विध्वंसात्मक त्यो बिपत ‘टोर्नेडो’ भएको कसरी पुष्टि भयो?



Kshamadevi Group


तस्विरमा विध्वस गरेको एउटा बाटो देखियो। त्यो सानोतिनो बादलले बनाउने बाटो थिएन। शुरुमा हेर्दा २८ किलोमिटर जतिको बाटो देखियो।

सुरुमा बारा र पर्साको त्यो हुरी सामान्य नै होला भन्ने लागेको थियो। तर पछि ठूलो जनधनको क्षति भएको समाचार आउन थाले। वातावरण विज्ञानको विद्यार्थीले यी सबै विषय अध्ययन गर्नुपर्ने हुन्छ। मौसम, जलवायुको विषयमा अझ चासो हुन्छ।

भोलिपल्ट सञ्चार माध्यम र सामाजिक सञ्जालहरु फेसबुक र ट्विटरमा घटनाका क्षति तथा असरका विवरण आए। कसै कसैले प्रभावित क्षेत्रमा परेका मानिसहरुको अनुभव पोष्ट गरे।

ती तस्वीरहरुले सो हुरी सामान्य होइन भन्ने संकेत गरेको थियो।

शुरुमा प्रदेश २ का प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले भिडियोसहितको ट्विट गरेका थिए। त्यो ट्विट पोष्टमा सबैभन्दा महत्वपूर्ण विषय समावेश थियो। ‘आकाशमा रहेको बादलमा सुरुङ देखियो। त्यो फनफनी घुमेको थियो। जे भेट्थ्यो माथितिर उडाएर लैजान्थ्यो’, भिडियोमा एक प्रभावित भनेका थिए। उनले भिडियोमा नजिकै रहेको घरलाई केही गरेन तर अर्कोतर्फका घरलाई क्षति पुर्‍यायो भनेका थिए।

घटनास्थलबाट प्राप्त गरेका तस्वीरसहितका सामग्री अध्ययन गरेपछि चैत १८ गते दिउँसो हामी यो सामान्य हावाहुरी होइन, ‘टोर्नेडो’ नै हो भन्ने निष्कर्षमा पुग्यौं। अनुसन्धान अघि यो नै हाम्रो ‘हाइपोथेसिस’ रह्यो। त्यसपछि सोसल मिडियामा आएका सामग्रीमार्फत अध्ययन थाल्यौं। फेसबुक, ट्विटरमा आएका जानकारी व्यवस्थित रुपमा संकलन गर्न आर भन्ने प्रोग्रामिङ सफ्टवेयरको उपयोग गर्‍यौं।

घरको छत उडाएर ८० मिटर टाढा पुर्‍यायो

घरको छत उडाएर ८० मिटर टाढा पुर्‍यायो

आर सफ्टवेयरमा ‘कि वर्ड’ राखेर फेसबुक र ट्विटरमा आएका सामग्री व्यवस्थित रुपमा संकलन गर्न सकिन्छ। कुन कुन ठाउँमा क्षति भएको हो भनेर पनि अनुसन्धान थाल्यौं। फेसबुक, ट्विटरमा मानिसहरुले कुन कुन ठाउँमा क्षति भएको छ भनेर लेखका थिए। राहत आवश्यक रहेको उल्लेख गरेका थिए।

लोकेसन अन भएका मोबाइलहरुले ट्विट गरेको स्थान देखाउँछ। यसले पनि कुन स्थानमा बढी क्षति भएको छ, कुन ठाउँबाट सामग्री पोष्ट भएको भन्ने थाहा भयो। ती सूचनाहरुलाई सबैभन्दा पहिला गुगल म्यापमा राख्दै गयौं। हावाहुरीले कुनै विशेष क्षेत्र बनाएर असर गर्छ। सामान्य हावाहुरीले असर गर्दा वृत्तआकार वा आयातकार स्वरुपमा गर्छ। प्रारम्भिक अनुसन्धानले गाउँमा पूरै क्षति नगरी लाइनमा क्षति गरेको देखियो।

हो, यो नै ‘टोर्नेडो’को एउटा विशेषता थियो। यसरी ‘टोर्नेडो’ले मात्र क्षति गर्छ। क्लाउड ब्रस्ट पनि गर्छ तर त्यहाँ यो भएको थिएन।

‘टोर्नेडो’ हो कि होइन भनेर थप अध्ययन जारी थियो। अझ ठोस रुपमा यही हो भन्ने प्रमाण खोज्न हाम्रो अध्ययन केन्द्रित भयो। त्यसको अर्को विधि भूउपग्रहबाट प्राप्त तस्वीरको अध्ययन थियो। भूउपग्रहबाट लिएका तस्विरहरुले ‘टोर्नेडो’ कताबाट आयो र कता गयो भन्ने स्पष्ट देखाउन सक्छन्। कतिपय भूउपग्रहहरुले नियमित रुपमा तस्विर खिचिरहेका हुन्छन्। भूउपग्रहबाट खिचेका तस्विर बेच्ने विभिन्न एजेन्सीहरु पनि छन्, कतिपयले अनुसन्धानका लागि निःशुल्क पनि उपलब्ध गराउँछन्। हामीले सुरुमा निःशुल्कको विकल्प छान्यौं। कुन भूउपग्रहले सबैभन्दा राम्रो इमेज दिन सक्छ भनेर पनि अनुसन्धान गर्‍यौं। युरोपेली स्पेस एजेन्सीले छाडेको सेन्टिनेल एउटा विकल्प थियो।

वृत्त आकार बनाएर ढलेका रूखहरू

वृत्त आकार बनाएर ढलेका रूखहरू

त्यसले दश मिटर रिजोलुसन भएको तस्वीर दिने रहेछ। त्यो तस्विरबाट दश मिटरसम्मका कुनै पनि वस्तुलाई देख्न सक्छ। सो क्षेत्रको आकाशमाथिबाट सो भूउपग्रह ४ दिन अघि गएको रहेछ। तर उनीहरुको सर्भरमा त्यो इमेज राखेको रहनेछ प्रोसेसिङमा समय लाग्ने देखियो। केही समय कुर्नुपर्ने भयो।

बारा र पर्साबाट गएका हाम्रा साथीहरुले फोटो र भिडियोहरु पठाइरहेका थिए। चैत १८ पछि भाइबर र इमेलमा छुट्टाछुट्टै दुई ग्रुप बनायौं। यी ग्रुपले जल तथा मौसम विज्ञान विभागका वैज्ञानिक (पहिला काम गरेकासहित), हाल विश्वविद्यालयमा जल तथा मौसम विज्ञान पढाउँदै गरेका सरहरुलाई एकै ठाउँमा जोड्ने काम गर्‍यो। स्थलगत रुपमा आएका तस्विरसहितका सामग्रीमाथि तिनै ग्रुपमार्फत वैज्ञानिक धारणा लिन थाल्यौं।

सो दिनसम्म सरकारी एवं स्वतन्त्र वैज्ञानिकहरुले पनि बारा र पर्साको त्यो विध्वंसात्मक आँधी कस्तो हो? के हाे भनेर कसैले भन्न सकेका थिएनन्।

चैत २० गते राति ११ बजेतिर भूउपग्रह इमेज प्राप्त भयो। चैत १३ र चैत १८ को इमेज दाँजेर अध्ययन गर्‍यौं। तस्विरमा विध्वस गरेको एउटा बाटो देखियो। त्यो सानोतिनो बादलले बनाउने बाटो थिएन। शुरुमा हेर्दा २८ किलोमिटर जतिको बाटो देखियो। भूउपग्रह इमेजले स्पष्ट रुपमा फेटा आँधी ‘टोर्नेडो’ नै रहेको प्रमाणित गर्‍यो।

हामीले यसको ‘क्रस भेरिफिकेसन’ पनि गर्‍यौं। पहिला गुगल म्यापमा राखेका तथ्यहरुलाई भूउपग्रह इमेजमा प्रयोग गरेर हेर्दा त्यसले पनि उस्तै सूचना दियो। चैत २१ मा हामी जल तथा मौसम विज्ञान विभागमा गयौं र अहिलेसम्म आँधी भनिएको विपत ‘टोर्नेडो’ निष्कर्ष सुनायौं, सार्वजनिक पनि गर्‍यौं।

भिडियाे:

यो अध्ययनमा स्मल अर्थ नेपालबाट चार र जल तथा मौसम विज्ञान विभागबाट पाँच जना सक्रिय सहभागी थियौं। तर यो बाहेक अन्य थुप्रैको सहयोगबाट यो सम्भव भएको हो। गगुल अर्थ इन्जिन नभएको भए यो काम गर्न समस्या हुन्थ्यो। हाम्रो इन्टरनेट गतिमा यो डाउनलोड र प्रोसेसिङ गर्न लगभग असम्भवै हुन्छ। भूउपग्रह इमेज प्रोेसेसिङ गर्न आफ्नो कम्प्युटर प्रयोग गरिरहनु परेन। गुगलकै सर्भरमा डाटा हुन्छ, त्यसकै प्रोसेसिङ पावर प्रयोग गरी हामीले काम गर्न सक्यौं। अध्ययन विश्लेषण सबै गुगलकै सर्भरमा गरेर आवश्यक इमेज मात्रै डाउनलोड गरेका हौं। दस मिटर रिजोलुसन भएको सेन्टिनियलका तस्वीर पनि ठूलै साइजकै हो। त्यो डाउनलोड गर्नुपरेको भए ठूलो कष्ट हुन्थ्यो। गुगलका इन्जिनले सहयोग गर्‍यो। घरमा सामान्य एडिएसएलबाट सबै काम सम्पन्न गरेको हो।

चैत १७ बारा र पर्सामा आएको त्यो बिपत्ति ‘टोर्नेडो’ थियो भन्ने अब वैज्ञानिक पुष्टि भइसकेको छ। तर यसका थुप्रै आयामको अनुसन्धान गरिनुपर्छ। त्यसो गरेमा हामीलाई भविष्यका लागि राम्रो हुनेछ।

प्रकाशित २९ चैत २०७५, शुक्रबार | 2019-04-12 16:13:26
Max TV
Max TV
Vianet

author photo

पियुष दाहाल स्मल अर्थ नेपालका अनुसन्धानकर्ता हुन्।


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...