नेपालीले कति चिनेका छौं चीन?




सांघाई शहर
सांघाई शहर
सिन्ह्वा

विकासको यो रफ्तारमा पुग्दा पनि चीनले भर्खरै बेइजिङमा ६०० विदेशी बोलाएर ‘अण्डरस्टाण्डिङ चाइना’ सम्मेलन आयोजना गर्यो। राजनीतिक स्थिरतासहितको नयाँ नेपाल चिनाउन नेपालले पनि ‘अण्डरस्टाण्डिङ नेपाल’ सम्मेलन गर्ने कि?

पर्वतमाला र नदीहरूले जोडिएको नेपालको उत्तरी छिमेकीलाई नचिन्ने नेपाली शायदै छन्। किनभने नेपालको सिमाना तीनतिरबाट भारत र एकतिरबाट चीन वेष्टित भएकाले यो नचाहेर पनि नेपालीमाझ चिनिएको भौगोलिक क्षेत्र हो। विश्वको दोश्रो ठूलो अर्थतन्त्र भएको चीनलाई चिनाउनु सजिलो कुरा होइन। कसैले एउटा सानो लेखमा विशाल चीनलाई चिनाउन खोज्छ भने समुद्रलाई लोटामा भर्नु बराबर हुन्छ। तथापि सामान्यतया नेपालीहरूले चीनलाई चिनेका छन् र चीनलाई चिनेका छैनन् पनि।

चीनमा खुलापनको ४ दशक भयो। सन् १९७८ मा नेता तङ स्याओ‘फिङ’ले शुरू गरेको सुधार तथा खुलापनको नीति सी चिन‘फिङ’ले सत्ता सम्हालिरहँदा पनि यथावत् छ। स्मरणीय छ, ‘फिङ’ भएका हुनाले यी दुईबीच कुनै रगतको नाता भएको सुनिएको छैन।

चीनलाई चिन्नका लागि अनेकन विशेषणहरू लगाउने गरिन्छ। चीनलाई चिनाउने क्रममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले पनि दिव्योपदेश दिएकै थिए। पश्चिमा जगतले पनि सुतेको ड्रागन भन्छ। नेपाली संभ्रान्तहरूले चिनियाँ कमजोर वा नक्कली सामानलाई लक्षित गर्दै ‘मेड इन चाइना, आज छ भोलि छैन’ भनेर पनि व्यंग्य गर्दछन्। हिमाली भेगका वासिन्दासँग अनुहार मिल्ने र भोटवासी भएकाले चिनियाँहरूलाई कतिपय नेपालीले ‘भोटे’ भन्ने उपनाम पनि दिन्छन्। तथापि चीन के हो? को हो चीन? भनेर चिन्नका लागि सिंगो संसारलाई हम्मे हम्मे परिरहेका बेला नेपालीले चीन चिन्ने कुरै भएन।

अझ के भन्न सकिन्छ भने नेपालीहरूले नचिनेको केही हुँदैन, कसरी चिनियाँलाई नचिन्नू? पश्चिमाहरूलाई ‘खैरे’ पश्चिमा देशहरूलाई ‘गाई खानेहरूको देश’, चिम्सा आँखा हुनेबित्तिकै ‘भोटे’ भनेर नाम राख्ने नेपालीहरूको बानी नै हो। तथापि एउटा सानो देशको सानो जनसंख्याले विशाल चीनलाई चिन्नु चानचुने कुरा होइन। विकास र प्रविधिका हिसाबले यति उँचो स्थानमा पुगिसक्दा पनि आफूलाई धेरैले नचिनेको हुनाले चीनले पनि ‘म को हुँ’ भन्दै चिनाउनुपरिरहेको छ।  

पूर्वी चीनको सान्दोङस्थित बुलेट ट्रेन कारखानामा ट्रेन बनाउँदै कामदार

चीन कस्तो देश हो? चीन कहाँबाट आयो? चीन कुन दिशातर्फ जाँदैछ? चीनको भविष्य कतातिर जाला? के चीन साँच्चिकै साझेदार हो कि प्रतिष्पर्धी? यस्तै जिज्ञासाले सिंगो पश्चिमा जगत रनभूल्ल भैरहेका बेला आफ्नो परिचय दिनू चीनको बाध्यता पनि होला। सत्तासीन हुने बित्तिकै सन् २०१३मा चिनियाँ राष्ट्रपति सीले पहिलो पटक चीनप्रतिको बुझाइ ‘अण्डरस्टाण्डिङ चाइना’बढाउने सम्मेलन बोलाए। त्यतिले पनि चीनलाई चिन्न बाँकी नै भएकाले फेरि २०१५ मा अर्को सम्मेलन डाकियो। अझै सकिएन, फेरि सन् २०१८ को १६ डिसेम्बरमा बेइजिङमा तेश्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरियो।

सगरदेखि सागरसम्म, वायुदेखि आगोसम्म, जीवनदेखि मृत्युसम्म, दिगदिगन्त, आद्योपान्त चामत्कारिक विकासले विश्व थर्कमान भैरहेका बेला केही मुलुकहरूले चीनलाई साँच्चिकै नचिनेको स्वाङ पारेपछि चीनले यस्तो सम्मेलन गर्नुपरेको धेरैलाई लाग्छ। अण्डरस्टाण्डिङ चाइना सम्मेलन चीनप्रति विश्वको समझदारी बढाउन तथा देश देशबीच सहयोग बढाउन आदानप्रदान गर्न यो सम्मेलन भएको हो। यसपटक ६०० जना विदेशी प्रतिनिधिहरूले भाग लिए र चीनलाई बुझ्न प्रयत्न गरे।

चीनप्रति पश्चिमा जगतको आफ्नै नजरिया छ। वर्तमान परिप्रेक्ष्यमा विश्वका विद्वानहरूले चीनको खुलापन तथा सुधारको नजरबाट चीनको भविष्य आँकलन गर्दछन्। चिनियाँ सीपीसी पोलिटव्यूरो सदस्य याङ च्ये छले अन्तर्राष्ट्रिय समुदाय चीनको शान्तिपूर्ण विकास, सहयोग र साझा जीतलाई अघि बढाउन चाहने, मतभेद हटाएर समानताको खोजी गर्ने सवालमा चिनोस् भन्ने चाहन्छन्।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को १९औं जनकांग्रेसले देशको अर्थिक तथा सामाजिक विकास लक्ष्य प्रस्तुत गर्दा तीन महत्वपूर्ण लक्ष्य अघि सारेको थियो।

१. चीनले सन् २०२० सम्म खुशीयालीयुक्त समाज बनाउनेछ,

२. चीनले सन् २०३५ सम्म आधारभूत रूपमा आधुनिक समाजवादलाई साकार तुल्याउनेछ,

३. चीनले सन् २०५० सम्म समृद्ध, लोकतान्त्रिक, सभ्यता तथा सामाञ्जस्यपूर्ण सुन्दर समाजवादी आधुनिक शक्तिशाली देश बनाउनेछ। 

पश्चिमा जगत जो अमेरिकी नेतृत्वमा चलेको हुन्छ, का नजरमा यो चीनको आफ्नो विकासको लक्ष्य हो। यसमा विश्वमाथि हैकम जमाउने लक्ष्य उल्लेख छैन। यस्ता लक्ष्य साकार तुल्याउन चीनले विश्वका विभिन्न देशका जनताका साथ साझा मानव भाग्य समुदायको रचना गरिरहेको छ।

पूर्व चीनको झेझेङस्थित सामुद्रिक बन्दरगाहमा कार्गो जहाज

चिनियाँ राज्य परिषद प्रेस विभागका प्रमुख श्वी लिन भन्छन्, ‘ऐतिहासिक तथा यथार्थ दृष्टिकोणबाट चीनलाई हेर्नुपर्छ। चीनको सबैभन्दा स्पष्ट विशेषता भनेको सुधार तथा खुलापन हो। यो वर्तमानकालमा चीनको भाग्य निर्माणको प्रमुख सूत्र हो।’

बेइजिङमा तीन दिनसम्म चलेको तेश्रो चीनप्रतिको बुझाइले कति गहन व्याख्या गर्नसक्यो, त्यो आफ्नो ठाउँमा छ। मुख्यरूपमा चीनको सुधार तथा खुलापनको ४०औँ वार्षिकोत्सवको महत्वपूर्ण उपलक्ष्यमा सारा विश्वका राजनीतिज्ञ, रणनीतिज्ञ र व्यवसायीहरूले बेइजिङमा भेला भएर क्षेत्रीय विकास रणनीति, वैज्ञानिक-प्राविधिक सिर्जनशीलता, व्यवसायको सुधार र आधुनिक बैकिङ प्रणालीको निर्माण आदि दृष्टिकोणबाट चीनको विकासको नयाँ शक्ति र यात्राको व्याख्या गरे।

सम्मेलनमा सहभागी हुन आएका बेलायतका पूर्वप्रधानमन्त्री जेम्स ब्राउन भन्छन्, ‘साझा मानव भाग्य समुदायको अवधारणालाई केवल विचारधाराको स्तरबाट मात्रै हेरिनुहुँदैन तर तथ्यमार्फत् पुष्टी गरिनुपर्छ।’

चीनले आपसी सम्पर्कको विश्व निर्माणका लागि देखाएको अग्रसरता चीनप्रतिको विश्वसनीयताको एउटा सेतु हो। बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआआई) चीनले अघि सारेको विश्वको नवीन कूटनीतिक जालो हो।

चीन इतिहासकालदेखि नै आश्चर्यले बनिएको देश हो। विश्वको सबैभन्दा ठूलो थ्यानआनमन स्क्वायर, फरबिडन सिटी, ग्रेटवाल, चिया, संगीत, अपेरा, माटाका भाँडा, अपेरा, सिल्क, कन्फ्युसियस, पाण्डा, परम्परागत उपचार पद्धति, लिपि वा जनसंख्या, भूगोल वा मिथ लगायत पाँच हजार वर्ष पुरानो सभ्यता भएको चीनलाई चिन्ने अनेक तरीका हुनसक्छन्। तर चीनले विगत ४० वर्षको अनुभवबाट सिकेको कुरा हो कि, चीनमा सुधार तथा खुलापन निरन्तर लागू गरिनुपर्छ। तव मात्रै चीनको दिशा र चीन के हो भनेर अनुमान गर्न सकिन्छ। खुलापन तथा बीआरआईको सेरोफेरोमा रहेर चीनलाई आगतमा सहजै चिन्न सकिन्छ कि?

विश्व चर्चाको केन्द्रमा रहेको चीनजस्तो विशाल मुलुकले त आफ्नो परिचयका लागि सम्मेलन गर्दछ भने नेपाल त विश्व मानचित्रमा सानो क्षेत्र हो। यसअघि राणाशासन, पञ्चायत, प्रजातन्त्र, राजतन्त्र गणतन्त्र इत्यादि अनेक तन्त्रहरू झेल्दा पनि नेपाल संसारकै पिछडिएको मुलुकमध्ये एक हो। उतिखेर नेपाल कसरी बन्छ? भन्दा नेताहरू भन्ने गर्थे, राजनीतिक स्थिरता वा स्थिर सरकार बनेपछि। तर अहिले स्थिर सरकार बनेको एक वर्ष हुनलाग्यो, नेपालको पहिचान कहाँ कहाँसम्म पुग्यो? 

राजनीतिक स्थिरतासहितको नयाँ नेपाल चिनाउन नेपालले पनि ‘अण्डरस्टाण्डिङ नेपाल’  सम्मेलन गर्ने कि? 

प्रकाशित २० पुस २०७५, शुक्रबार | 2019-01-04 09:56:28
Max TV
Max TV
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi

लक्ष्मी लम्सालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...

  • परीक्षाकै सूचना हराएको त्रिवि

    पत्रकारिता तेस्रो सेमेस्टर अन्तिम परीक्षा आइरहेकाले भर्खरै बिग्रिएको मोबाइलको डिस्प्ले बनाउन मन लागेन।

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...