उडिरहेको चीनमा राजा वीरेन्द्रले दिएको झ्याल



Kshamadevi Group


फोटो खिचाउन अघि सरेकी तान्जानियाकी क्यारोललाई मलेसियन युवाको प्रस्ताव– ‘क्यारोल यू टू फ्लाइ।’ प्रत्युत्तरमा उनी भन्छिन्, ‘ह्वाइ शुड आई फ्लाइ (म किन उड्ने)?

संसारको सबैभन्दा ठूलो चीनको ‘राष्ट्रिय संग्रहालयमा खुलापन तथा सुधारको ४०औं वर्षगाँठको उपलब्धी हेरेर बाहिरिएपछि दक्षिण अफ्रिकाकी युवती निल्लाह थ्यानआनमन स्क्वायरमा उफ्रिएर फोटो खिच्न खोज्छिन्। संसारकै सबैभन्दा ठूलो स्क्वायरमा उनी मृगको पाठो जस्तोगरी बुरूक्क बुरूक्क उफ्रिन्छिन्। पृष्ठभूमिमा फरबिडन सिटीको ढोकाबाट माओको तस्वीरले उनलाई नियालिरहेको छ।

उनले तस्वीर खिचिनसक्दै तान्जानियाकी समवयीजस्तो देखिने क्यारोल पनि उनीसँगै फोटो खिचाउन अघि सर्छिन्। उनलाई देख्नेबित्तिकै क्यामराम्यान, मलेसियन युवाले प्रस्ताव गर्छन्, ‘क्यारोल यू टू फ्लाइ (क्यारोल तिमी पनि उड)१

प्रत्युत्तरमा उनी भन्छिन्, ह्वाइ शुड आई फ्लाइ (म किन उड्ने)?

उनी ढसमस्स उभिएरै पृष्ठभूमिमा माओलाई पारेर फोटो खिचाउँछिन्।

उनीहरू सबै भर्खरै चीनको उडिरहेको प्राविधिक र आर्थिक विकास देखेर बाहिर निस्किएका हुन्। एकैछिनमा एउटा बस चढेर फर्किनेछन्। नजीकै बस रोकिएको छ र उनीहरू बाँकी साथीहरूलाई पर्खिरहेका छन्। करीब ५० जना विदेशी पत्रकारहरू यतिखेर सोही स्थानमा चीनको महान उपलब्धीको अवलोकन गर्न पुगेका हुन्।

सन् १९७८ को हिउँद ऋतुमा १८ जना किसानहरू चीनको आन्ह्वी प्रान्तको फङयाङ काउन्टीस्थित स्याउकाङ गाउँ पार हुन्छन्। रातो कपडाको टुक्राले उनीहरूको पाखुरा बाँधिएको हुन्छ। त्यो घटना भएको पनि यस हिउँदमा ४० वर्ष पुगेको छ। सोही गाउँका वासिन्दाले सामुदायिक आर्थिक संगठन बनाएर जमिन आदि श्रोत पहिल्याउँदै आफ्नै पाखुराले उत्पादन व्यवस्था मिलाएका थिए।

हाल उनीहरूको जीवनमा भव्य परिवर्तन आएको छ र त्यो व्यवस्थापन नै अहिले चीनको ग्रामीण क्षेत्रको उदाहरण बनेको छ। ४० वर्षअघिको यो घटना आज पनि चिनियाँ जीवनमा खुलापन र सुधारको एउटा कडीको रूपमा रहेको छ। सोही उपलब्धी देखाउन भनेर यसै नोभेम्बर तेह्र तारिखदेखि बेइजिङस्थित राष्ट्रिय संग्रहालयमा प्रदर्शनी भैरहेको हो।

खुलापनको उपलब्धी हेरिरहेको नोभेम्बर १९ तारिखको त्यो बिहानीमा चीनले सफलताका साथ बयालीसौं र त्रिचालीसौं पै तौ नेभिगेसन उपग्रहको प्रक्षेपण गरेको थियो। सी छाङ उपग्रह प्रक्षेपण केन्द्रबाट झिस्मिसेमै छाङ चङ तीन नम्बर पारवहन रकेटले एकै पटक दुईवटा नेभिगेसन उपग्रहको सफल प्रक्षेपण गरेको त्यो क्षण चिनियाँ वैज्ञानिक उपलब्धीको एउटा सिलसिला मात्रै थियो। त्यो भन्दा रोचक उपलब्धी त चीनको राष्ट्रिय संग्रहालयका प्रमुख ठूला हलहरूमा देखाइएको थियो।

चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास, चीनका प्राविधिक आविष्कारहरू, सुन्दर वास्तुकलाका नमूनाहरू, तीव्र गतिका रेलवे, अन्तरिक्ष रकेटहरू, अन्तरिक्ष प्रयोगशाला, थ्यानकुङ–२, स्याउलोङ मानवयुक्त पनडुब्बी, ऐतिहासिक तस्वीरहरू, दस्तावेजका संग्रहहरूले संग्रहालय भरिएको छ, जसबाट कुनै पनि विदेशीलाई छोटो समयमै चिनियाँ उपलब्धी केलाउन सहयोगी हुन्छ। प्रदर्शनीको ध्येय खुलापन र सुधार लागू भएको ४ दशकमा चीनले हासिल गरेको उपलब्धी उजागर गर्नु नै हो।

मानिसहरूले जिब्रो टोकेर भन्न सक्छन्– चीनले ४० वर्षको खुलापन तथा सुधारको नीति अपनाए यता विश्वपरिचित विकासको उपलब्धी हासिल गरेको छ। उनीहरू चीनको विकासप्रति पूर्णतया विश्वस्त देखिन्छन्। चमत्कार गरेको छ चीनले। विभिन्न मुलुकले चीनको खुलापन र विकासको शैलीबाट धेरै अनुभव लिन सक्छन्।

चीनको खुलापन र सुधार वास्तवमै रणनीतिक महत्वको औजार बनेर रह्यो जसबाट चीनले अथाह आत्मविश्वास बढाउँदै लग्यो। सोही दिन अर्थात् १९ नोभेम्बरका दिन चीनकै कृषि तथा दुर्गम मामिला मन्त्रालयको पार्टी समूह त्यहाँ पुगेको रहेछ। पार्टी सचिव एवं कृषिमन्त्री छाङ फू र अन्य नेताहरूले सँगसँगै त्यहाँको दृश्य हेरे। उनीहरूले सी चिनफिङको नेतृत्वको नयाँ युगमा ‘चिनियाँ विशेषतायुक्त समाजवाद’ को विचारधारालाइ पालना गर्दै अघि बढ्ने सुनाए। उनीहरूले निष्ठापूर्वक भने, ‘कृषि, किसान र दुर्गम क्षेत्रको विकासका लागि एकचित्त भएर काम गर्नुपर्ने अभिभारा कहिल्यै पनि बिर्सिने छैनौं। त्यो पनि थप उत्साह, जोश र कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान गर्ने प्रण सहित।’

अचम्म लाग्छ, ४० वर्ष पार भैसक्दा पनि उनीहरू काम अझै नसकिएको जस्तै गर्छन्। उनीहरूमा थाक्ने समय अझै नआएकोजस्तो प्रतीत हुन्छ। उनीहरूले अभिवादनका लागि कसेको मुठ्ठी निकै जाँगरिलो देखिन्छ।

यतिखेर नेपाल पनि कम्युनिष्ट शासकहरूको पोल्टामा छ। उनीहरूको लाल९सलामभित्र कत्तिको तागत छ भनेर परीक्षण गर्ने बेला भएको छ। विगत ९ महिनादेखि नेपाली जनताले कम्युनिष्टहरूको ‘पाइन्’ हेर्न खोजिरहेका छन् र चीनको जस्तै द्रूत विकासका संकेत खोजिरहेका छन् सायद। तर नेतृत्वमा दृढ आत्मविश्वास भएजस्तो लाग्दैन। त्यसो त हरेक राजनीतिक नेतृत्वमा कुनै न कुनै नैतिक पतनको श्रृंखला दोहोरिँदै गएको हो। सत्तामा हुनेहरूमा स्खलनको त्रासदी देखिन्छ नै। सबैभन्दा ठूलो कुरा जुन काम थाल्छु भनेर चुनावमा होमिएका थिए, त्यही काम ‘छिट्टै छिट्टै’ भन्न थालेको वर्षदिन बित्न लाग्यो। जुन काम गर्छु भनेर अघिल्लै कार्यकालमा घोषणा गरेका थिए। ९ महिना पार हुँदा पनि नगरिएको कामका लागि प्रयुक्त पदावली उही छ, ‘छिट्टै हुन्छ, छिट्टै हुन्छ।’

नजाने उनीहरूको परिभाषामा ‘छिट्टै’को अवधि कति लामो हुन्छ, कुन्नि?

नेश्नल म्युजियमको भुइँतलामा ४ दशकको चिनियाँ उपलब्धी देखाइएको छ। तेश्रो तलामा गएर हेर्ने हो भने विदेशी पाहुनाहरूले दिएका उपहारहरू संकलित छन्।

नेता तङ स्याउफिङले खुलापन प्रारम्भ गरेको एक वर्ष नबित्दै अर्थात् १९७९ मा नेपालका तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेवले चिनोस्वरूप दिएको मयुरको काष्ठकलात्मक एउटा झ्याल बेइजिङस्थित राष्ट्रिय संग्रहालयमा प्रदर्शनी राखिएको छ। अहिले उपहार लिने र दिने दुवै व्यक्तित्व यो दुनियाँमा छैनन्। तर चिनियाँहरू तङले लिएको खुलापनको र त्यसबाट निसृत चीनको विकासलाई उत्तिकै प्रेमपूर्वक सम्झिइन्छ।

करीब ४० वर्षको नेपाली युवा यतिखेर परदेशमा रोजीरोटीका लागि पसिना चुहाइरहेको छ। तर सोही उमेरका चिनियाँहरू सीप र ज्ञान बोकेर धमाधम मातृभूमिमा फर्किरहेका छन्। आर्थिक विकासको रकेट उडाइरहेको चीन, नेपालजस्तो पिछडिएको मुलुकको पनि छिमेकी हो। अवसर हामीले पनि छोप्न सक्छौं। ढिलासुस्तीका कारण हामी पनि तान्जानियाकी युवतीको जस्तै अभिमान पालेर ढसमस्स थच्चिरहेका छौं। हामी अझै पनि उठ्दैनौं, गजधम्म उभिइरहन्छौं र भन्छौं, ‘ह्वाइ शुड वी फ्लाइ (हामी किन उड्ने)?’

एकैछिनपछि भारतीय पत्रकार अखिल पाराशर संग्रहालयबाट अचम्मित भएर निस्किए। नजीकै आएर कागज देखाउँदै भने, ‘यो चिनियाँ रोबोट त अचम्मको रहेछ। कफी बनाएर खुवायो, यो मेरो चित्र पनि बनाएर दियो।’

प्रकाशित ४ मंसिर २०७५, मंगलबार | 2018-11-20 14:59:36
Max TV
Max TV
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi

लक्ष्मी लम्सालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...