हिमालयन बैंकले २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत नगद लाभांश दिने




हिमालयन बैंक लिमिटेडको पच्चीसौँ वार्षिक साधारणसभाले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत नगद गरी कूल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले आव २०७३/७४ को प्रतिवेदन प्रस्तुत गर्दै सो बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब ११ करोड ४५ लाख २९ हजार पुग्ने जानकारी अध्यक्ष श्रेष्ठले जानकारी दिए।

बैंक आगामी माघ ४ गते २५ वर्ष पूरा गर्दैछ। 

अध्यक्ष श्रेष्ठले बैंकले आव २०७३/७४ अन्त्यसम्म रु ९२ अर्ब ८८ करोड निक्षेप संकलन र ७७ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको जानकारी दिए। निक्षेप र कर्जा अघिल्लो वर्षको तुलनामा क्रमशः ६.३५ र १२.३६ प्रतिशतले बढी भएको जनाइएको छ। 

यस वर्ष छ स्थानमा नयाँ शाखा तथा सरकारको योजनानुरुप स्थानीय तहमा बैंकको ग्रामीण शाखा स्थापना गर्दै जाने र देशका विभिन्न स्थानमा थप एटिएम सञ्जाल विस्तार गरिने बैंकले जनाएको छ।रासस

प्रकाशित २८ पुस २०७४, शुक्रबार | 2018-01-12 20:25:27



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • नेपाली वाणिज्य दूतावास ल्हासाले केरुङमा अायाेजना गरेकाे बैठकका सहभागी

    चीनले माग्यो नेपालबाट निर्यात हुने कृषि उत्पादनको सूची

    नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुको सूची चिनियाँ कृषि मन्त्रालयलाई उपलब्ध गराइदिन चीनले आग्रह गरेको छ।

  • प्राध्यापक पराग पाठक

    एमआईटी प्राध्यापक पाठक नोबेल पुरस्कारका दाबेदार

    ब्लुम्बर्गको डाटा विश्लेषणअनुसार यो अवार्ड पाउने तीन मध्ये एक जनाले अर्थशास्त्रको नोबेल पुरस्कार जित्ने गरेका छन्।

  • डेपुटी गभर्नर श्रेष्ठ

    अख्तियारमा उजुरीपछि राष्ट्रबैंकका डेपुटी गभर्नर जिम्मेवारीमुक्त

    डेपुटी गभर्नर श्रेष्ठमाथि नेपाल बंगलादेश बैंक र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कार्यकाल थप गर्दापनि प्रलोभनमा परेको आरोप छ।