कहाँ पुग्यो बूढीगण्डकीको मुआब्जा वितरण?




तस्बिरः सिउरेनीटारस्थित बूढीगण्डकी आयोजनाको कार्यालयमा मुआब्जा माग गर्दै निवेदन पेश गर्न आएका गोरखा र धादिङका बूढीगण्डकी प्रभावित।
तस्बिरः सिउरेनीटारस्थित बूढीगण्डकी आयोजनाको कार्यालयमा मुआब्जा माग गर्दै निवेदन पेश गर्न आएका गोरखा र धादिङका बूढीगण्डकी प्रभावित।

गोरखाको घ्याल्चोकस्थित सिउरेनीटारमा अस्थायी प्रकृतिको दुई वटा भवनमा बूढीगण्डकी जलविद्युत् आयोजनाको केन्द्रीय कार्यालय संचालनमा छ। दिनहुँजसो यहाँ मानिसको भीडभाड देखिन्छ।

NIC ASIA

१२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा पानीको सतहले डुबाउने गोरखाका १४ र धादिङका १३ गाविसभित्र बसोबास गर्ने बासिन्दाहरु सक्कल जग्गा धनीपूर्जा, नागरिकता, डुवान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा माग गरिएको निवेदन र फोटो बोकेर आयोजनाको कार्यालयमा पेश गर्न पालो कुरेर बसेका छन्।

स्थानीय बासिन्दाले सजिलै आफ्नो थातथलो छाड्न मान्दैनन्, मुआब्जा बितरणमा ढिलाइ हुन्छ भन्नेजस्ता अनुमानकाबीच सिंगो देश लोडसेडिङमुक्त बनाउने प्रण बोकेका बूढीगण्डकी प्रभावितहरुले ६० हजार रोपनी खेतीयोग्य जमिन आयोजनालाई दिन आतुर छन्। जग्गा दिएरे मुआब्जाको रकम पाए पनि उनीहरुको पुर्नबासको कुनै टुंगो लागेको छैन।

गोरखा सिम्जुङकी चन्द्रमाया गुरुङ, सुकमाया गुरुङ, बुंकोटका काशीनाथ अम्गाइँ र गोरखा बजारका ब्यापारी शीतलकाजी मास्के पनि अरु प्रभावितजस्तै आफ्नो नाउँमा फुजेलमा भएको जग्गाको मुआब्जा माग गर्न निवेदनसहित बूढीगण्डकीको कार्यालय पुगेर फर्किएपछि आयोजना समयमै बिनाअबरोध निर्माण गर्नुपर्नेमा देखिए। आयोजनाको प्रभावित क्षेत्रबाहेक अन्यत्रका ब्यक्तिले आयोजना निर्माण क्षेत्रमा जग्गा खरिद गरेको भए कम मुआब्जा दिनेगरी नियम बनाइएको छ।

सुकमाया भन्छिन्, ‘बिजुली निकाल्न जग्गा दिएको हुँ । मूल्याङ्कनअनुसार जग्गाको मुआब्जा लिन्छु। पैसा कमाउन होइन, रोजगारी तथा सेयर सदस्य बन्न फुजेलमा जग्गा किनेको थिएँ तर स्थानीय बासिन्दाले भन्दा कम मुआब्जा पाइने भयो, त्यसैमा दुःख लाग्छ।’ तर सिंगो देश उज्यालो बनाउन आयोजना निर्माण गर्नुपर्नेमा जोड दिँदै मास्के भन्छन्, ‘जग्गा डुवाएर भएपनि देशलाई लोडसेडिङमुक्त बनाउने हो।’ आयोजना समयमै पूरा गर्नका लागि विभिन्न प्रकृतिका भ्रमहरु हटाउनुपर्ने भन्दै मास्केले पुर्नवासको योजना अघि बढाउनुपर्ने बताए।

यो आयोजना निर्माण हुँदा सबै जग्गा डुवान क्षेत्रमा पर्ने प्रभावितलाई आयोजनाभन्दा माथिल्लो भूगोल वा गोरखा सदरमुकाम तथा चितवन कहाँ पुर्नस्थापना गर्ने भन्नेबारे आयोजनाले कुनै योजना नबनाएको छैन।

मुआब्जा माग्दै निवेदन दिनेको घुइँचो

मुआब्जा रकम माग गर्दै अहिलेसम्म गोरखाको फुजेल र धादिङको चैनपुरका गरी १७ सय जना प्रभावितहरुले निवेदन बुझाइसकेका छन्। दोस्रो चरणमा गत मंसिर २ गते सूचना जारी गरेका गोरखातर्फका फुजेल, नाम्जुङ र बुंकोटका साथै धादिङतर्फ गत मंसिर ३ गते सूचना जारी गरेका चैनपुर र ज्यामरुङका प्रभावितले अहिले धमाधम मुआब्जा माग गर्दै आयोजनामा निवेदन दिएका छन्।

समयतालीका अनुसार निवेदन दिने समय माघ २० गतेसम्म तोकिएको छ। त्यसभन्दा पछि बुझाएका निवेदनहरु पनि लिइने आयोजनाले जनाएको छ। नाम निस्किएका प्रभावितहरुले मुआब्जा माग गर्दै पेश गरेका निवेदन, लालपूर्जाहरु मालपोत कार्यालय, नापी कार्यालयमा पठाएर दाखिला खारेज गरेपछि सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयमा फाइलहरु पु¥याइन्छ र जग्गाधनीको नाममा बैंक खातामा रकम जान्छ।

पहिलो चरणमा गोरखाको घ्याल्चोक, दर्बुङ र भुम्लिचोकका नौ सय जनाले र धादिङतर्फका सलाङ, मैदी र खरीका एघार सय जनाले मुआब्जा रकम लिइसके। छुटेका प्रभावितहरुले मुआब्जा माग्दै निवेदन दिएका छन् भने उनीहरुलाई यो साताभित्रमा मुआब्जा दिइन्छ।

चार अर्ब ४४ करोड बाँडियो

आयोजनाले गोरखा र धादिङका बूढीगण्डकी प्रभावितलाई अहिलेसम्म चार अर्ब ४४ करोड रुपैंया मुआब्जा बाँडिसकेको छ। आयोजनाका उपसचिव माधवप्रसाद अधिकारीका अनुसार गोरखाको घ्याल्चोक, भुम्लिचोक र दर्बुङमा गरी नौ सय जनालाई दुई अर्ब १४ करोड रुपैँया र धादिङका सलाङ, मैदी र खरीका एघार सय जनालाई दुई अर्ब ३० करोड रुपैँया जग्गा धनीको बैंक खातामा मुआब्जा रकम पठाइएको हो।

आयोजनासँग अझै दश अर्ब ५६ करोड बजेट 

आयोजनामा १० अर्ब ५६ करोड रुपैंया बजेट मौजाद छ। गोरखातर्फका फुजेल, नाम्जुङ, बुंकोट र धादिङतर्फका चैनपुर र ज्यामरुङका बूढीगण्डकी प्रभावितहरुलाई मुआब्जा बितरण गर्ने आयोजनाको तयारी छ।

गोरखाको आरुघाट बजार र धादिङको खहरे बजारको मुआब्जा निर्धारण गर्न बाँकी छ। प्रति रोपनी जग्गा हेरेर पाँच लाख २५ हजारदेखि आठ लाख ३५ हजार रुपैंयासम्म दिने गरी अन्य क्षेत्रको मुआब्जा तोकिसकिएको छ।

प्रकाशित २२ पुस २०७४, शनिबार | 2018-01-06 15:46:36
Max TV
Max TV
Zen Travels

author photo

प्रशन्न पोखरेल गोरखास्थित पत्रकार हुन्


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।