ब्लग

सरला गौतम

राजीनामा पर्दैन, लड गगन थापा भिड

हाम्रो सिंगो राज्य प्रणालीभित्र देखिएका, नदेखिएका धमिराहरुको जगजगी छ। बिस्तारै रेशमी किराहरु पस्नु पर्छ। धमिराहरुको हुलसँग एकैपटकमा विजय हासिल गर्न सकिन्न। लडिरहनु, गगन थापा। थिति बसाल्ने कोशिसमा लागिरहनु। राजीनामावाला सस्तो लोकप्रियता बेकार छ। गगन थापाले राजीनामा दिएर फेरि सडकमा आएर भाषण गर्ने?...

विज्ञान शर्मा

मात्र १५ हजार तिरेर चन्द्रागिरीमा दादागिरी किन?

त्यहाँ मानिसहरु कुन खाने कुरामा कति प्रतिशत बढी ठगिन्छन्, यो मेरो लागि कम चिन्ताको विषय हो। मेरो खास चासो चन्द्रागिरि हिल्सको एकाधिकारले देशले के पायो, नागरिकले के पाए भन्ने हो।

सन्जय घिमिरे

बेस्वादको अमेरिकी निर्वाचनमा हिलारी–ट्रम्पको अन्तिम जोडबल

पछिल्ला दिनमा गरिएका मत सर्भेक्षणहरुले श्पर्धा अझ ‘टफ’ बन्दै गैरहेको संकेत गरेका छन्। केही साता अघिसम्मका मत सर्भेक्षणहरुमा झण्डै दश प्रतिशतले अगाडी रहेकी हिलारी क्लिन्टनले पुरानो अन्तर गुमाउदै गइरहेकी छिन्। खासगरी, गोप्य सुचनाहरुले भरिएका इमेलहरुको प्रयोगका सम्बन्धमा एफबिआइले फेरि छानवीन शुरु...

शान्ति तामाङ

म तामाङको तिहार

भाइटीकाको अभ्यास भने तामाङ समुदाय र क्षेत्री-बाहुन समुदायबीच केही फरक छ। क्षेत्री–बाहुन समुदायले सप्तरङगी टीकाको साथमा रातो टिका लगाउँछन्। तर तामाङहरुले रातो टीका नलगाई सप्तरङ्गी टीका मात्र लगाउँछन्। सम्भवतः तामाङ समुदायमा रातोलाई नभई सेतो रङलाई पवित्र मान्ने गरिएकाले त्यस्तो भएको होला।

राजु स्याङ्तान

एकातिर भव्य गाईपूजा, अर्कोतिर चिसो काराबास

एक साताअघि एउटा समाचार आयो– गाईको बाच्छी काटेको अभियोगमा बागलुङका इन्द्रबहादुर नेपाली र सकस विश्वकर्मालाई सर्वोच्च अदालतले १२ वर्ष कैद फैसला सुनायो। एकाध सञ्चारमाध्यमको ‘टुहुरे खबर’बाहेक यो विषय दुनियाँले सुन्ने गरी ‘पब्लिक इन्टेलेक्चुअल’को चासो वा बहसमा परेन। तर, त्यसको केही दिनमै देशले ‘धुमधाम...

चन्द्रलाल गिरी

मुखर्जी किन नजाने भए लुम्बिनी?

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण अन्तिम समयमा आएर रद्द भएको छ। कार्तिक १७ देखि तीन दिने नेपाल भ्रमणमा आउन लागेका मुखर्जीले जनकपुर र पोखराको मात्रै भ्रमण गर्ने कार्यतालिका बनेको छ।

नारायणी देवकोटा

मुगुका महिलाले सोधे, तुमी पुन छोट्टी खेल्न्या हौ?

छोट्टी बस्ने गैरयौनजन्य र छोट्टी खेल्ने यौनजन्य क्रियाकलाप। साथीसाथीमा उक्त विषयमा पहिले नै कुरा हुने रहेछ बस्ने कि खेल्ने भनेर। पहिले नै सल्लाह भए अनुसार चार-पाँच युवती र चार-पाँच युवा अलि सुनसान ठाउँको गोठमा भेला हुने रहेछन्। त्यसरी भेला हुनेमा विवाहित महिलाले आफ्ना बाल्यकालका साथी बहिनी, भतिजी...

लक्ष्मण गाम्नागे

सुवास नेम्वाङले हामीलाई नै व्यङ्ग्य गर्दै भन्नुभो- गोरु ब्यायो हेर्नुस् त!

१९ बर्ष त सिस्नुपानीको नाउँमा देउसी खेलियो। हरेक वर्ष देउसीको तयारी गर्दा हामीलाई लागेको कुरा के हो भने, वर्षभरिका विभिन्न घटनाक्रमका बारेमा राम्ररी अध्ययन र त्यसबारे सूचना सङ्कलन गरिएन भने, त्यो देउसी झुर हुन्छ।

राजाराम केसी

कम्प्युटरले होइन, मस्तिष्कले बनाउने हो डिजिटल पेन्टिङ

हेक्का राख्नु पर्ने कुरा के छ भने, डिजिटल पेन्टिङ कम्प्युटरको माध्यमबाट सिर्जना गरिने कला त हो तर कम्प्युटरद्वारा स्वसिर्जित कला भने होइन। परम्परागत कलाकारितामा जस्तै यसमा पनि चित्रकारले परम्परागत माध्यम जस्तै पेन्सिल वा चारकोलद्वारा स्केच गरि आयल कलर, एक्रिलिक कलर, वाटर कलार, पेस्टल्स, गउच आदि...

एकला चलो

साँझ ढल्दै गर्दा होस् वा शारदीय मधुरो घाममा होस् वा हिउँदको मध्य दिन, फुर्सद मिल्यो भने पैदल हिँडेर थुप्रै बाटा छिचोल्थ्यौं म र शैलेस सर। काँकरभिट्टामा सम्भवत हामीले त्यसरी गफ गर्दै नहिँडेका बाटा कुनै छैनन्। लगभग पाँच वर्षजति लगातार पैदल हिँड्यौं। कहिलेकाहीँ सोच्छु, कति किलोमिटर छिचोलियो होला ती...

ओम बम मल्ल

शब्द र चित्रमा त्यो मुस्ताङ-यात्रा

दीपेश १८ वर्ष र खनुमाया १७ वर्षमा भागेर बिहे गरेका रहेछन्। आफूभन्दा माथि दाजु र दिदी भएकोले बिहे गर्ने पालो छिटै नआउने भएर भाग्नु परेको सुनाउँदै थिए दीपेश।

सन्जय घिमिरे

फेरि लयमा फर्कियोस् नेपाल

दशैँमा टाढाको शुभकामना लाग्छ भने, नेपाल आफ्नो लयमा फर्किएको फेरि देख्न पाइयोस्। यही शुभकामना! विकास र परिवर्तन त शरीरका लागि मात्र हुन्, आत्माले त अन्ततः अरु थोकै माग्दोरहेछ।

प्रशन्न पोखरेल

क्या बात्! एनजिओ, आइएनजिओ

‘मेरो दैनिकी तिम्रा हरेक समाचारलाई अंग्रेजीमा रुपान्तरण गर्दै डोनरलाई इमेल लेख्दैमा बित्ने गरेको छ,’ सिआरएस नामक आइएनजिओमा प्रमुखको जिम्मेवारी सम्हालेकी स्निग्धा चक्रवर्तीले छोटो कुराकानीको क्रममा भनिन्, ‘प्रकाशित समाचारले मलाई मात्र होइन, सिंगो आइएनजिओलाई सही मार्ग देखायो।’

लक्ष्मी लम्साल

बेइजिङमा दशैँ सम्झना

मेक्सिकोमा संसारमै सबैभन्दा थोरै सार्वजनिक विदा एक हप्ता हुन्छ। चीनमा वर्षमा जम्मा ११ दिन विदा दिइन्छ। अति कम विकसित नेपालमा भने झण्डै १०० दिन विदा हुन्छ भने मैले न्यास्रो मान्नुपर्ने कुनै कारण छ र !

अनिता प्रधान

हिलारीमा अल्झेका छन् हाम्रा आँखा

सन् १९९५ को अप्रिल महिनामा हिलारी क्लिन्टन र उनकी छोरी चेल्सी नेपाल उत्रिए। प्रथम अमेरिकी महिलाको हैसियतमा हिलारी नेपाल भ्रमणमा आउँदाको सम्झना अझै ताजा छ। तत्कालीन महारानी ऐश्वर्य र अधिराजकुमारी श्रुतिले विमानस्थलमा हिलारी र चेल्सीको स्वागत गरेका थिए।

सरला गौतम

हामी एक–अर्काका लागि हौं, आऊ विपतमा काँध थापौं!

अस्ति निकै रोयो आकाश। झरी भनेपछि सँधै रमाइलो मान्ने मन रमाएन। एकतमासले उदासी छायो। हामीसँग आपतहरूको कमी छैन, ए झरी! थप केही सुन्न नपरोस् भनिरह्यो। भनेजस्तो भएन। सुनिन थालियो विपतका कुरा। दुःखका कुरा।

सरला गौतम

सुखी बनाऊँ हाम्रो संसार, क्रान्ति गर्ने समय छैन

केही दिनअघि अग्रज पत्रकार नारायण वाग्ले दाइसँग काठमाडौँमा पैदलयात्रा गर्ने मौका मिल्यो। कुराकानीकै क्रममा दाइले सोध्नुभयो, ‘अनि सरला, बिहा गर्ने, परिवार बसाउने सोच के छ ?’ मैले भनेँ ‘मानव हुँ मानव जीवनको सम्पूर्ण आयाम भोगेर मर्ने हो दाइ।’

प्रियंवदा पौड्याल

साथी, तीजको सम्झना र एक पल

बाह्रैमास परिराख्ने झरीलाई छिचोल्दै जसोतसो समयमै अफिस पुगेँ। कोठामा पुग्दा थाहा पाएँ, उसले कफीको लागि मलाई कुरिरहेकी रहिछ। उसो त म कफीको त्यति सौखिन हैन तर उसको संगतले म पनि कफी पारखी भएकी छु।

दीपेन्द्र बज्राचार्य

एक 'थाङ्गला' अनुभूति

तिबेतियनहरु भौतिक सुरक्षा, राजनैतिक शरण, धर्म र संस्कृतिको रक्षालगायतका कारण काठमाडौं आउँथे। यता आउँदा उनीहरुसँगै चलन, परम्परा र भाषा अर्थात् संस्कृति पनि आयो। उनीहरु डेरामा बस्थे।

नारायणी देवकोटा

समाजमा आँसुका बाछिटाको अर्थ

'समाजशास्त्रीहरू समाजका दुख्ख देखेर रुँदैनन्' भनेर दुई हप्ता अगाडि एमएका विधार्थीलाई पढाएका चैतन्य मिश्रलाई 'कहर'को विमोचनमा राम्ररी बोल्न पनि सकस पर्‍यो। कार्यक्रम सकिएपछि हामी (चैतन्य सरका पछिल्ला एमए विधार्थी)ले 'सर किताब पढेर निकै भावुक हुनु भएछ' भनेर कुरा गर्‍यौँ।

प्रजय शुक्ल

मेरो देशमा एभरेस्ट छ कि सगरमाथा?

साथीभाइसँगको छोटो भेटघाटपछि म घर फर्कन मात्र के लागेको थिएँ, मुसलधारे पानीले चुट्न थाल्यो। हिँडेरै घर पुग्ने सोच थियो तर ट्याक्सी नलिई सुखै भएन।

सरला गौतम

गाउँलाई लेखिएको एक लभलेटर

हामीले हिडेको गाँउमा पनि जताततै देखिन्नथे चामलका लाइन मात्र। हुँदैनथे छाउपडी गोठ लस्करै। गाँउ बाँचिरहेको हुन्थ्यो एउटा स्वभाविक जीवन। त्यसैले सिनेमामा संसारको भूगोलको कुनै एउटा गाँउ आफ्नै पारामा बोल्दै थियो नबोलेर सिनेमाको भाका। हिमालका लस्करहरू होइन, चियाका पसलहरू आँउथे। आँउथ्यो कतै बार्दली...

सन्जय घिमिरे

विनोद चौधरीकी श्रीमती सारिका भन्दै थिइन्, फेसबुकमै केही लेखौँ–लेखौँ लाग्छ

कहिलेकाहीं नेपालबाट पत्रकार मित्रहरू भन्छन्– टाढा बसेर नेपालबारे के लेखिरहेको? उनीहरूलाई जवाफ फर्काऊँ जस्तो लाग्छ– मेरो लागि नेपाल, हिन्दीका चर्चित गायक तलत मेहमुदले बनाउन खोजेको तर बन्न नसकिरहेको प्रेमिकाको तस्वीर जस्तै होः ‘तस्बिर बनाता हुँ, तस्बिर नहीं बनती...!’

सन्जय घिमिरे

भारतलाई सोधे हुन्थ्यो– निर जैले रिसाउनी ... ?

परम्परालाई पछ्याउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदै हुनुहुन्छ। भ्रमणपछि सदा झै भनिनेछ,‘भ्रमण अत्यन्त्य सफल रह्यो,’ र, यो भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको छ।’

नरेन्द्र श्रेष्ठ

हृदयको लेन्स जी–२० मा

फोटो पत्रकारिता मेरा लागि खुशीको पर्याय हो। एक हिसाबले स्वान्त सुखायको उपक्रम। र, अर्को हिसाबले म साँचो पेशाकर्मी हुनुको साँचै मूल्य। चाहे म जी–२० का लागि चीनको हान्जाउको त्यो भव्यतामा संसारकै शक्तिशाली नेतालाई क्यामेरा ताकिरहेको हुँ या अष्ट्रेलियन ओपन चल्दै गर्दाको मैदानी आँखी–झ्याल ढुकिरहेको, म...

सरला गौतम

कि हुनेले डुल्छ दिल्ली, कि नहुनेले

उनले डायलग मारे ‘जिना हे तो पिछे हट्, मर्ना हे तो आगे!’ अनि? ‘त्यो गुन्डा पछिपछि हट्यो रे। गोर्खालीको छोरा पो त बहिनी।’ उनका आँखा बिजुली जस्ता भए। त्यसपछि? ‘साला सब डराए। गुन्डा उचाल्ने चौकीका पुलिस पनि थरररर।’

गणेश पाण्डे

सडक–बृद्धको एउटा उद्धार डायरी

हामीले उनलाई बोलायौं, ‘ए बा तपाईंको घर कहाँ हो?’ फोहोरको थुप्रो नजिकै लडिरहेका ती बृद्धले आँखाका ढकनी हल्लाउँदै हामीलाई पुर्लुक्क हेरे। फेरि सोध्यौं, ‘किन यसरी लडिरहनु भएको?’ उनले टाउको हल्लाए, केही बोलेनन्। निर्निमेष हामीलाई मात्र हेरिरहे। उनका ओठमा पाप्रा जमेका थिए। ओठ चलमलाउन खोज्दा कँलेठी...

सविता आचार्य

रेडियोमा कन्डमको कुरा गर्दा घरमा आमाको गाली

यस्तै–यस्तै छन् रेडियो यात्रामा समेटिएका अनुभव। कतिले आफूलाई एकदमै आनन्द दिन्छन् भने कतिले पीडा। रेडियोभित्र फुपूलाई सास फेर्न गाह्रो भयो बुबा भनेर रेडियो सेट फुटाउन खोज्ने सानो मेरो भाईदेखि लिएर फिल्डमा जाँदा भगवान् ठान्ने मेरा स्रोताको मायाप्रति सधैँ कृतज्ञ छु।

सन्जय घिमिरे

सगरमाथा चढ्दै ‘हिलारी’

न्युजिल्यान्डका ती हिलारी, सन् १९५३ मे, मा विश्वको सर्वोच्च शिखर सगरमाथा चढदै थिए। अमेरिकाकी यी हिलारी, सन् २०१६ को नोभेम्बरमा विश्वको उस्तै अग्लो ‘राजनीतिक सगरमाथा’ चढ्ने तरखरमा छिन्।

-

एक नाथे ..*


ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?