमा प्रस्ताव पेश गर्न लाग्दा कर्मचारीहरुले विरोध जनाएका थिए। हाल १५ प्रतिशत चिनीमा भन्सार लाग्दै आएको साल्ट ट्रेडिङलाई १ प्रतिशत भन्सार शुल्कमा चिनी ल्याउन मन्त्री चन्दले प्रस्ताव गरेका थिए।

तर कर्मचारीहरुले तोकिएको भन्सारमा नै चिनी ल्याउनु पर्ने बताएका छन्। नेपाल चिनी उत्पादक संघले यो वर्ष नेपालमा खपत हुने परिमाण अनुसारको चिनी उत्पादन हुन नसक्ने बताइसकेकोले भन्सार छुटमा चिनी ल्याउन आवश्यक छ। तर कर्मचारीहरुबाट यस्तो हुनु नेपाली उद्योगी तथा व्यवसायीहरुसग कर्मचारीहरुको मिलेमतो रहेको स्रोतको दावी छ।

नेपालमा हरेक वर्ष दुई लाख ३० हजार मेट्रिक टनसम्मको चिनी खपत हुने तथ्याङ्क रहे पनि नेपालमा बढीमा १ लाख ५० हजार मेट्रिकटनसम्म मात्रै उत्पादन हुँदै आएको छ। भारतबाट हरेक वर्ष अपुग चिनी आयत हुने गर्छ। विश्व बजारमा चिनीको मुल्य अस्थिर हुने गरेका कारण नेपाली उपभोक्ता मारमा पर्ने गरेका छन्।

उपभोक्तलाई केही राहत हुन्छ भनेर सरकारले भन्सार छुटमा साल्ट ट्रेडिङमार्फत चिनी बिक्री गर्ने गर्छ। तर यो वर्ष भन्सार छुटमा चिनी नआउने हो भने अभाव हुने तथ्याङ्कबाट पुष्टि हुन्छ। यो वर्ष स्वदेशी उद्योगले एक लाख २९ हजार टनमात्रै उत्पादन गर्न सक्ने बताएका छन्। बाँकी चिनी आयात गरेर आपूर्ति गर्नुपर्ने भएपछि नेपाली चिनी सकिएपछि मात्रै प्रक्रिया थालनी गर्नुपर्ने कर्मचारी उद्योगीको भनाइ छ।

प्रकाशित १३ माघ २०७४, शनिबार | 2018-01-27 10:17:31
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...