बारामा यसरी आयो अमेरिकामा आइरहने आँधी ‘टोर्नेडो’



Kshamadevi Group


डा. मदनलाल श्रेष्ठ
डा. मदनलाल श्रेष्ठ
मणि दाहाल

मध्य अमेरिकामा नेपालमा आएको जस्तो टोर्नेडो बर्षमा ५० देखि ६० पटकसम्म आउँछ। १५–२० मिनेटअघि रेडियोबाट सूचना जारी भएपछि मानिसहरू घरभित्रकै बंकरमा छिर्छन् र ज्यान जोगाउँछन्।

बारा–पर्सामा गत आइतबार आएको आँधीले २८ जनाको ज्यान गयो भने छ सय बढी घाइते भए। धेरै जनधनको क्षति भयो। नेपालमा अहिलेसम्म यस्तो विनाशकारी आँधी आएको थाहा थिएन। त्यसैले धेरैमा यस्तो आँधी कसरी आयो भन्ने जिज्ञासा जाग्नु स्वाभाविक थियो।

त्यो आँधीले मच्चाएको क्षतिको विवरण आएपछि मलाई लाग्यो त्यहाँ केही न केही नयाँ कुरा छ। मौसम विज्ञानको विद्यार्थी भएकाले मलाई यो साधारण हावाहुरी मात्रै होइन भन्ने लाग्यो। त्यसपछि म हाम्रो संस्था द स्मल वल्र्ड नेपालको अफिसमा गएँ र सबै अनुसन्धानकर्मीलाई संसारभरका स्याटलाइटका तस्वीरहरु खोजौं भनें। त्यही क्रममा सेन्टिनियल स्याटलाइटका तस्वीरहरु भेटियो। त्यसपछि हामीले बारा–पर्सामा आँधी आउनु अघि २७ मार्च र आँधी आएपछि अप्रिल १ का तस्वीरहरु अध्ययन गर्यौं।

ती तस्वीरहरूको अध्ययनबाट प्रष्ट भयो कि त्यो आँधी मध्य अमेरिकातिर आउनेजस्तो टोर्नेडो नै हो। तस्वीरमा टोर्नेडोले बनाएको ट्रयाक प्रष्टसँग देखियो। हाम्रो संस्थाका अनुसन्धाता, वातावरण विज्ञानका विद्यार्थी पियुष दाहालले सबै स्याटलाइट तस्वीरहरू लिएर थप अनुसन्धान गरे।

टोर्नेडो यस्तो आँधी हो, जुन आउँदा मेघ गर्जनसहित सोली आकारको बादल र हुरी पृथ्वीमा आउँछ। त्यसले जहाँ जहाँ छुन्छ सबै कुरा आफूतर्फ तान्छ, भ्याकुम क्लिनरले फोहोर आफुतिर तानेजस्तो गरि। यो यति शक्तिशाली हुन्छ कि गाडीजस्ता गह्र्रौँ बस्तु पनि टोर्नेडोले अन्तै कतै लागेर खसाउन सक्छ।

नेपालमा पहिले पनि टोर्नेडो आएको हुनसक्छ। तर त्यो हाम्रो जानकारीमा भएन वा हामीले पुष्टी गर्न सकेनौं। अहिले बारा–पर्सामा भएको क्षति र स्याटलाइटका तस्विरमा जुन प्रकारको विनाशको बाटो देखियो, त्यसले यो टोर्नेडो नै हो भन्ने पुष्टी हुन्छ।

हामीले गरेको अध्ययनमा टोर्नेडो हिंडेको बाटो १ सय ५० देखि दुई सय मिटरसम्म चौडाई रहेको देखिएको छ। टोर्नेडोले यदि दुई सय मिटरसम्म चौडाईमा क्षति पुर्याएको हो भने त्यो सोली आकारको बादलको चौडाई अझै कम हुनुपर्छ। यो सोली आकारको बादलले जहाँ जहाँ छुन्छ, सबै ध्वस्त पारेर जान्छ।

टोर्नेडो आउँदा हावाहुरीसहित बादल र तीब्र गतिको आँधी आउने तथा मेघगर्जन सहित चट्याङ र असिनापानी पर्ने हुन्छ। बादल फैलिएको आकारबाट साँघुरो हुँदै तल झर्छ र सानो क्षेत्रमा धेरै भार सिर्जना गर्छ।

बारामा गाडी लगेर कहाँ खोंचमा फालेको छ। ढलान भएका घरका छानोलाई खेतमा फालेको छ। त्यति शक्तिशाली आँधी टोर्नेडो मात्रै हुन्छ। त्यो आँधी अब नेपालमा पहिलो पटक टोर्नेडो आएको अभिलेखका रुपमा रह्यो।

अपर्झट यो प्राकृतिक प्रकोप आएपछि मानिसहरू स्वाभाविक रुपमा पहिला ज्यान जोगाउन तर्फ लागे। त्यसैले हामीले त्यो आँधी आएकै बेला त्यहाँ खिचेका कुनै तस्वीर पाउन सकेनौं। तर यसले जे जस्ता चिन्हहरु छाडेको छ, त्यसबाट पनि यो टोर्नेडो नै हो भनेर भन्न सकिन्छ।

हामीले निःशुल्क पाउने तस्वीरहरुबाट अध्ययन गरेको हौं। हाई रिजोलुसनका तस्वीरका लागि पैसा तिर्नुपर्ने हुन्छ। अहिले एक मिटर रिजोलुसन भएका तस्वीर पनि पाइन्छ। स्याटलाइट त्यस्ता तस्वीरहरु संकलन गरेर अझै यसबारे विस्तृत अध्ययन भने गर्नुपर्छ।

टोर्नाडो (सांकेतिक तस्वीर)

नेपालमा मौसम सम्बन्धी अध्ययन अनुसन्धान सोखको विषय मात्रै हो अहिलेसम्म। यो अझै पनि संस्थागत रुपमा गम्भीर अध्ययनको विषय बन्न सकेको छैन। यस विषयमा मैले ४०–५० वटा अनुसन्धान रिपोर्ट लेखेको छु, जुन सोखले मात्रै लेखेको हुँ। सरकारी निकायहरुले नै यस्तो अध्ययनलाई व्यवस्थित रुपमा अगाडि बढाउनु पर्छ। हाम्रा विश्वविद्यालय, जल तथा मौसम विज्ञान विभागले गर्नुपर्छ, यस्तो गहन अध्ययन। तर विभागमा अहिलेसम्म यस्तो आँधीबारे अध्ययन गर्ने इकाई छैन।

तर मौसमको पूर्वानुमानमा अहिले धेरै सुधार भएको छ। २०२९ सालमा मौसम पूर्वानुमानमा काम सुरु गर्दा मौसमको विश्लेषण सब्जेक्टिभ हुन्थ्यो। व्यक्तिपिच्छे फरक धारणा हुन्थ्यो। अलिकति पढ्यो, आफुलाई जे लाग्छ वा नक्साले जे भन्छ त्यसैअनुसार पूर्वानुमान गर्यो। त्यो विधि अवैज्ञानिक त होइन तर व्यक्तिपिच्छे ज्ञान वा अन्य विषय फरक पार्दथ्यो।

पहिला जल तथा मौसम विज्ञान विभागले एक दिनको मात्रै पूर्वानुमान दिन्थ्यो। एक वर्षअघिदेखि तीन दिनको पूर्वानुमान गर्न थालेको छ। अहिलेको पूर्वानुमान गणितमा आधारित रहेको छ। अब्जरभेसन लिएर मोडलमा राख्ने र हामीसँग रहेका तथ्यांक मौसम विज्ञानका विभिन्न सिद्धान्त अनुसार हेरिन्छ। यसरी गर्दा जसले काम गरे पनि एकरुपता आउँछ। गणितको आधारमा गरिने मौसमको पूर्वानुमान विश्वसनीय हुन्छ। त्यसका लागि आवश्यक हाइस्पीड कम्प्युटर मौसम विभागमा छन्।
***
गत आइतबारको मौसम पूर्वानुमान हेर्ने हो भने बारा, पर्सासहित त्यस क्षेत्रमा आँधी आउने संभावना छ भनेर उल्लेख गरिएको छ। तर हामीले त्यसलाई अरु बेलाको जस्तै आँधी होला भनेर हल्कासँग लियौं। पूर्वानुमान गर्ने मौसम विभागले पनि सतर्कता अपनाउनु पर्ने गरी सूचना जारी गर्नु पर्ने थियो।

४६ वर्षअघि मैले यस क्षेत्रमा काम सुरु गर्दा नेपालमा समुद्री आँधी आउने कल्पना बिरलै गरिन्थ्यो। तर सन् २०१३ मा फाइलिन र सन् २०१४ मा हुडहुड समुद्री आँधी नेपालमा पनि आयो। बंगलाको खाडीको समुद्री आँधी भारत हुँदै नेपाल प्रवेश गरेको थियो। तर विज्ञानका लागि पनि चुनौति बनेको यो विषयमा नेपालमा अध्ययन भएको छैन।

टोर्नेडो कसरी नेपाल आयो?
अहिलेको यो समयमा नेपालमा पश्चिमी वायुको प्रभाव परिरहेको हुन्छ। अहिले स्याटलाइट इमेजहरु हेर्ने हो भने पश्चिमबाट पूर्वतर्फ बादल गइरहेको देखिन्छ। आइतबारको टोर्नेडो त्यही पश्चिमी वायुको प्रभाव थियो। पहिला अलिअलि बादल पोखरा आयो र त्यो ठूलो भएर अगाडि बढ्यो। त्यो बादल चितवन, पर्सा, बारा हुँदै इलाम पुगेर नेपालबाट बाहिरिएको थियो।

त्यसले चितवनदेखि इलामसम्म नै पानी पार्यो। पानी पर्छ भनेर मौसम विभागले पूर्वानुमान गरेको थियो, त्यस्तै भयो। तर दुर्भाग्यवश बारा र पर्सामा त्यो बादल विनाशकारी टोर्नेडोका रुपमा विकास भयो।

यसअघि कहिल्यै नआएको हुनाले नेपालीलाई टोर्नेडोबारे थााहा छैन। टोर्नेडोको जीवनकाल भनेको धेरैमा आधा घण्टा मात्रै हो। त्यसपछि यो विलिन हुन्छ र आफै सकिन्छ। मेघजर्गन सहित आउने पानीको जीवनकाल चाहिँ एकदेखि दुई घण्टासम्मको हुन्छ।

मौसम विज्ञानमा समय जति छोटो हुन्छ र प्रभाव पार्ने स्थान जति साँघुरो हुन्छ त्यति नै पूर्वानुमान गर्न गाह्रो हुन्छ। जस्तो काठमाडौंको बबरमहलमा पानी पर्छ कि पर्दैन भनेर सोध्ने हो भने कुनै पनि मौसम वैज्ञानिकको पूर्वानुमान गर्ने सामथ्र्य हुँदैन। पोखरा आसपासका क्षेत्रमा हामीले अनुसन्धान गरिरहेका छौं। त्यहाँ किसानहरुले मेरो खेतमा असिना पर्छ कि पर्दैन भनेर सोध्छन्। हामीले कोही व्यक्तिको खेतमा असिना पर्छ कि पर्दैन भनेर भन्न सक्दैनौं। तर त्यस क्षेत्रमा असिना पर्ने संभावना छ कि छैन भनेर पूर्वानुमान गर्न सकिन्छ भनेर भन्ने गरेका छौं।

बारा र पर्सामा आएको टोर्नेडो आँधीपछि सामाजिक सञ्जाल वा मिडियामा नेपालमा मौसम पूर्वानुमान गर्ने इकाइ हुँदाहुँदै पनि गरेन भनेर नकारात्मक टिकाटिप्पणी भएको छ। अमेरिकाको मध्य भागतिर नेपालमा आएको जस्तो टोर्नेडो बर्षमा ५० देखि ६० पटकसम्म आउँछ। नेपालमा मनसुनमा पानी पर्छ भनेको जस्तै त्यहाँ यो मौसममा टोर्नेडो आउँछ भन्ने हुन्छ। अमेरिकामा पनि अहिलेसम्म टोर्नेडोको फोरकास्ट (पूर्वानुमान) गर्न सकेका छैनन्।

बादलको रेकर्डहरु हेर्न मौसमी राडारहरु दुई तीन सय किलोमिटरको दुरीमा राखिएको हुन्छ। हावाको गतिबारे अध्ययन भइरहेको हुन्छ। टोर्नेडो देखिने बित्तिकै त्यसले क्षति पुर्याउन सक्ने संभावित क्षेत्रका मानिसलाई रेडियो सुनेर बस्न सूचना जारी गरिन्छ। टोर्नेडोको बादल कता गैरहेको छ भन्ने अनुगमन हुन्छ। १५–२० मिनेटअघि यसरी सुरक्षित हुनु भनेर सूचना जारी गरिन्छ। अमेरिकामा टोर्नेडो आइरहने यस क्षेत्रका घरहरुमा जमिनमुनी बंकर जस्तो कोठा हुन्छ। टोर्नेडो आउँदा उनीहरु त्यही कोठामा बसेर ज्यान जोगाउँछन्। तर धनमाल जोगाउन सक्ने अवस्था हुँदैन। टोर्नेडोबारे फोरकास्ट (पूर्वानुमान) हुँदैन, यो नाउकास्ट (अहिलेको अहिले सूचित) गर्ने विषय हो।

भारत वा बंगलादेशमा पनि समुद्री चक्रवात आउने समयमा बस्नका लागि निश्चित स्थान नै बनाइएको हुन्छ। समुद्री आँधीको एक साताअघि देखिनै पूर्वानुमान गर्न सकिन्छ। त्यसैले समुद्री आँधी आउने बाटोमा पर्ने स्थानका सबैलाई सुरक्षित हुनका लागि निर्देशन जारी गर्न सकिने हुन्छ।

नेपालमा टोर्नेडो जस्तो आँधी आगामी दिनमा पनि नआउला भन्न सकिंदैन। त्यसैले अहिले आएको टोर्नेडोबारे विस्तृत अध्ययन गरि पछिका लागि तयारी र सतर्कता अपनाउने समय हो यो।  

प्रकाशित २३ चैत २०७५, शनिबार | 2019-04-06 22:27:53
Max TV
Max TV
Vianet

author photo

डा. मदनलाल श्रेष्ठ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशन हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...