नेपालमा बैंकिङ जागरण ज्यादै न्युन: राष्ट्र बैंक

‘बैंक तथा वित्तीय कम्पनी बैंकिङ पहुँचमा मात्रै लागिपरे’



नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक

सर्वसाधारणमा बैंकिङ जागरण ज्यादै न्यून रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। ४० प्रतिशत सर्वसाधारणहरु बैंकिङ क्षेत्रसँग आबद्ध भएपनि बैंकिङ जागरणको अवस्था भने १८ प्रतिशत मात्रै रहेको राष्ट्र बैंकले जानकारी गराएको छ।

नेपालका अधिकांश जनताहरु नबुझिकन बैंक तथा वित्तीय कम्पनीहरुसँग आवद्ध भएको राष्ट्र बैंकको तथ्याङ्कले स्पष्ट पारेको हो। नेपाल राष्ट्र बैंकका सूचना अधिकृत शम्भुप्रसाद ढुङ्गानाले नेपालखबरसँग कुरा गर्दै नेपालका बैंक तथा तथा वित्तीय कम्पनीहरु लामो समय सहरी इलाकामा मात्रै सिमित हुन थालेको र राष्ट्र बैंकको निर्देशनमा स्थानीय स्तरमा जान थाले पनि वित्तीय जागरण भने फैलाउन नसकिरहेको बताए।

आगामी दिनमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीहरुलाई वित्तीय जागरणबाट मात्रै सम्बन्ध विस्तारको लागि निर्देशन दिन आवश्यक रहेको उनले जानकारी गराए। नेपाल राष्ट्र बैंकले २०६६/६७ सालदेखि नै नोटको जतन गर्नुपर्ने, हुण्डीको प्रयोग गर्न नहुने, बचत गर्ने बानी बसाल्नुपर्ने, बचत गरेको रकम बैंकिङ च्यानलमा राख्नुपर्ने लगायतका मुद्दाहरु उठाउँदै आए पनि निजी बैंकहरुको यसमा संलग्नता कमजोर रहेको उनको भनाइ थियो।

विगत २–३ वर्षदेखि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नै सबै नेपालीको बैंक खाता हुनुपर्नेमा जोड दिँदै आएको समेत जानकारी दिए। बैंकिङ पहुँच विस्तार हुन सकारात्मक रहे पनि बैंकिङ जागरण समेत सँगसँगै अघि बढाइए देश आर्थिक विकासमा छिटो जाने उनको धारणा छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीहरुलाई नेपालको हरेक स्थानीय तहमा जानैपर्ने निर्देशन दिएको छ। संघीय संरचना अनुसार बनाइएका सात सय ५३ स्थानीय तहमध्ये हालसम्म तीन सय ३२ स्थानमा शाखा स्थापना गरिसकेको राष्ट्र बैंक तथ्याङ्कले देखाएको छ। अब चार सय २१ स्थानीय तहमा बैंकको सेवा पुग्न बाँकी छ। नेपालमा सहकारी, लघुवित्तमार्फत २० प्रतिशत जनतामा बैंकिङ पहुँच पुगेको छ।

२०४१ साल पछि वित्तीय क्षेत्रमा अँगालिएको उदार नीतिले नेपालमा विदेशी लगानीका बैंकले शाखा खोल्ने कार्यलाई तीव्रता दिए भने निजी स्तरबाट धमाधम बैंक खुल्न थाले। त्यसपछि जनस्तरसम्म बैंकहरूको पहुँच पुग्न थाल्यो। यसले घन्टौं लाइन लागेर बैंकको सेवा लिने स्थितिको अन्त्य गरिदिएको राष्ट्र बैंकको भनाइ छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार २८ वाणिज्य बैंक, ३९ विकास बैंक, २७ वित्त कम्पनी, ५४ लघुवित्त बैंक र अन्य वित्तीय कारोबार गर्ने संघ–संस्था तथा गैरसरकारी संस्थाले देशका ७५ वटै जिल्लामा वित्तीय सेवा पु¥याइरहेका छन्। २८ वाणिज्य बैंकले दुई हजार तीन सय १८ शाखाबाट सेवा दिइरहेका छन्। यसैगरी, ३९ विकास बैंकले सात सय ७६ शाखा, २७ वित्त कम्पनीले एक सय ३६ शाखा र ५४ लघु वित्त बैंकले दुई हजार १७ शाखाबाट वित्तीय सेवा दिइरहेका छन्।

उक्त कार्यमा बीमा कम्पनीको सहभागितामा भने निकै कमजोर रहेको देखिएको छ। बीमा कम्पनीहरुमा सर्वसाधारणको सहभागिता ८ प्रतिशत मात्रै रहेको देखिएको छ। बीमा कम्पनीहरुको जागरण अभियानको कार्यक्रम रहेपनि त्यसको प्रभाव न्युन रहेको राष्ट्र बैंकको भनाइ छ। बैंकको अवधारणा भन्दा बीमा कम्पनीको अवधारणा पछि आएकोले पनि त्यसको प्रभाव कम रहेको देखिएको हो।

प्रकाशित ३ माघ २०७४, बुधबार | 2018-01-17 16:12:41
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...