सन् २०२१ बाट बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने



बुद्ध एयरले सन् २०२१ बाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जनाएको छ। बुद्ध एयरले पोखराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएलगत्तै त्यहीँबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएको हो।

अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक विमान किन्न बुद्ध एयरले युरोपेली विमान निर्माता कम्पनी एयरबससँग पनि छलफल अघि बढाएको छ।

‘अन्तर्राष्ट्रिय उडानका लागि हाम्रो व्यापारिक योजना तयार हुँदैछ,’ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने, ‘२०२१ को अगस्टबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने हाम्रो योजना छ।’

आफ्नो स्थापनाको दुई दशक पूरा गरेको बुद्ध एयरले ७२ सिट क्षमताको दुई ओटा एटिआर७२–५०० विमान किन्ने तयारी गरिरहेको जनाएको छ। अर्को वर्षको जुन महिनाभित्र दुई ओटै विमान भित्र्याइसक्ने सो एयरलाइन्सले जनाएको छ।

प्रकाशित २६ असोज २०७४, बिहिबार | 2017-10-12 16:40:28

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...