तरकारीको मूल्य निर्धारणमा निरिह सरकार

व्यापारीले आफूखुसी गर्छन् मूल्य निर्धारण



कालीमाटी तरकारी बजारको एउटा पसल
कालीमाटी तरकारी बजारको एउटा पसल

तरकारी मूल्यसूची आफूले निर्धारण गर्न नसक्दा सँधै विवादित हुने गरेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले स्वीकार गरेको छ।

समितिले काठमाडौं उपत्यकाको तरकारी विक्री वितरणमा धेरै बाचौलियाको रजगज रहँदै आएकोले मूल्य तोक्न कठिनाई हुने गरेको बताएको हो।

तरकारीको मूल्य निर्वाधारणको काम व्यपारीहरुले नै गर्दै आएको समितिका उपनिर्देशक विनय श्रेष्ठ बताउछन्। त्यसैले समितिले पनि तरकारीको मूल्यसूची सोही आधारमा राख्ने गरेको छ। समितिले अहिलेसम्म यो तरकारी यतिसम्म बेच्नपर्छ भनेर थोक तथा खुद्रा मूल्य निर्धारण गर्न नसकेको उपनिर्देशक श्रेष्ठको भनाइ छ। श्रेष्ठ भन्छन्,'कुन तरकारीमा कति लागत लागेको भन्ने कुरा समितिलाई थाहा नै छैन।'

उपत्यकामा तरकारीको व्यवस्थापन गर्नका लागि सञ्चालनमा आएको उक्त समितिले अहिले कालिमाटी बजारमा ‘बजार’ राख्ने व्यवस्था मिलाउन बाहेक अन्य काम गर्न सकको छैन। समितिले नेपालको कृषि प्रणाली तथा समग्र बजारको अस्तव्यस्तताको कारण तरकारीको मूल्य अस्वस्थ हुने बताउँदै आएको छ।

उपत्यकामा भित्रिने तराकारी कुनै नजिकको स्थानबाट आउने र कुनै टाढाबाट भित्रिने भएकोले पनि मूल्य निर्धारणमा समस्या हुने गरेको छ। त्यस्तैगरी नेपालका कृषकहरु अझै व्यवसायिक भैसकेका छैनन्। उनीहरुले सबै तरकारीलाई एकै स्थानमा राखेर बेच्न ल्याउछन्। तरकारीको ग्रेडिङ छुटयाएर कृषिकहरुले बेच्ने व्यवस्था मिलाउन सक्दैनन् त्यसैले यस्तो अवस्थाले मूल्य निर्धारणमा समस्या हुने गरेको समितिको ठहर छ।

कृषकले नै अहिलेसम्म प्याकेजिङको व्यवस्था मिलाउन नसकेको कारणले गर्दा तरकारी बीचबाटोमा नै बिग्रने गर्छ र त्यसले पनि मूल्य निर्धारणमा समस्या थपेको उपनिर्देशक क्षेष्ठको भनाइ छ।

मूल्यनिर्धारणमा विचौलियाको रजगज कति? 

नेपालमा बजारीकरणको व्यवस्था कुनैपनि वस्तुमा नभएको विज्ञ बताउछन्। तरकारीको त झनै अव्यवस्थित रहेको देखिन्छ।

तरकारी उपभोक्तासम्म पुग्दा ६ देखि ७ तहसम्मका बिचौलियहरु हुने गरका छन्। बिचौलियाको तह धेरै हुँदा तरकारीको मूल्यले आकास छुने गरेको समितिका उपनिर्देशक श्रेष्ठको बुझाइ छ।

सरकारले नै तरकारीको मूल्य सहज गराउने हो भने नयाँ ढंगबाट व्यवस्थापन गराउनु पर्ने उपनिर्देशक श्रेष्ठले धारणा राख्छन्। स्थानीय तहसम्म सरकार निर्माण भएपछि त्यहिबाट नै तरकारीलाई उचित बजारीकारणको थालनी हुनपर्ने  उनको भनाइ छ।

कृषकलाई बजारीकरण सहचेतनका अभियान संचालन गर्नेदेखि व्यपारीहरुलाई समेत कडार्इ गर्न सकेमा हचुवाको भरमा हुने मूल्य निर्धारणमा केही नियन्त्रण हुने श्रेष्ठ बताउछन्।

कृषक र उपभोक्ताबीचको मूल्यअन्तर

कालोबजारी ऐन अनुसार २० प्रतिशत मात्रै बढी मुल्यमा कुनै पनि वस्तु विक्री गर्न पाइन्छ। तर, तरकारीमा भने शत प्रतिशत वृद्धि भएर उपभोक्तले पाउनु भनेको कम ‘मार्जिन’ हुनु सरह हो।

समितिका उपनिर्देशक श्रेष्ठका अनुसार कुनै पनि तरकारी कृषकले बेचेको मूल्यभन्दा दोब्बर मू्ल्यमा विक्री हुने गरेको पाइन्छ। कृषकले बेचेको भन्दा ४ सय गुणासम्म विक्री हुने गरेको गुनासो समेत आउेन गरेको समितिको उनको भनाइ छ।

यसो हुनुमा तरकारी प्रकृति पनि समावेश भएको हुन्छ। अरु वस्तु जस्तो तरकारी बजारमा पुगेपछि सकुशल नै रहन्छ भन्ने छैन कृषकले पठाएको तरकारीको करिव ५ प्रतिशत विग्रने गरेको समिति बताउछ।

उपत्यकाको केन्द्रीय तरकारी बजारको रुपमा समेत रहेको कालिमाटीमा दिनमा तीनपटकसम्म मूल्य परिवर्तन हुने गरेको पाइन्छ। तरकारीको क्वालिटीले पनि मूल्यमा परिर्वतन गर्ने गर्छ।

सबै भन्दा ठूलो कुरा त कुन तरकारी कति माग भएको छ र कुन तरकारी धेरै विक्री हुनसकेको छ त्यसको आधारमा व्यवसायी आफैंले मूल्यमा परिवर्तन गर्ने गरेका समितिको बुझाइ छ। 

 

प्रकाशित १० माघ २०७४, बुधबार | 2018-01-24 17:14:48
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...