एकातिर भव्य गाईपूजा, अर्कोतिर चिसो काराबास



गाई
गाई
सन्देश दुमरु

गाई पूजा मनाइरहेको बेलामा जेल पठाइएका इन्द्रबहादुर नेपाली र सकस विश्वकर्मालाई भने कसैले सम्झेको छैन

एक साताअघि एउटा समाचार आयो– गाईको बाच्छी काटेको अभियोगमा बागलुङका इन्द्रबहादुर नेपाली र सकस विश्वकर्मालाई सर्वोच्च अदालतले १२ वर्ष कैद फैसला सुनायो। एकाध सञ्चारमाध्यमको ‘टुहुरे खबर’बाहेक यो विषय दुनियाँले सुन्ने गरी ‘पब्लिक इन्टेलेक्चुअल’को चासो वा बहसमा परेन। तर, त्यसको केही दिनमै देशले ‘धुमधाम गाई पूजा’ सम्पन्न गरेको छ।

यो देशको परम्पराले गाई–पूजा गर्छ र परम्पराअनुसार गाईको मासु खाने समुदायलाई चाहिँ हत्या अभियोगमा जेल चलान गर्छ। भारतमा पनि गाई समुदायगत विभाजनको चर्को विषय बनेको छ। मोदी नेतृत्वको सरकार आएपछि त अतिवादी हिन्दूहरुको ‘गौरक्षा अभियान’ले थुप्रै निर्दोष मानिसको ‘शिकार’ गरिसकेको छ। केही महिनाअघि गुजरातमा दलित समुदायले मृत गाईको छाला काटेपछि ठूलो विवाद भएको थियो। गाई दक्षिण एसियाको जिन्दगीमा केन्द्रीय भूमिकामै छ।

हिन्दू समाजले गाईलाई ‘पवित्र’ जनावर मान्छ। गाईको मात्रै पूजा होइन, उसको दुध, गोबर, गहुँत समेतलाई पवित्र मानिन्छ र पर्वहरुमा अनिवार्य गरिन्छ। पिसाबको समेत महत्व भएको र ‘प्रसाद’ मानिने भाग्यमानी पशु गाई नै हो। धर्मनिरपेक्ष राष्ट्र भएको नयाँ नेपालको नयाँ संविधानमा पनि गाई राष्ट्रिय जनावरकै रूपमा छ। मुलुकी ऐनअनुसार गौहत्या अभियोगमा गाईको मासु खाने समुदायलाई जेल चलान गरिएका अनेक घटना दोहोरिइरहेका छन्। १६३ वर्षअघि १९१० मा बनेको मुलुकी ऐनमा भएको गाईसम्बन्धी व्यवस्थाभन्दा अहिले पनि तात्विक फरक छैन।

दक्षिण एसियामा गाई महत्वपूर्ण जनावर छ। सुरुमा गाई संरक्षण वा गाई उपयोग सायद भौतिकवादी सुरुवात हुँदो हो तर पछि कर्मकाण्डीय परम्परा हावी हुँदै गयो। पशुलाई मानवीय हितमा प्रयोग गर्नुपर्नेमा पूजाको प्रतीक मात्रै बन्न थाल्यो। गाईलाई भगवान् मात्रै मान्ने र उसैको पुच्छर समातेर बैर्तनी तर्ने ध्याउन्नमा बहुसंख्यक हिन्दूहरुले आँखा चिम्लिरहे। राज्यले पनि गाई र गाई पूजालाई आफ्नो उपयोगमा लिइरह्यो।

नेपाली समाजको ठूलो हिस्सा आज पनि गाईपूजामा र समाजशास्त्री डोरबहादुर विस्टले भनेझैँ भाग्यवादमा अल्झेको छ। हिन्दू कर्मकाण्डका ग्रन्थहरुमा आधारित परम्परा विकृत तत्वहरु अब भने हटाउँदै जानुपर्छ। सामाजिक सद्भावमा मात्रै पर्वहरुलाई सीमित गर्नुपर्छ। गाईलाई राष्ट्रिय जनावर वा पूजा गर्नुपर्ने प्राणी होइन, बरु दुध, गोबर आदि दिने उपयोगी पशुका रुपमा लिनुपर्छ। यसका लागि राज्यले नै अग्रसरता लिनु आवश्यक छ। धर्मको आवरणमा समाजलाई अघि बढ्न नदिने सम्पूर्ण परम्परा र विश्वास हटाउँदै जानुपर्छ। त्यसले मात्र नेपाललाई एक समृद्ध देश बनाउन सक्छ।

नत्र, कसैले गाईको मासु खाएकै आरोपमा एक जुनी जेलमा बिताउनुपर्ने अवस्थाबाट नेपाली समाजले मुक्ति पाउँदैन। देशभरि भव्यतापूर्वक गाई पूजा मनाइरहेको बेलामा जेल पठाइएका इन्द्रबहादुर नेपाली र सकस विश्वकर्मालाई भने कसैले सम्झेको छैन।

प्रकाशित १५ कार्तिक २०७३, सोमबार | 2016-10-31 14:24:37

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...