नेपालले लाभ लिनसक्ने चीनको यो ‘च्वाँचे’ अर्थतन्त्र



Kshamadevi Group


चीनमा नयाँ बर्षका लागि सोमबारदेखि यात्रामा भिडभाड सुरु भैसकेको छ। बुलेट ट्रेनका यी परिचारिका
चीनमा नयाँ बर्षका लागि सोमबारदेखि यात्रामा भिडभाड सुरु भैसकेको छ। बुलेट ट्रेनका यी परिचारिका
पीपुल्स डेली

चीन अहिले च्वाँचे अर्थतन्त्रमा प्रवेश गरेको छ अर्थात् समृद्ध र पुष्ट। कृषिप्रधान मुलुक भएकाले नेपालले सुँगुर वर्षबाटै चीनसँग सुँगुरको व्यवसायका माध्यमबाट आफ्नो निर्यात व्यापारमा छलाङ मार्ने र चीनसँगको घाटा नियन्त्रण गर्ने उपाय पहिल्याउन सक्छ।

चीनको अर्थतन्त्र च्वाँचेजस्तै मोटोघाटो हुनेछ तर उस्तै अल्छी बन्ने हो भने ताकिएका लक्ष्य भेट्न मुश्किल हुनेछ भन्नेमा चीन सचेत देखिन्छ।

चिनियाँ टेलिभिजन इतिहासमा सबैभन्दा लामो समयसम्म चलेको एउटा धार्मिक धारावाहिक छ, पश्चिमको यात्रा। प्राचीन भारतबाट बुद्धसूत्र ल्याउनका लागि भिक्षु सुआन चाङको साथमा अन्य तीनजनाले गरेको यात्रालाई यसमा समेटिएको छ। मिङ राजवंशकालीन लेखक वु छङअनले लेखेको श्वैरकाल्पनिक ‘सियौचि’ नामक उपन्यास सन् १९८२ देखि छायांकन भएर टेलिभिजनमा प्रसारण आरम्भ भएको थियो। यतिका वर्ष बितिसक्यो, चीनका कुनै न कुनै टेलिभिजन च्यानलमा अझैपनि यो धारावाहिक श्रृंखला प्रसारण भैरहेको देख्न सकिन्छ।

भिक्षु सुआन चाङसँगै उनका चेलाहरू सुन वु खुङ (बाँदर), चु पा च्ये (सुँगुर), शायिङ फुपाउ (मानिस) छन्। त्यहाँ देखिने एउटा पात्र चु पा च्ये अर्थात् सुँगुरमा शक्ति र व्यक्तित्व छ तर अल्छी र डरपोक। उसलाई सानो र सस्तो हुन मनपर्छ। ऊ दानवी जालसाजीमा फसिइरहन्छ किनकि ऊ लोभी पनि हुन्छ। पश्चिमको यात्रामा कूल ८१ वटा दुःख भोगुञ्जेलसम्म कस्तै अल्छी भएपनि सुँगुरले साथ दिन्छ। सुँगुरलाई अनेक उपमा लगाएर हियाउने गरिएपनि यथार्थ दुनियाँमा मानव जीवनसँग यसको घनिष्ठ सम्बन्ध रहँदै आएको छ। चिनियाँ धारावाहिक श्रृंखलामा यसले रेकर्ड नै सिर्जना छ।

सन् २०१९ को फेब्रुअरी ५ तारिखदेखि चीनले कुकुर वर्षलाई विदा गरेर सुँगुर वर्ष भित्र्याउँदैछ। चिनियाँ परम्परागत पात्रो अनुसार यस वर्षदेखि ४ हजार ७१७ साल शुरू हुँदैछ। विश्वको दोश्रो ठूलो अर्थतन्त्र भएकाले चीनले सकेसम्म हरेक कुराको व्यवसायीकरण गर्दै आएको छ। चीनले अब सुँगुर वर्ष भित्र्याउँदैछ। बजारमा सुँगुर सम्बन्धित उत्पादनको परिमाण बढ्न थालिसक्यो। सुँगुरले चिनियाँ अर्थतन्त्रमा ठूलो प्रभाव पार्दछ। संसारमा सबैभन्दा बढी सुँगुरको मासुका उपभोक्ता चीनमै छन्। उदाहरणका लागि चीनको सछ्वान प्रान्तमा मात्रै वर्षेनी ५० मिलियन सुँगुरहरू काटिन्छन्।

राष्ट्रपती सी चिनफिङले उच्च सैनिक अधिकारी र पूर्व सैनिक अधिकारीलाई भेटेरै नयाँ बर्षको शुभकामना दिएका छन्।

धेरै मानिसका विचारमा सुँगुर निकै इमान्दार जनावर हो। तर कुकुरजस्तो इमान्दार पक्कै होइन। कुकुरले आफ्नो मालिक चिन्छ। सुँगुरका केही दोहोरो चरित्र हुन्छन्, मोटो र पुष्ट। खान्छ र सुत्छ। अल्छीमा बदनाम। नेपालीमा कसैलाई मूर्ख, घिनलाग्दो, फोहोरी वा अल्छी भनेर अपमानित गर्नुपर्यो भने ‘सुँगुर’ भन्ने चलन छ।

चीनको छिङ राजवंश कालको प्रारम्भमा ठूलो संख्यामा चिनियाँहरूलाई विदेशमा श्रमका लागि बेच्ने गरिन्थ्यो। त्यहाँ उनीहरूलाई सुँगुरको बच्चा भनिन्थ्यो। विदेशमा उनीहरू दासको रूपमा काममा लदाइन्थे र कडा परिश्रम पर्ने खानीमा जोताइन्थे। उनीहरू आफ्नो जीवनभरिमा चीन फर्किन पनि भ्याउँदैनथे। अर्थात् सुँगुरहरू सजिला प्राणी हुन्। मानवीय आवश्यकता पूर्ति गर्छन्। तर चिनियाँ इतिहासको अझै प्राचीन दिशातर्फ फर्किएर हेर्ने हो भने सुँगुरहरू अपमान हैन, सम्मानका प्रतीक हुन्। उनीहरू साहस र हिम्मतका पर्याय हुन्। त्यस समय सामाजिक अभियानहरू सुँगुर केन्द्रित हुन्थे। यिनीहरू घर हुन्, जस्ले तपार्इंलाई स्वाभिमानी जीवन दिलाउँछन्। अहिले पनि गरिबीको दलदलबाट उत्रिनका लागि यिनले समाजमा ठूलो योगदान गरेका प्रचूर उदाहरण छँदैछन्।

सुँगुर संसारका विभिन्न देशमा पालिन्छ। सुँगुरका उपभोक्ता एशियामा सबैभन्दा बढी छन्। एशियामा पनि अन्तर्राष्ट्रिय तथा अन्तरमहाद्वीपीय क्षेत्रबाट सबैभन्दा बढी सुँगुर आयातकर्ता मुलुक चाहिं चीन हो। चीनमा सबैभन्दा बढी सुँगुर पठाउनेमा अमेरिका, युरोपियन युनियन मुलुक र क्यानडा हुन्।

नयाँ बर्षको क्रममा यात्रु ओसार्न सयौं बुलेट ट्रेन तयारी अवस्थामा रहेका छन्। यस क्रममा करिब तीन अर्ब खेप यात्रु ओसारपसार हुने अनुमान छ।

अब चिनियाँ अर्थतन्त्र चुलीमा पुगेको छ। चीनले सन् २०१९ लाई जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सवका रूपमा मनाउँदैछ। चीनको अर्थतन्त्र अब तनावबाट मुक्त भएसरह छ। यो वर्षभित्र सम्पूर्ण तयारी र पूर्वाधार पूरा भएपछि सन् २०२० मा चीनले पूरै मुलुक गरिबीमुक्त भएको घोषणा गर्नेछ। यसका लागि यस वर्ष चीनको निकै व्यस्तता पनि रहनेछ। चीनको अर्थतन्त्र च्वाँचेजस्तै मोटोघाटो हुनेछ तर उस्तै अल्छी बन्ने हो भने ताकिएका लक्ष्य भेट्न मुश्किल हुनेछ भन्नेमा चीन सचेत देखिन्छ।

यस वर्ष बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को दोश्रो सम्मेलन हुने तयारी छ। पहिलो सम्मेलनबाट नेपालले आवद्धता जनाएको हो। यसबाट सक्दो फाइदा लिनका लागि सुँगुर वर्षले नेपालाई पनि प्रेरित गर्नेछ। चीनमा सुँगुर वर्ष शुरू भएकै मितिमा नेपालमा पनि एउटा जनजातिले ल्होसार पर्व मनाउँदैछ। चिनियाँ सँस्कृतिको प्रभाव छिमेकी देशहरूमा परेको छ। त्यसैले अन्य देशमा पनि नयाँ वर्षको रौनक देखिनेछ। तर रामरमितामा भुलेर भन्दा पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा सार्थक तुल्याउन नेपालले प्रस्थानविन्दु खोज्नुपर्छ।

अर्थतन्त्र जतिसुकै माथि पुगेपनि मानिसलाई खान, लाउन नपर्ने प्रविधि अहिलेसम्म कसैले पनि पत्ता लगाएको छैन। मानिसले यस्तो प्रविधि विकास गरेर आफ्ना भोगविलासको चाहनामाथि शायदै कुठाराघात गर्नेछ। त्यसैले चीनमा धेरै खपत हुने सुँगुर पालेर पनि विभिन्न देशले अर्थतन्त्र उकास्न सक्नेछन्। सुँगुर अर्थात् च्वाँचे गरिबी निवारणको एउटा उपायका रूपमा राष्ट्रले अवलम्बन गर्नसक्छ। चीनलाई सुँगुरजन्य उत्पादनको गन्तव्यको रूपमा निर्दिष्ट गर्नसक्छ। विश्वमा उत्पादनको आधा सुँगुर चीनले खपत गर्छ भने नेपालको निर्यातले मात्रै चीन अघाउने छैन। संभावना प्रचूर छन्। बजार धेरै टाढा छैन।

चीनले गरिबी निवारणका लागि पशुपंक्षी पालनको सूत्र पनि लगाएको छ। त्यसैले त चीन अहिले च्वाँचे अर्थतन्त्रमा प्रवेश गरेको छ अर्थात् समृद्ध र पुष्ट। कृषिप्रधान मुलुक भएकाले नेपालले सुँगुर वर्षबाटै चीनसँग सुँगुरको व्यवसायका माध्यमबाट आफ्नो निर्यात व्यापारमा छलाङ मार्ने र चीनसँगको घाटा नियन्त्रण गर्ने उपाय पहिल्याउन सक्छ। 

सिन नियान ख्वाइ ल!

प्रकाशित ९ माघ २०७५, बुधबार | 2019-01-23 16:11:33
Max TV
Max TV
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi

लक्ष्मी लम्सालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...