निर्माण व्यवसायी संघ गोरखामा एक मतान्तरले बाबुराम विजयी




निर्माण व्यवसायी संघ गोरखाको नवौं अधिवेशनबाट अध्यक्ष पदमा बाबुराम श्रेष्ठ विजयी भएका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेस निकटका व्यवसायी रामकुमार श्रेष्ठभन्दा एक मत बढी ल्याएर नेकपा एमाले निकटका श्रेष्ठ विजयी भएका हुन्।

बाबुरामले ७८ मत ल्याएका थिए भने रामकुमारले ७७ मत। बाबुरामलाई माओवादी केन्द्रको साथ थियो भने रामकुमारलाई नयाँ शक्ति र राप्रपाले सहयोग गरेका थिए।

सदस्यहरुमा सूर्यबहादुर भण्डारीले ९७, भोलाप्रसाद मरहट्टा र राजुबाबु लामिछानेले ९४, अनिल कुँवरले ९२, सुरेन्द्र बस्नेतले ९०, उत्तम भट्टले ८९, दिनेश गुरुङले ८५, लक्ष्मणकाजी श्रेष्ठले ८४, लेखबहादुर थापाले ८३, किरणबाबु श्रेष्ठले ८० र डम्बरसिं गुरुङले ७८ मत ल्याएर विजयी भएको निर्वाचन समितिका प्रमुख स्थानेश्वर दुवाडीले बताए।

११ जना सदस्य पदका लागि दुइवटा प्यानल गरी २० जनाले उमेद्वारी दर्ता गराएका थिए भने कूल १६६ मत खसेको थियो।

विजयी भएका अध्यक्ष बाबुराम श्रेष्ठलगायत सबै सदस्यहरुलाई संघका निवर्तमान कार्यबाहक अध्यक्ष चन्दनबाबु खत्रीले खादा लगाएर सफल कार्यकालको शुभकामना दिएका छन्। विजयीहरुको सपथ ग्रहण कार्यक्रम आइतबार हुनेछ।

प्रकाशित २२ पुस २०७४, शनिबार | 2018-01-06 21:25:13


author photo

प्रशन्न पोखरेल गोरखास्थित पत्रकार हुन्


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • चुडामणि उप्रेती ‘गोरे’

    मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतमा राख्न गोरेको माग

    सुन काण्डका मुख्य नाइके चूणामणि उप्रेती ‘गोरे’ले मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतम बस्न माग गरेका छन्। बुधबार जिल्ला अदालत मोरङमा बयान...

  • रेलमार्गको नक्सा अध्ययन गर्दै नेपाली तथा चिनिया अधिकारीहरु

    रेलमार्ग खोज्दै नेपाली-चिनियाँ अधिकारी काठमाडौंदेखि केरुङसम्म

    केरुङ-काठमाडौं रेलमार्ग त्यति छिट्टै निर्माण हुने सम्भावना चाहिँ छैन, जति राजनीतिक बृत्तमा चर्चा हुने गरेको छ। जस्तो कि, अहिलेको टोली पूर्व...

  • दरबारमार्ग सामूहिक बलात्कार प्रकरणका अभियुक्त शैलेश कार्की

    दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, नेकपा नेतापुत्र फरार

    दरबारमार्ग सामुहिक बलात्कार काण्डका मुख्य आरोपी शैलेस कार्की पूर्पक्षका लागि जेल चलान भएका छन्।

  • प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

    नेपालका मन्त्री सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला?

    नेपाल सरकारका मन्त्रीहरु सुनका पारखी देखिएका छन्। मन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग रहेकाे छ।