नेपाल न चौकीदार आपूर्तीकर्ता हो, न भारतको आज्ञाकारी




राजेश जोशी
राजेश जोशी

यस वाक्यमा लुकेको अभिमान र घमण्ड त हेर्नुहोस्, ‘चौकीदार त नेपालबाट पनि मगाउन सक्छौं।’

आम आदमी पार्टीकी सांसद अलका लाम्बाको ट्विटमा आएको ‘मगाउन सक्छौं’ शब्दलाई अलि ध्यान दिनुहोस्। 

ध्वनी निस्कन्छ, हामी मालिक हौं। हामीसँग अथाह पैसा र शक्ति छ, हामी कहीबाट केही पनि मगाउँन सक्छौं। र, नेपालबाट चौकीदारको अलावा के मगाउन सक्छौं र?

अलका लांबा का ट्वीट

ओसिनेको अण्डाको पसलमा राति बसेको जड्याले पनि यसरी नै कुरा गर्दै भन्छ, ‘रक्सी हामी जति चाह्यो मगाउन सक्छु। मलाई के कुराको कमी छ र?’

अलका लांबालाई थाहा नै भएन कि प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा टिप्पणी गर्दा नेपालीहरुका बारेमा जो बोलिन् त्यसले विवादको रुप लिन सक्छ। उनले भाषिक अशुद्धताका साथ ट्विट गरिन्, ‘प्रिय भारतबासीहरु, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला, चौकीदार त हामी नेपालबाट पनि मगाउन सक्छौं। नेपालका चौकीदार चोर हुदैँनन्।’

लांबालाई लाग्छ कि हामी अर्थात भारत चौकीदारको सप्लाईको अर्डर गर्छौ र नेपाल ढोकामा उभिएको पालेले झै टाउको निहुर्याउनेछ र अर्कोदिन हाम्रो यहाँ चौकीदारको लाइन लाग्नेछ। उनी भुलिन् कि नेपाल एक स्वतन्त्र राष्ट्र हो। भारतको जसरी कहिलै गुलाम रहेन् र नेपाल भारत र चीनको बीचमा रहेको एक स्वतन्त्र मुलुक हो, जो अलका लांबाका लागि चौकीदारको सप्लाई गर्दैन्।

अलका लांबा पढेलेखेकी हुन्। उनी दिल्ली विश्वविद्यालय विधार्थी संघकी अध्यक्ष समेत रहिसकेकी छिन्। तर, उनले यो सम्झनुपर्यो कि नेपालमा केवल चौकीदारमात्रै हुदैँनन्।

त्यहाँ आइटी प्राध्यापक, अर्थशास्त्री, वैज्ञानिक, कलाकार, ब्युटि क्विन्स, संगीतकार आदि पनि छन्। वहाँ चौकीदार, सफाई कर्मचारी, मजदूर, किसान र अन्य मेहनत गर्नेहरु छन् जस्तो कि दिल्ली, उत्तर प्रदेश कर्नाटक या केरलामा पनि हुने गर्छन्।
अलका लांबाले यो पनि थाहा पाउनुपर्यो कि जसरी भारतको पंजाब, गुजरात, राजस्थान या केरलका मानिसहरु टेक्सी चलाउन, सफाई गर्न या कारखानामा काम गर्न गल्फ, क्यानडा, अमेरिका, ब्रिटेन, इटाली फ्रान्स जान्छन् त्यसरी नै नेपालका मानिशहरुपनि रोजगारको सिलसिलामा अन्य देशमा जाने गर्छन्।

अलका लांबा

अलका लांबा/ट्वीटर

लांबाको बयान यस्तै लाग्छ, जस्तो डोनाल्ड ट्रम्पले यसरी भनेका हुन्, ‘सरसफाईहरु छिटो भारतीय मानिसहरुलाई बोलाउ, न्यूयोर्क शहर धेरै दुर्गन्धित भएको छ।’

नेपाललाई आफ्नो बिर्ताजस्तै सम्झने अलका लांबी एक्ली भने होइनन्। उनले आफ्नो गल्ती महशुस गर्दै ट्विट त हटाइन तर त्यसले त्यो मानिसिकता मोटिंदैन् जसले नेपाललाई आफ्नो आज्ञाकारी सम्झन्छ।

पछिल्लो महिना म काठमाडौंबाट दिल्ली जादै गर्दा एयर इण्डियाको फ्लाइटमा एक जना भारतीय यात्रुले बियर मागे, एयर होस्टेजले एक चौडा मुस्कानका साथ जवाफ दिइन्, ‘सर, यो डोमेस्टिक(घरेलु) फ्लाइट हो। यसमा हामी बियर दिदैनौं।’
म ती कर्मचारीलाई सोध्न चाहान्थे कि नेपाल जाने फ्लाइट कहिले डोमेस्टिक फ्लाइट भए? कहिलेबाट नेपाललाई भारतले आफ्नोमा समावेश गर्यो, साथी?

नेपाल कसैको विर्ता होइन्
नेपाल एक स्वतन्त्र देश हो। जहाँ अलग संविधान, अलग प्रधानमन्त्री र अलग सेना छन्। जसरी एक स्वतन्त्र देशबाट अर्को स्वतन्त्र देशमा आईरहेको फ्लाइटलाई ती कर्मचारी घरेलु उडान भनेर उडाईरहेकी थिइन्, त्यसरी नै आम आदमी पार्टीकी विधायक अलका लांबालाई पनि लाग्छ कि, ‘चौकीदार त हामी नेपालबाट मगाइ हाल्छौं।’

नेपालको त्रिभुवन विमानस्थलमा तैनाथ एक अध्यागमन अफिसरले सायद यस्तै कयौं भारतीयहरुसँग भेट गरेको होला। त्यसैले उसले कटाक्ष गर्दै थियो, ‘तपाईको मुलुक पनि ठूलो तपाईको जुंगा पनि।’ अर्थात तपाईको देशसँगै तपाईको अहंकार पनि ठूलो।

नेपालीलाई साच्चकै लाग्छ कि भारत ठूलो देश हो र उनीहरुको अहम पनि ठूलो छ। कतिपय बेला भारतीयलाई महशुस नै हुदैँन कि नेपालका बारेमा जे बोल्यो त्यो नेपालीहरुलाई मन पर्दैन्।

काठमाडौं पुगेपछि मैले पनि नेपाली साथीलाई भने, नेपाल त घर जस्तै लाग्छ। बिना एकपल रोकिएर उनले जवाफ फर्काए, ‘हो, तपाईको प्रधानमन्त्री मोदी जी पनि यस्तै भन्नुहुन्थ्यो।’

मलाई तुरुन्त याद आयो कि प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीको पहिलो यात्राको दौरान नेपाली नागरिकले सडकमै आएर मोदी–मोदी भन्ने नारा लगाएका थिए। तर, आज भने मोदी नाम सुन्ने वित्तिकै नेपालीहरुका मनमा अनेक प्रश्न हुन्छन्।

तीन महिनासम्म काठमाडौंमा रहेर नेपालका कयौं शहर र गाउँमा घुम्ने क्रममा मैले होटल, पसल, सडकमा बाचचित गर्ने क्रममा बारम्बार एक सवालको सामना गर्नुपर्यो, ‘मोदी जीले किन हामीलाई रगतको आशुँ रुवाए?

मोदीले २०१५ मा अघोषित नाकावन्दी लगाएको २०१५ को त्यो बेला अझैपनि नेपालीहरुले भुलेका छैनन्। जस कारण पेट्रोल, डिजल, ग्यास जस्ता अत्यावश्यक चीजको हाहाकार मच्चिएको थियो।

कतिपय मानिशहरु आफ्नो कार र मोटरसाइकल घरमै थन्काएर साइकल किन्न पुगेका थिए। भारतको नेपालमाथि नाकाबन्दी पहिलोपटक भने थिएन्, राजीव गान्धी प्रधानमन्त्री हुदाँ समेत नाकावन्दी लगाइएको थियो।

काठमाडौंको केही पर चित्लाङ गाउँमा पोखराबाट आफ्ना छात्रछात्रासहित आएका एक अध्यापकले मलाई सोधे, ‘नाकाबन्दी गरेर मोदी जीले हामीलाई जानीबुझेरै चीनको नजिक धकेलिरहेका त छैनन्? म के जवाफ दिन सक्थे।

(लेखक बीबीसी हिन्दी रेडियोका सम्पादक हुन्। हामीले उनको यो ब्लग बीबीसी हिन्दीबाट अनुवाद गरेका हौं।)

प्रकाशित २ चैत २०७५, शनिबार | 2019-03-16 14:28:31
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...