राजतन्त्र जोगाउन गिरिजाबाबुसँग डा गिरिको त्यो अन्तिम आग्रह




तुलसी गिरि
तुलसी गिरि

मैले भर्खरै पूर्व प्रधानमन्त्री डा तुलसी गिरिको मृत्यु भएको खबर सुनेँ। ५०’ को दशकमा पटनामा मेडिकल विद्यार्थी हुँदा मैले गिरिलाई पहिलो पटक देखेको थिएँ। विपी कोइरालासँग भेट्न उहाँ प्राय हाम्रो घरमा आइरहनुहुन्थ्यो। हामी गिरिलाई ‘तुलसी काका’ भनेर सम्बोधन गथ्र्यौं।

एमबीबीएसको अध्ययन सकेपनि गिरिले कहिल्यै आफ्नो जीवनमा डाक्टरी अभ्यास चाहिँ गर्नु भएन।

म विरामी भएका बेला एकदिन उहाँ हामीकहाँ आउनु भएको सम्झन्छु। त्यस बखत विपीले उहाँलाई भन्नु भएको थियो, ‘तुलसी, तिमी डाक्टर भइसक्यौ। किन उसलाई नजाँच्ने?’

त्यसबेला सायद उहाँ एमबीबीएसको अन्तिम वर्षमा हुनुहुन्थ्यो वा पढाई सकिसक्नु भएको थियो। जे होस्, मैले उहाँबाट जाँचिने पहिलो विरामी हुने अवसर पाएँ।

धेरैले उहाँको राजनीतिक उचाइको बारेमा लेख्नेछन्। म त्यो काम उनीहरुलाई नै छाड्दैछु। तर म पटनामा बिताएका ती दिनहरु सम्झन चाहन्छु।

उहाँ चर्चित पत्रकार प्रशान्त झाका हजुरबा डा जोगिन्दर झाका अत्यन्तै मिल्ने साथी हुनुहुन्थ्यो। सुरुवातमा तुलसी काका राजनीतिमा त्यति चासो लिनुहुन्न थियो। विपी भने उहाँलाई राजनीतिमा आउन सल्लाह दिइरहनु हुन्थ्यो।

उहाँ जनकपुरको धनी जमिन्दार परिवारको हुनुहुन्थ्यो। त्यसैले, उहाँ आरामको जिन्दगी जिउन चाहनुहुन्थ्यो। डा जोगिन्दर झासँग मिलेर तुलसी काकाले बालाजुमा पहिलोपटक एसी जडित रेस्टुराँ खोल्नु भएको थियो। तर पछि त्यो बन्द भयो।

सन् १९५८ डिसेम्बर ३० (१५ पुष २०१५) का दिन विपीले उहाँलाई नालन्दा, राजगिर र बोधगयाको ३-४ दिनको भ्रमणको लागि आमन्त्रण गर्नुभयो। सायद त्यही भ्रमणदेखि होला, विपीले तुलसी काकालाई राजनीतिमा लाग्न प्रेरित गर्नुभयो।

त्यस भ्रमणमा म लगायत काकी सुशीला कोइराला, दाई प्रकाश कोइराला र विपीका मिल्ने साथी देवेन्द्रप्रसाद सिंह (विहारका पूर्व सांसद, जसलाई म काका भन्थेँ) पनि सहभागी हुनुहुन्थ्यो। त्यो भ्रमणको केही समयपछि नेपालमा पहिलो आम चुनाव भयो। चुनावमा नेपाली कांग्रेसले बहुमत ल्यायो। विपी कोइराला प्रधानमन्त्री हुनुभयो।

प्रधानमन्त्री विपीले युवा डा तुलसी गिरीलाई उपविदेशमन्त्री बनाउनु भयो। उपविदेशमन्त्री भएपनि उहाँ कार्यकारी भूमिकामा नै हुनुहुन्थ्यो।

विपीले आफ्ना भाई तारिणीप्रसाद कोइरालाले नागपोखरी (नक्साल) मा भाडामा लिएको कोठामा मिलेर तुलसी काकालाई बस्न आग्रह गर्नुभएको थियो। त्यो घर अझै त्यहीँ छ, जहाँ प्रत्येक शनिबार तरकारी बजार लाग्दछ।

यदि कोही आगामी शनिबार नक्सालमा रहेको तरकारी बजार जानुभयो भने त्यो घर अहिले पनि देख्न सक्नुहुन्छ। त्यो ऐतिहासिक घर हो। यस्तो ऐतिहासिक घर, जहाँ डा गिरीले आफ्नी प्रथम श्रीमती, जो अत्यन्त सुन्दरी थिइन्, किशोरी राणासँग प्रेम गर्नुभयो। त्यहाँ धेरै सम्झनाहरु लुकेका छन्। मलाई लाग्छ, त्यसबारेमा म किताब लेखुँ।

केही बर्षअघि जब मेरी काकी सुशीला कोइरालाको निधन भयो, डा गिरी महाराजगन्जमा रहेका मेरा परिवारजनसँग भेट गर्न आउनु भएको थियो। त्यहाँ हामीेले बितेका पलहरुको सम्झना गर्‍यौँ। त्यो क्षणमा डा गिरिले गिरिजाप्रसाद कोइरालाको अन्तिम अवस्था र निधनका बारेमा पनि कुराकानी गर्नुभयो।

उहाँ विरामी गिरिजाबाबुलाई भेट्न सुजाताको घर जानु भएको रहेछ। उहाँले मलाई सुनाउनुभयो, ‘मैले गिरिजाबाबुलाई भनेँ, म तपाईंका दाजु विपीको मित्र हुँ। विपीको प्रशंसक पनि हुँ। तर तपाइँको प्रशंसक चाहिँ होइन। इतिहासले कहिलेकाहीँ कसैलाई महत्वपूर्ण जिम्मेवारी दिएको हुन्छ, तपाईं (गिरिजाबाबु) लाई पनि इतिहासले राजतन्त्र बचाउनसक्ने यस्तै महत्वपूर्ण जिम्मेवारी इतिहासले दिएको छ।’

तर, गिरिजाबाबु चुप रहनु भएछ। डा गिरिले त्यो भेटमा भन्नुभएको थियो, ‘त्यसपछि नयाँ इतिहास बन्यो।’

त्यहीबेला थियो, मैले तुलसी काकालाई अन्तिम पटक भेटेको! 

तपाइँको आत्माले शान्ति पाओस्, तुलसी काका!

प्रकाशित ३ पुस २०७५, मंगलबार | 2018-12-18 16:17:07
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...