अनुगमनपछि उपत्यकामा आठ वटा केवल टिभीको एनालग प्रविधिमा प्रतिबन्द



एनालग प्रविधि बन्द गर्दै अनुगमन टोली
एनालग प्रविधि बन्द गर्दै अनुगमन टोली

सूचना तथा सञ्चार मन्त्रालयको अनुगमन टोलीले बुधबार उपत्यकाका एनालग प्रविधिमा संचालन भएका ८ वटा केवल टिभीका कन्ट्रोल रुममा अनुगमन गरी उक्त प्रविधिमा प्रतिबन्ध लगाएको छ।

सूचना तथा सञ्चार मन्त्रालयले एनालग प्रविधिमा चलिरहेका सबै केवल टिभीहरुमा मंगलबारदेखि प्रतिबन्ध लगाएपछि बुधबार उपत्यकाका आठ वटा टिभीमा अनुगमन गरेको हो।

प्रतिबन्ध परेका केवल कम्पनीहरु डिजिटलमा रुपान्तरित भइसकेका तर, एनालग प्रविधिमा पनि संचालन भइरहेको बुधबारको अनुगमनमा भेटिएको थियो। ती ८ केवल टिभी कम्पनीहरुमा स्पेस टाइम नेटवर्क, स्काइ केवल, सुवीसु केवल, टिभी लिंक केवल, जाउलाखेल केवल, काठमाडौं केवल र सिइसी केवल लगायत रहेका छन्।

‘बुधबार मात्र उपत्यकाबाट प्रसारण भर्इरहेका ८ केवल टिभी कम्पनीको एनालग प्रविधिमा प्रसारण भइरहेका च्यानलमा प्रतिबन्ध लगाइको छ’, अनुगमन टोली संयोजक विष्णु कुमारी भट्टरार्इले नेपालखबरसँग भनिन्, ‘यो अनुगमन सकिएको छैन, कम्पनीले फेरी एनालग प्रविधि चलाएमा फेरी अनुगमन गरिने छ।’

सूचना तथा सञ्चार मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका केवल कम्पनीहरुलार्इ डिजिटलमा रूपान्तरण गर्ने उद्देश्यका साथ अनुगमन थालेको हो। गाउँपालिकामा आगामी वैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने समयसीमा तोकिएको छ।

सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन र प्रविधि ‘अपग्रेड’ मा ध्यान दिन आग्रह पनि गरेको छ।

नेपाल इन्टरनेशल टेलिकम्युनिकेसन युनियन (आइटीयू) को सदस्य राष्ट्र भएकाले आइटीयूले सन् २०१७ डिसेम्बरसम्म एनालग प्रविधि खारेज गर्न आफ्ना सदस्य राष्ट्रलाई निर्देशन दिएपछि सरकारलाई डिजिटलमा टेलिभिजन सञ्चालन गर्नुपर्ने बाध्यता छ।

मन्त्रालयले गत वैशाख १५ गतेबाट नै एनालग प्रविधिमा चलिरहेका केवल कम्पनीहरुलार्इ ‘अपग्रेड’ गरी एनालग प्रविधि बन्द गर्ने सूचना निकालेको थियो। तर, केवल ब्यवासयीले ‘अहिलेको समय उपयुक्त नभएको’ भन्दै विरोध गरेपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको थियो।

सरकारले २०७१ मंसिर २१ गतेदेखि नै एनालग प्रविधिबाट सञ्चालित केबल कम्पनीहरुलार्इ इजाजत दिन बन्द गरिसकेको थियो।

के भन्छन् केवल टिभी संचालक?

 

प्रकाशित २९ कार्तिक २०७४, बुधबार | 2017-11-15 18:01:07
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • इन्द्र थेगिम

    त्यो भेटमा भन्न नसकेको ‘यू आर माई भ्यालेन्टाईन’

    मतिर मायालु नजर फ्याँक्दै तिमी बोल्यौ, ‘रात परेपछि तिमीसँगै बसेर खाएको अरुले देख्यो भने मेरो घरमा बास हुन्न। बरु सर्ट ड्राईभमा कुरा गर्दै सहरलाई एक...

  • अख्तियार आयुक्त बन्न लोकमानको आडमा पाठकले चलाएको त्यो जादू

    तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको आडमा पाठकले अख्तियारको आयुक्त पद हत्याएका थिए। पाठकले कार्कीलाई त्यसअघि नै एउटा महत्वपूर्ण गुण लगाएका...

  • घूस खाने आयुक्तका बाँकी विकल्पः राजीनामा कि महाअभियोग

    घुस कान्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध माअभियोग प्रस्ताव दर्ताको तयारी सुरु भएको छ।

  • अख्तियार आयुक्त राजनारायण पाठक

    अख्तियार आयुक्त पाठकले ७८ लाख घूस लिएको खुलासा

    भ्रष्टचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठक आफैले ७८ लाख रुपैयाँ घूस लिएको खुलासा भएको छ।