Exclusive

राष्ट्रपतिद्वारा हिमालयन ट्राभल मार्टको शुभारम्भ



पर्यटकका लागि नेपाल हिमालको प्रवेशद्वार हो भन्ने सन्देश विश्व पर्यटन बजारमा प्रवाह गर्ने उद्देश्यले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘हिमालयन ट्राभल मार्ट २०१७’ सम्मेलन सुरु भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल गेट वे टु दी हिमालय’ भन्ने मूल नाराका साथ आयोजित उक्त सम्मेलन शुभारम्भ शुक्रबार काठमाडौँमा गरिन। सम्मेलनलाई सम्बोधन राष्ट्रपति भण्डारीले नेपालको पर्यटनलाई विश्वसामु प्रवद्र्धन गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरिन।

पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले सम्मेलनले भूकम्पपछि पनि नेपाल पर्यटकका लागि सुरक्षित छ भन्ने सन्देश दिने बताइन। उनले नेपाल विश्वमा पर्यटकका लागि उत्तम आकर्षण स्थल रहेको उल्लेख गरिन।

कार्यक्रमका मुख्य वक्ता तथा एयर इन्डियाका प्रबन्ध निर्देशक अस्विनी लोहनीले नेपालको पर्यटन पूर्वाधार विकासका लागि सूचना प्रविधि, सुरक्षा एवम् विश्वलाई जोड्ने विषयमा विशेष ध्यान दिनुपर्ने बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आतिथ्यमा नेपाल पर्यटन बोर्ड मुख्य आयोजक र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर कार्यकारी आयोजक रहेको सम्मेलनमा स्वदेशी तथा विदेशी पर्यटन व्यवसायीको सहभागिता रहेको छ।

सम्मेलनमा विभिन्न ५३ देशका २५० जना प्रतिनिधि सहभागी रहेको आयोजकले जनाएको छ। यस सम्मेलनमा विश्वमा पर्यटनका क्षेत्रका क्रेता र बिक्रेताका विषयमा जानकारी आदानप्रदान गरिनेछ।

सम्मेलनमा पाटाका अध्यक्ष सारह म्याथुले नेपालमा सुरु भएको सम्मेलनले पर्यटन क्षेत्रमा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने भएकाले महत्वपूर्ण रहेको बताए। पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले नेपाललाई विश्वसामु उपयुक्त पर्यटकीय गन्तव्यस्थल हो भन्ने सन्देश दिन खोजिएको धारणा राखे। रासस

प्रकाशित १९ जेठ २०७४, शुक्रबार | 2017-06-02 22:59:14
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।