ब्लग

मन्त्री बनेर खेतिकिसानीमा लागेपछिका तीन किस्सा



Kshamadevi Group


ड्रागन फ्रुटको रोप्दै पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगर
ड्रागन फ्रुटको रोप्दै पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगर

एक, २०७२ सालमा काभ्रे जिल्लाको भकुण्डेबसीमा कालो धानको खेती गरिरहेको बेला पूर्व कमरेड प्रचण्डले ७ महिनापछि फोन गरेर लाजिम्पाट निवास बोलाउनु भो। म गएँ। त्यो दिन कुर्नु परेन। सिधै छतमा बोलाएकाले गएँ। त्यहाँ जाने बित्तिकै लाल सलाम गरेँ। उहाँले कुनै प्रतिकृया दिनु भएन। म ताजुपमा परे।

फेरि लाल सलाम गर्दै ‘मलाई चिन्नु भएन?’ भनेँ।

अनि राम्ररी नियालेर (गहिरिएर) हेर्नुभो। चस्मा फुकालेर, लगाएर र आँखा पुछेर हेर्दै भन्नु भो, ‘हैन, तपाईं को हो?’

म झन विस्मयमा परेँ, हैन, बुढाले साँच्चै नचिनेकै हुन् त!

त्यसपछि मैले भनेँ, ‘म लोकेन्द्र बिष्ट के, तपाईंले बोलाएको मान्छे। कस्तो अचम्म हो, यति छिटो बिर्सने?’

‘हैन, तपाईं बिष्टजी नै हो त, हत्तेरिका क्या विधि कालो भएको त!’ भनेर ५ मिनेटसम्म तल–माथि गजबले हेर्नुभो। अनि बल्ल ‘ल, ल बस्नोस्’ भन्नुभो।

१ घन्टाको कुराकानीका क्रममा पनि विस्मयकारी नजरले हेरिरहनुभो। हुनपनि म कामको चाप र गर्मीले १२ केजी घटेर कालो भएको थिएँ– झण्डै चितामा पोल्दै गरेको लास जस्तो!

छुट्टिने बेला फेरि भन्नुभो, ‘अब यस्तो चामत्कारिक कालो हुने काम नगर्नुस् है?’

म भने उस्तै बनिरहेँ। झन्-झन् कालो बन्ने क्रम जारी नै छ।

०००
दुई, भर्खर २ हप्ता अघि ड्रागन फ्रुट फर्ममा अरु कामदारहरुसँग मस्त काम गर्दै थिएँ। नसोधेरै २ जना भद्र मान्छे गेटभित्र पसे। उनीहरु आफ्नै पाराले फर्म निरीक्षण गर्दै अघि बढे। हाम्रो अलिक नजिक आउँदै सोधे, ‘यो फर्मका मालिक खोइ?’

मैले भनेँ, ‘खोइ, थाहा भएन, बजारतिर जानू भा’ होला।’

अनि ती भद्रजनको भोलुम झन्–झन् हाइ (चर्काे) भो। हामीले कानका जाली बचाउँदै तिनका कुरा सुन्यौँ। तिनका फूर्ति हेर्दै आँखा पवित्र पारियो।

जाने बेलामा मालिकको फोन माग्नुभो। मैले भनेँ, ‘याद छैन।’

उहाँहरु जानुभो।

यसरी ढाँट्ने अरु केही कारण थिएन। केवल हामीलाई काममा डिस्टर्ब हुने भएकाले त्यसो गरियो, भनियो।

सरी !!  

०००
विहीबार (७ चैत्र) ड्रागन फ्रुट फर्मभित्र बिरुवामा एकसुरले पानी चाहार्दै थिएँ। नजिकको सडकमा मोटर बाइक हाँक्दै कसैले भन्यो, ‘हेर उ मन्त्री!’

अर्कोले सोध्यो, ‘खोइ कहाँ?’

उसले भन्यो, ‘उ त्यहाँ पानी चाहार्दै छ।’

म कुनै दिन मन्त्री भैफालेकोले केही मान्छेहरुलाई हैरान छ, ‘यो जन्तुले पनि काम गर्दोरहेछ’ भनेर! हाइ मेरो देश मन्त्रीले काम गर्न नहुने रे!!

तर आफूलाई भने बडो मजा आइरहेको छ। दिनभर गर काम! मीठो मानेर खाउ माम!! घुप्लुक्कै सुत, बिहान चङ्गा भएर उठ!! फेरि काममा जुट!!!

सुन्दर र सुखमय जिन्दगीको दिनचर्या!!!

न कसैको आश, न कसैको त्रास! जय किसान जिन्दगी!!

प्रकाशित ८ चैत २०७५, शुक्रबार | 2019-03-22 13:46:56
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...