गणतन्त्रको विषयमा नरहरि आचार्यसँग झगडा परिरहन्थ्यो




शारदा शर्मा
शारदा शर्मा

मैले गणतन्त्रबारे नबोल भनेपनि उसले बोल्न छाडेन। अर्कोतर्फ मेरो बुबा भन्नुहुन्थ्यो, ‘कमसेकम सांस्कृतिक एकताका लागि राजा चाहिन्छ। राजालाई अहिल्यै फालिहाल्नु हुन्न।’

कांग्रेसमा गणतन्त्रको विषय उठाउँदा उहाँ (नरहरि आचार्य) को निकै विरोध भएको थियो। पार्टीले समेत बेलाबेलामा उहाँलाई स्पष्टिकरण सोधिरहन्थ्यो।

म छक्क पर्थें र सोच्थेँ, ‘ए, बाबा कस्तो मान्छेसँग विवाह भएछ मेरो।’

प्रजातन्त्र नआउँदै पनि ऊ सधैँ स्पष्टिकरण नै बोकेर आउँथ्यो विश्वविद्यालयतिरबाट। र, आफ्नै पार्टीको हालिमुहाली रहेको बेला पनि पार्टीले उसँग स्पष्टिकरण नै लिइरहेको छ भन्ने लाग्थ्यो।

उसले गणतन्त्र र संविधानको कुरा गर्दा मैले सुरु–सुरुमा त्यति बुझिनँ पनि। गणतन्त्र भनेको के हो भन्ने विषयमा हाम्रो छलफल हुन्थ्यो, विवाद पनि हुन्थ्यो। कहिलेकाहीँ म ‘यस्ता विवादका कुरा नगर’ भन्थें। कहिलेकाहीँ झगडा पनि गर्थें। किनभने, उसले यस्ता कुरा उठाउँदा चारैतिरबाट विरोध हुन्थ्यो र मलाई दुःख लाग्थ्यो।

मैले गणतन्त्रको बारेमा नबोल भनेपनि उसले बोल्न छाडेन।

ऊ के भन्थ्यो भने, ‘राजतन्त्र र प्रजातन्त्र सँगसँगै लैजान हामीले धेरै प्रयास गर्यौं। तर, यही तानातानमा अगाडि बढ्न सकेन, सक्दैन। त्यसैले, अब गणतन्त्र चाहिन्छ।’

अर्कोतर्फ मेरो बुबा (महेश्वर शर्मा) भन्नुहुन्थ्यो, ‘कमसेकम सांस्कृतिक एकताका लागि त राजा चाहिन्छ। राजालाई अहिल्यै फालिहाल्नु हुन्न।’

बुबाको कुरा पनि मलाई ठीकै लाग्थ्यो। त्यसैले, गणतन्त्रको विषयमा म जहिल्यै अलमलिन्थेँ। गणतन्त्र, संविधानसभाको कुरा सुन्दा असहज लाग्थ्यो।

त्यसपछि धेरै घटनाहरु घटे, मुलुकको जीवनमा र हाम्रो जीवनमा पनि। राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिँदा म दिल्लीमा थिएँ, त्यहीँ बसेर काम गर्थें। नरहरिजी काठमाडौँमै हुनुहुन्थ्यो र उहाँ हराउनु भएको थियो। म उहाँलाई खोज्न नेपाल आएँ। तर, भेटिनँ। एक हप्तासम्म त के भएको छ नेपालमा भन्ने नै थाहा भएन। उहाँलाई खोज्न मलाई हैरान नै भयो।

पछि थाहा भयो, उहाँ समातिनुभएको रहेछ। हलचोक प्रहरी चौकीमा लगेको छ भन्ने जानकारी आयो।

म उहाँलाई खोज्न त्यहाँ जाँदा प्रहरीले भन्यो, ‘ल्याउन त ल्याएको थियो। तर, यहाँबाट कहाँ लग्यो, हामीलाई जानकारी नै भएन।’

त्यसपछि म ककनी गएँ। अनेकतिर खोज्दा खोज्दै मैले उहाँलाई बल्लतल्ल भेटेँ। यसरी विचार व्यक्त गरेकै आधारमा राज्यले नागरिकलाई समाएर बेपत्ता बनाउन खोजेको अवस्था थियो त्यतिबेला। अहिले त्यो परिस्थिति र मर्मलाई कतिपयले नबुझ्न पनि सक्छन्।

यतिबेला नेपालमा गणतन्त्र आएको छ। गणतन्त्र भनेको मुलुकमा जनताको पद्धति सर्वोच्चता हुनु हो भन्ने मैले बुझेकी हुँ। तर, कतिपय साथीबाट ‘गणतन्त्र आएपछि झन् अस्तव्यस्त भएको छ, देशमा यो सही होइन रहेछ’ भन्दै विरोधका स्वरहरु पनि सुनेकी छु मैले।

तर, यो कुरा म बुझ्दिन। किनभने, आफू सर्वोच्च रहने स्थिति त राम्रो हो। तर, गणतन्त्रलाई जसले राम्ररी चलाउन सकेका छैनन्, विरोध त उनीहरुको गर्नुपर्ने हो। आजको समयमा जे भए पनि गणतन्त्रको विकल्प यो भन्दा अझ उन्नत र अझ सुधारिएको गणतन्त्र मात्र हो। निरंकुशता र तानाशाही प्रबृत्ति अब हामीलाई आवश्यक छैन।

पुस्तक विमोचन गरिँदै

पुस्तक विमोचन गरिँदै

यी त पृष्ठभूमिका कुरा भए। पुस्तकको कुरा गर्दा यो पुस्तक (गणतन्त्रको यात्राः बन्दी बृत्तान्त) उहाँ राजबन्दी रहेको अवस्थामा दिनहुँ लेखेका टिपोट अथवा विवरण हो। जसमा पारिवारिक पृष्ठभूमिका कुराहरु पनि आएका छन्। म पनि एउटा पात्र छु।

खुसीको कुरा के भने नरहरिजीले सकारात्मक कुरामात्र पुस्तकमा लेख्नुभएको छ। म त्यतिखेर उहाँसँग नभएकाले पनि हुनसक्छ। किनकी, पुरुषहरुले पत्नीको महत्व आफूलाई आवश्यक पर्दा ऊ आफूसँग नभएको बेला नै बोध गर्ने हुन् कि भन्ने पनि होला।

पुस्तक निकाल्ने बेला पनि मैले केही समययता नरहरिजीको जागरुकता हेरिरहेकी छु। पुस्तकको पाण्डुलिपी खोज्ने, त्यसलाई टाइप गर्ने आदिमा उहाँ निकै सक्रिय हुनुभयो। अनि पुस्तकलाई २ पटकसम्म आफैले सम्पादन गर्नुभयो। यो सब देख्दा मलाई निकै खुसी लागेको छ ।

(नरहरि आचार्यको पुस्तक ‘गणतन्त्रको यात्राः बन्दी बृत्तान्त’ विमोचन क्रममा बुधबार आचार्यपत्नी शारदाले दिएको सम्बोधन)

प्रकाशित १८ बैशाख २०७६, बुधबार | 2019-05-01 19:19:22
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...