ब्लग

परीक्षाकै सूचना हराएको त्रिवि



Kshamadevi Group


विद्यार्थीको हल्लाले परीक्षा हल हो कि हाटबजार छुट्याउन गाह्रो भइरहेको थियो। मानौं परीक्षा हलमा अरुलाई समेत बाधा पुग्नेगरी हल्ला गर्नु एउटा मौलिक हक हो।

पत्रकारिता तेस्रो सेमेस्टर अन्तिम परीक्षा आइरहेकाले भर्खरै बिग्रिएको मोबाइलको डिस्प्ले बनाउन मन लागेन।

एक महिना अगाडि मात्र बनाएको डिस्प्ले फेरि काम नलाग्ने भएको थियो। ताम्राकार हाउस न्युरोडका मोबाइल रिपेरिङ साहुजीले डिस्प्लेको ग्यारेन्टी–वारेन्टी नहुने पहिल्यै भनिसकेका थिए।

‘जिन्दगीको त भर हुन्न जाबो डिस्प्ले’, मैले २ हजार ५ सय रुपैयाँ साहूजीलाई बुझाएको थिएँ। एक महिनामै डिस्प्ले बिग्रिँदा दुःख लाग्यो तर बनाउन जाँगर चलेन। पाँच वर्ष अगाडि किनेको ब्याट्रीको भरमा बिग्रेको एचपी ल्यापटपले काम चलाएँ। यो पटक परीक्षा अवधिभर ल्यापटपकै सहारामा पढेँ।

यो बीचमा कुलमान घिसिङको सारै याद आयो। लोडसेडिङ पहिलेकै स्थितिमा भएको भए ल्यापटप यसरी चलाउन पाइँदैनथ्यो। आफूले काम गर्ने संस्थाको समेत सम्झाना आयो। अहिलेसम्म जति ठाउँमा काम गरेँ परीक्षाका लागि पहिलो पटक लामो विदा पाएको थिएँ। कामदारको सीप, शिक्षा र तालिम राम्रा संस्थाहरुमा प्राथमिकताका विषयमै पर्छन् होला। उसो त परीक्षा विदा पाउनु विद्यार्थीको अधिकार पनि हो।

२०७५ फागुन २६ गते परीक्षाको पहिलो दिन। समय पहिल्यै निर्धारित थियो, १२ देखि ३ बजेसम्म।

सेमेस्टरको अन्तिम परीक्षा भएकाले अलि दबाबमा थिएँ। पहिलो दिन दुई घन्टा अगाडि नै परीक्षा केन्द्र अर्थात् त्रिभुवन विश्वविद्यालय पुगेँ। सोचेँ, चाँडै गएर आफ्नो जाँच हुने स्थान पत्ता लगाएर ढुक्कसँग पढिसकेका विषयवस्तु पुनरावृत्ति गर्छु।

त्यहाँ पुग्दा स्थिति अर्कै देखियो, परीक्षा होलाजस्तो पो छैन।

कीर्तिपुरस्थित त्रिवि भवनहरुमा परीक्षाको छनक दिने कुनै तयारी थिएन। सूचना थिएन, सिम्बोल नम्बर टाँसिएको थिएन। आज जाँच छ छैन भनेर वरपर सोधेँ। सही जवाफ कसैसँग थिएन। मनमा भय बड्यो।

साँच्चै यहाँ जाँच छैन कि क्या हो? विविध कुरा मनमा खेलाउँदै अत्तालिएँ। डिस्प्ले बिग्रिएको मोबाइलबाट फोन उठाउन मिल्थ्यो गर्न मिल्दैनथ्यो। सोचेँ जीवनकै ठूलो भूल यो पनि गरेँछु। फोन बनाएको भए साथीहरुलाई सोध्न त मिल्थ्यो। हुन त कलेज साथीहरुले पहिल्यै परीक्षा केन्द्र त्रिवि नै रहेको भनिसकेका थिए। मनको द्विविधा मेट्न पाइनँ।

साढे १० बज्दासम्म म धेरैतिर चाहारेँ। व्यवस्थापन विभाग, शिक्षा विभाग, अर्थशास्त्र विभाग, नेपाली विभाग, अँग्रेजी विभाग सबैतिर। त्रिविमा जताततै विभागै विभाग रहेछन्। तर कुनै विभागमा हाम्रो परीक्षाबारे जानकारी थिएन।

परीक्षा गुमाउने पर्ने त होइन? मेरो मनमा यो प्रश्न घुम्न थाल्यो। झन् त्रास बढ्यो। ११ बजेपछि भने एकादुई विद्यार्थी देखिन थाले। विद्यार्थी देखिए पनि परीक्षा केन्द्रमा हुनुपर्ने तयारी केही थिएन।

‘आज परीक्षा छ होइन?’, केही विद्यार्थीले उल्टो मलाई प्रश्न गरे।

‘छन त छ तर कहाँ छ छ’, मैले भनेँ।

त्यस बेलासम्म परीक्षा कहाँ हुन्छ भनेर मैले सोध्न छाडेकै थिइनँ। त्यहीबेला अर्थशास्त्र विभागको अघिल्तिर हिँडिरहेका एक व्यक्तिलाई जिज्ञासा राख्दा उनले ‘पत्रकारिताको यहीँ हुन्छ’ भन्ने जवाफ दिए। त्यसपछि भने मन शान्त भयो। ढुक्क भएँ।

‘परीक्षाको जानकारी कुनै भित्तामा एउटा कागजको टुक्रामा टाँसिदिएको भए के हुन्थ्यो?’ मेरो मनमा त्रिविमाथि आवेग उस्तै थियो, ‘किन यहाँका विभागहरु त्रिविको महत्वपूर्ण परीक्षाबारे अज्ञात छन्?’

म त्यही स्थानमा अडिएँ, जहाँ ती व्यक्तिले परीक्षा हुन्छ भनेका थिए।

करिब ११ः१५ पछि सिम्बोल नम्बर टाँस्ने काम सुरु भयो। एक जनाले सबै हलमा सिम्बोल नम्बर टाँस्ने जिम्मा पाएका रहेछन्।

‘सिम्बोल नम्बर टाँस्न किन ढिलो गर्नुभएको हो?’, मैले सोधेँ। अगाडि नै टाँस्दा विद्यार्थीले च्यात्ने र फेरि दोहोर्याएर काम गर्नुपर्ने भएकाले ढिलो टाँसेको जवाफ फर्काए। गत वर्ष त्यस्तै भएको उनले सुनाए। मैले अर्को कुरा थाहा पाएँ, विद्यार्थीहरु यत्तिसम्म फटाहा पनि हुँदा रहेछन्।

कोठा नम्बर ५१ अर्थात् मेरो परीक्षास्थल। परीक्षा सुरु हुन अझै आधा घन्टा थियो। मैले हतार–हतार घरमा अभ्यास गरेको कापी झिकेर पढ्न थालेँ। केही समयपछि परीक्षा सुरु भयो। कोठमा परीक्षा दिइरहेका हामी सबै स्नातकोत्तरका विद्यार्थी थियौं। तर विद्यार्थीको हल्लाले परीक्षा हल हो कि हाटबजार छुट्याउन गाह्रो भइरहेको थियो। परीक्षा सञ्चालक बारम्बार हल्ला नगर्न भन्थे, त्यो कमैले मानिरहेका थिए। बरु उल्टो जवाफ दिन्थे। मानौं परीक्षा हलमा अरुलाई समेत बाधा पुग्नेगरी हल्ला गर्नु एउटा मौलिक हक हो।

परीक्षा सञ्चालनमा धेरै अव्यवस्था थिए। खानेपानी थिएन, समय हेर्ने घडिको व्यवस्था थिएन। हामीले हाते घडिको सहारामा परीक्षा लेख्यौं। दोस्रो दिनदेखि मैले घरबाटै बोतलमा पानी लगेर प्यास मेटाएँ। प्रायः दिन निर्धारितभन्दा पाँच मिनेट ढिलो प्रश्नपत्र बाँडिन्थ्यो। लेख्ने समय निर्धारित समयमै सकिन्थ्यो। अर्थात् विद्यार्थीले पाँच मिनेट घाटा खान्थे।

एक दिन प्रश्नपत्रमा एउटै प्रश्न दुई ठाउँमा परेछ। शिक्षक सच्याउन आग्रह गर्दै परीक्षा हलमा प्रवेश गरे। त्यही बेला एक जना परीक्षार्थीले सोधिएको प्रश्न सच्याउन पाइँदैन भन्दै प्रतिवाद गरे। फेरि परीक्षा हलमा हो हल्ला सुरु भयो। शिक्षक आक्रोशित बने। प्रश्न बनाउने समय अधिक हुँदासमेत प्रश्न दोहोरिनु कमजोरी थियो। यी दुवै पक्ष संयमित, व्यवस्थित देखिएनन्। हल्लाखोर विद्यार्थी र अस्तव्यस्त परीक्षास्थल दुवै झेल्दै यो सेमेस्टरको मेरो परीक्षा सकिएको छ।

प्रकाशित ७ चैत २०७५, बिहिबार | 2019-03-21 16:52:35
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...