किन विश्वभर ‘लायन डान्स’ गर्छन् चिनियाँ केटी?




हालै चीनको हुनान प्रान्तबाट गएका कलाकारहरूले नेपालको राजधानी काठमाडौंस्थित एउटा स्कूलमा सिंह नाच देखाए। चिनियाँ नयाँ वर्ष (वसन्त चाड) को रौनकले छुने बित्तिकै चिनियाँ कलाकारहरू चलायमान हुन्छन् र विश्वव्यापी रूपमा सिंह वा ड्रागन नाचको दौर शुरू हुन्छ।

चिनियाँ दार्शनिक कन्फ्युसियसको नामबाट खोलिएका विश्वव्यापी संस्थाहरूले हरेक देशमा चिनियाँ संस्कृतिको प्रचार प्रसार गर्ने गर्दछन्, जुन चीनको संस्कृति फैलाउन गरिएको एउटा बृहत्तर प्रयास पनि हो।

लामो इतिहास बोकेको चिनियाँ सिंह लोकनाचबारे एउटा किंवदन्ती छ। प्राचीन चीनमा एउटा पनि सिंह नभएकाले कुनै विदेशी दूतले चिनियाँ सम्राटलाई एउटा सिंह उपहारको रुपमा दिए। हिंश्रक सिंहले धेरै मान्छेहरू खाइदियो। सम्राटका परिचारकहरूले त्यो सिंहलाई मारिदिए। अनुमतिविना गरिएको गल्तीका कारण उनीहरूले सम्राटबाट दण्डित हुनुपर्ने अवस्था आयो। सम्राटको कार्वाहीबाट बच्ने ध्येयले ती सेवकहरुले सिंहको भुत्ला लगाएर सिंहको नाटक देखाउन थाले। त्यो नाचगान देखेर सम्राट खुशी भए र प्रशंसा गरे। चीनमा सिंह नाच जन्मिनुका पछाडि जोडिएका कैयन् कथाहरूमध्ये यो पनि एउटा हो।

जंगलको राजा भनेजस्तै सिंहले शुभ भित्र्याउने र सिंहनाचले भूत पनि भगाउनसक्ने धारणा चिनियाँहरूको छ। यो नाच पर्व, रमाइलो समारोहहरू वा कतिपय प्रतियोगिताहरूमा देखाउने गरिन्छ।

सिंह नाचमा साँच्चिकै सिंह प्रयोग हुँदैनन्। सामान्यतः दुई जना कलाकारमध्ये एकले टाउकोपट्टि र अर्कोले पुच्छरपट्टिको भागमा रहेर कला देखाउँछन् र बाहिरबाट सिंहको आकृतिले ढाकिएको हुन्छ। यसलाई चिनियाँहरूले उशु, जातीय ड्रम, परम्परागत संस्कृति मिसाएर नाचको दायरा फराकिलो बनाएका छन्। अर्थात् नाचभित्रका तत्वहरू परिस्कृत र प्रगतिशील बनाउँदै लगेका छन्। कलाकार निकै छरितो र चलाख हुनुपर्छ। शरीरका विभिन्न अंगले सिंहको जस्तै गरी हेर्नुपर्छ। सिंहलेजस्तै हिंड्ने, दौड्ने, उफ्रने जस्ता क्रिया गर्नुपर्ने भएकाले सामान्य अभ्यासले यो संभव हुँदैन।

विशाल मुलुक चीनको ह पै प्रान्तको सु स्वी जिल्लाको पै लिलाई सिंह नाचको उत्तर समूहको जन्मथलो मानिन्छ। सन् १९२५ मा स्थापना भएको पै लि सिंह नाच हाल राष्ट्रिय लोककला संरक्षण संस्कृतिको रुपमा विकसित भएको छ। हाल केही दशकयता सु स्वी जिल्लाले सिंह नाच कला समूहको विकास गर्दै धेरैजसो सिंह नाचका कलाकार हुर्काएको छ।

दुई हजारभन्दा बढी समययता चीन नै सिंह नाचको उद्गम थलो हो। जातीय भावना र एकता प्रतिविम्वित गर्दै सिंह नाचले चिनियाँबाहेक धेरैजसो विदेशीको नजर तानेको छ। अन्तर्राष्ट्रिय जगतमा चीनको पहिचान ड्रागन तथा सिंह नाच पनि हुन थालेको छ। विभिन्न मुलुकका जनताबीचको मित्रताको पुल पनि बनेको छ।

प्राचीनकालमा चिनियाँहरुले सिंहलाई बहादुर र शक्तिको प्रतीक ठान्थे। हरेक नयाँ वर्ष आउने बेलामा चिनियाँहरुले सिंह नाच गर्दै शुभको प्रार्थना गर्ने चलन छ। विशेष गरी चिनियाँहरुको सबैभन्दा महत्वपूर्ण पर्व वसन्त चाडमा सिंह नाचको प्रदर्शनी गर्नुपर्छ। शुभ ल्याउँदै सिंह नाचले पनि पर्वको रमाइलो वातावरण सिर्जना गर्दछ।

सिंह नाच चिनियाँहरु, चिनियाँ मूलका विदेशीहरु, चिनियाँ प्रवासीहरुका लागि महत्वपूर्ण परम्परागत कला हो। सिंह नाचले चिनियाँहरुको परम्परागत चलनको प्रतिनिधित्व गर्दछ। हरेक पर्वमा विश्वका विभिन्न स्थलमा रहेका चिनियाँहरुले सिंह नाच गर्दै रमाइलो गर्दछन्। वर्तमान विश्वमा ड्रागन नाच र सिंह नाच व्यापक रुपमा फैलावट गरिँदै आएको देखिन्छ। पश्चिमी भागका जनताले ड्रागन नाच र सिंह नाचलाई चीनको इतिहास र संस्कृति मिलाइएको एक खेल मानेका छन्। लगातारको दृढ प्रयास तथा अभिनवका कारण सिंह नाचले झन झन बढी विश्वव्यापी प्रशंसा कमाएको छ।

सिंह नाचमा लामो इतिहास गाँसिएको छ भने चीन र पश्चिमी क्षेत्रबीचको साँस्कृतिक आदानप्रदानको सेतु बनेको छ। एक हजार नौ सय वर्षअघि फारसले रेशमी मार्गमार्फत चीनसँग द्विपक्षीय वाणिज्य व्यापार गर्नुका साथै यी दुबै मुलुकबीचको साँस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गरेको थियो। फारसका दूतले पनि सिंह लगायत पशुलाई चीनमा भित्र्याएको थियो।

त्यसपछि चीन र पश्चिमी एशिया, भारत आदि मुलुकबीचको मैत्रीपूर्ण आदानप्रदान सुरु भएको साथमा अझ धेरै सिंह चीनमा आएका छन्। हाल विश्वका विभिन्न स्थलमा चिनियाँहरु,चिनियाँ मूलका विदेशीहरु,चिनियाँ प्रवासीहरुले सिंह नाचलाई विदेशीसमक्ष जानकारी दिएका छन्। सिंह नाचले झन झन बढी विदेशीहरुलाई चिनियाँ परम्परागत संस्कृति देखाउँछ। लोपोन्मुख सिंह प्रजातिको संरक्षणमा चिनियाँ प्रतिवद्धता पनि विश्वमाझ उजागर हुने गरेको छ।

वर्षेनी सिंह नाच हेरेका नेपालका सर्वसाधारणले पनि नेपालमा यस्ता अथाह संस्कृति भएको हेक्का गरेको हुनुपर्छ। नेपालका जातैपिच्छे अनेक नाचगान सफ्टपावरहरू छन्। समयानुकूल परिस्कृत गर्दै यसको दायरा अन्तर्राष्ट्रिय जगतसम्म फैलाउन ध्यान दिने हो भने नेपालसँग पनि यस्तो संस्कृति छ। अझ चीन भन्दा धेरै हुनसक्छ। सिर्जनशीलता थप्ने हो भने नेपाली नृत्यकलाले पनि विश्वसँगको भाइचारा सेतु कायम गर्नसक्छ।

प्रकाशित २१ माघ २०७५, सोमबार | 2019-02-04 19:03:54
Max TV
Max TV
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...