उद्योगीले निर्माण सामग्रीको मूल्य बढाएपछि इटहरीका व्यवसायी आन्दोलित

हार्डवेयर, प्लाइ तथा सेनेटरी व्यवसायी संघ इटहरी तदर्थ समिति गठन




उद्योगीले निर्माण सामग्रीको मूल्य एकाएक वृद्धि गरेपछि आतंकित भएका इटहरीका निर्माण सामग्री व्यापारी तथा व्यवसायी आन्दोलनलाई थप कडा बनाउने उद्देश्यसाथ संगठित भएका छन्। उनीहरूले अब उद्योगीहरूको मनपरीतन्त्रविरुद्ध संगठित रूपमै आन्दोलनमा चर्काउने उद्घोष पनि गरेका छन्।

NIC ASIA

उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेशकुमार विष्टको विशेष पहलमा बिहीबार उवासंघको सभाहलमा भेला भएका इटहरी उपमहानगरभित्रका निर्माण सामग्रीको व्यवसाय गर्ने हार्डवेयर, प्लाइ तथा सेनेटरी व्यवसायी उद्योगीको मनपरीतन्त्रविरुद्ध र त्यसलाई रोक्न राज्यका नियामक निकायलाई दबाब दिने गरी संगठित भएका हुन्। पछिल्लो समय निर्माणमा प्रयोग हुने सिमेन्ट तथा छडको मूल्य एकाएक उद्योगीले बिनाकारण वृद्धि गरेपछि उनीहरूले चार दिनअघि मात्रै इटहरीमा एक पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका थिए। 

हार्डवेयर, प्लाइ तथा सेनेटरी व्यवसायी संघ इटहरी तदर्थ समितिका अध्यक्ष भोला निरौलाले भने, ‘गलत कार्यका लागि संघर्ष गर्न र व्यावसायिक हकहितका लागि आवाज उठाउन एक÷दुईजनाले भन्दा पनि सामूहिक रूपमै लाग्दा सफलता पाउने निष्कर्षसहित हामी व्यवसायी बिहीबारबाट संगठित भएका हौं। अब हामी उद्योगीहरूको मनखुसी मूल्यवृद्धिविरुद्ध संगठित रूपमै प्रतिवादमा उत्रिन्छौं।’

उनका अनुसार उद्योगीले १५ दिनको बीचमा चार पटकसम्म निर्माण सामग्री सिमेन्टमा प्रतिबोरा १ सय ५० र छडमा प्रतिकिलो १० रुपैयाँसम्म मूल्यवृद्धि गरेको र थप वृद्धि गर्ने योजना बनाएको विषयमा पत्रकार सम्मेलन गरेर आन्दोलनको चेतावनी दिएयता सिमेन्ट तथा छडको मूल्य बढाउन हिम्मत गरेका छैनन्।

उनले भने, ‘पत्रकार सम्मेलन गरी आन्दोलनस्वरूप उद्योगहरूले उत्पादन गरेका सिमेन्ट र छड कम्तीमा १५ दिनसम्म खरिद पनि नगर्ने र स्टकमा रहेका सामग्री बिक्री पनि नगर्ने चेतावनी दिएपछि उद्योगीहरू भटाभट सम्पर्कमा आइरहेका छन्। कतिपयले मूल्यवृद्धिबारे कारण पेस गर्नुका साथै कतिपयले मूल्यवृद्धि समायोजनसम्मका कुरा गरिसकेका छन्।’

चरणबद्ध आन्दोलनस्वरूप नै बिहीबार निर्माण व्यवसायी संगठित भएको हार्डवेयर, प्लाइ तथा सेनेटरी व्यवसायी संघ इटहरी तदर्थ समितिका सचिव तारा कटुवालले बताए। उनले भने, ‘अब एक महिनाभित्रमा संगठनको विधान बनाएर आधिकारिक रूपमै राज्यका विभिन्न निकायमा दर्ता भइ कानुनी मान्यता प्राप्त गर्ने छौं।’

त्यसबीचमा अवैज्ञानिक ढंगले हुने मूल्यवृद्धि, व्यवसायीबीचमा आइरहने अनेकखालका समस्या हल गर्न र आन्दोेलनलाई निचोडमा पु¥याउन आवश्यक पहल गरिने सचिव कटुवालले बताए। हार्डवेयर, प्लाइ तथा सेनेटरी व्यवसायी संघ इटहरी तदर्थ समितिका सदस्य हिमाल राउतले संघले व्यवसायीमा कर तथा राजस्वका विषयमा आइरहने विविध समस्या हल गर्न संगठन चाहिने भएकाले संगठित भएको बताए।

उवासंघ इटहरीका कार्यवाहक अध्यक्ष विष्टले प्रमुख अतिथिको आसनबाट बोल्दै इटहरीका विभिन्न व्यवसायमध्ये सबैभन्दा ठूलो आर्थिक गतिविधि हुने र बढी समस्या हुने व्यवसाय भनेकै निर्माण सामग्री बिक्री गर्ने व्यवसाय भएकाले संगठित हुन जरुरी भएकाले लामो प्रयासपछि संगठित हुन सफल भएको बताए। उनले हार्डवेयर, प्लाई तथा सेनेटरी व्यवसायीलाई आइपर्ने समस्याबारे चौबीसै घन्टा लड्न उवासंघ संघ तयार रहेको बताए। उनले पछिल्लो समय उपभोक्ताको ढाड सेक्ने गरी उद्योगीले सिमेन्ट तथा छडमा गरेको मूल्यवृद्धिविरुद्ध आन्दोलन चर्काउन उवासंघ साथ दिन तयार गरेको बताए।

भेलाको अध्यक्षता गरेका इटहरीका पुराना हार्डवेयर व्यवसायी प्रल्हाद सिटौलाले व्यवसायी संगठित भए मात्र आइपर्ने हरेकखालका समस्याविरुद्ध लड्न सकिने बताए। उनले भने, ‘इटहरीमा मैले सिमेन्ट तथा छड बिक्री गरेको वर्षौं भयो। तर अहिलेजस्तो उद्योगीले निर्माण सामग्रीमा हदैसम्मको मूल्यवृद्धि गरेर बिक्रेता र क्रेतालाई यतिसम्मको आतंक सिर्जना गरेको मलाई थाहै थिएन।’

भेलाले हार्डवेयर, प्लाइ तथा सेनेटरी व्यवसायी संघ इटहरी तदर्थ समितिको सदस्यमा राजकुमार सिटौला, मुक्ति दाहाल, मोहित सेठिया र सुशील साहलाई चयन गरेको छ। इटहरी उपमहानगरभरि हार्डवेयर, प्लाई तथा सेनेटरी गरी २ सय ५० भन्दा बढी व्यवसायी छन्।

प्रकाशित २८ पुस २०७४, शुक्रबार | 2018-01-12 18:20:42
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • महेशकुमार गुरागाईं

    बीमा समिति रिटायर्डहरुको आराम गर्ने स्थान बन्यो: पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं

    बीमा समितिलाई प्राधिकरण बनाउने सरकारी योजना उपयुक्त छ। प्राधिकरणलाई कानुनले नै अधिकार दिएर पठाइसकेपछि नियामक निकाय बलियो हुन्छ र कानुन बमोजिम गर्न...

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...