संस्मरण

दार्जीलिङमा गोर्खेलौरी

‘गोर्खालीको छोरा भएर बडा अंग्रेजी र हिन्दी मिसाएर बोल्ने’ भन्दै उनीहरूले गाेदे




दार्जीलिङको टाइगर हिल जहाँबाट सूर्याेदय दृश्य देखिन्छ
दार्जीलिङको टाइगर हिल जहाँबाट सूर्याेदय दृश्य देखिन्छ

२०६१ साल पुसको पहिलो दिन, दार्जीलिङमा चिसो बिहानीले हामीलाई न्यानो स्वागत गरिरहेको थियो।

परदेशको पहिलो रात साथी बिरामी परेका कारण अस्पतालको दौडधुपमै बितेको थियो। उठ्न मन नलागेको भए पनि टाइगर हिल पुगेर सूर्योदय हेर्नु थियो। त्यसैले साथीले ४ बजे नै हल्लाखल्ला सुरु गरिसकेका थिए। मन नहुँदा नहुँदै पनि उठियो। 

सूर्य झुल्कनुभन्दा पहिले नै पुग्नु थियो ‘टाइगर हिल’। पुसको पहिलो दिन चिसो उल्कै थियो। त्यसमाथि टाइगर हिलमा चल्ने चिसो स्याँठ। लुगलुग काम्दै पुगियो डाँडोमा। भीडभाड यस्तो थियो मानौं कुनै मेला नै लागेको छ। एउटा अग्लो डाँडोमा एकाबिहानै हज्जारौँ पर्यटक एकसाथ ओइरिएका देख्दा अचम्मै परियो।

अग्लो डाँडाबाट तल फर्केर भुँइतिर आकास खोज्नुपर्नै त्यही आकास छेडेर निस्कँदै गरेको सूर्य हेर्नका लागि हाम्रो टोली (३० जना विद्यार्थी र ४ जना शिक्षक) पुगेको थियो, त्यो टाकुरामा। बिहानको साढे ६ बजे पुगेका हामी साढे ७ बजेसम्म कुर्दा पनि सूर्य ननिस्केपछि निराश बन्यौं। बादलले आकासलाई यसरी ढाकेको थियो कि बादलुको त्यो घुम्टोलाई उघारेर सूर्यले बाहिर निस्कने हिम्मत नै गरेनभन्दा पनि हुन्छ।

हामीले दार्जिलिङमा हेर्ने सबैभन्दा मुख्य महत्वको स्थान भनेको यही थियो। अघिल्लो दिन इलामको श्रीअन्तु डाँडोमा जान इन्कार गरेका हामी त्यही पनि सूर्योदय देख्न पाएनौँ। हाम्रो त्यहाँको बसाइ एक दिनको मात्रै थियो। अघिल्लो दिन पुगेका हामी त्यही दिन नै फर्कनु पर्ने थियो। कतिपय साथीहरुहरु थप एकदिन बसेरै भए पनि सूर्योदय हेरेर जानुपर्छ भनेर ढिपी गर्न थाले। हामीलाई लैजाने एजेन्सीसँग गरेको सहमति र तिरेको पैसा पनि एक दिनका लागि मात्रै थियो। त्यसकारण थप एक दिन बस्दा खर्च र समय दुवैका हिसाबले महँगो पर्न जाने भएकाले सरहरु त्यसो गर्न तयार हुनुभएन्।

खाना खाएपछि हामी लाग्याैँ गंगामाया पार्कतर्फ। खोल्साखाल्सीलाई सिंगारपटार गरिएको त्यो पार्क हाम्रा लागि आकर्षणको विषय बनेन्। उनी हाम्रा खोलाखोल्सा भन्दा आकर्षण त्यहाँ केही थिएन्। पार्कको बीचमा रहेको ताल र त्यस तालमा डुंगा खियाउन पाउनु भने हामी सबैको आकर्षणको केन्द्र बन्थो।

दिउँसोको ४ बजे र समय उकालो लाग्दैे थियो। खोचको बीचमा रहेको त्यो पार्कबाट घाम अगाडि नै विदावारी भइसकेको थियो। पुसको दिन पाँच साढे पाँचमै अँध्यारो सरु भइहाल्थ्यो। पार्कबीचको त्यो तालमा डुंगा बाँधेर राखियो थियो। साथी टीकाराम र मैले एउटा डुंगा फुकायौं र खियाउन सुरु गर्यौं।

सँगसँगै गणेश सर र अर्का साथी गणेश सुवेदीले अर्को डुंगा खियाउन सुरु गरे। डुंगा पाइडलवाला भएका कारण चलाउन सजिलो थियो। डुंगा लिएर हामी जब तालको बीचभागमा पुगेका थियौँ। तालको एक छेउमा उभिएर हामीलाई हेरिरहेका साथीहरुमाथि कसैले लाठी प्रहार गरिरहेको देख्यौँ। दुई जान सेक्युरिटी गार्डको ड्रेस लगाएका व्यक्तिहरुले हाम्रा साथीहरुमाथि भकाभक लाठी प्रहार गरिरहेका थिए। उनीहरुले केटाकेटी केही नहेरी लाठीले हान्न थालेपछि हामी ताल बाहिर निस्कियौँ।

‘गोर्खालीको छोरा भएर बडा अंग्रेजी र हिन्दी मिसाएर बोल्ने’, हामी तालबाहिर निस्कँदै गर्दा गार्डले बोलेको सुनियो।

‘हिन्दी अंग्रेजी हामीलाई पनि आउँछ’, एउटा गार्ड चर्को चर्चाे स्वरमा भनिरहेको थियो, ‘आइ डन्ट नो मालुम’ भन्ने। दुईमध्ये एक खुबै रिसाएको थियो। आँखा रातारात बनाउँदै उसले साथीहरुमाथि आक्रमण गरिरहेको थियो। उनीहरुको रिस डुंगा चलाएका हामीमाथि रहेछ। कुटाइ भेटे छेउमा उभिने साथीहरुले। कुरा बुझ्दै जाँदा ४ बजेपछि उक्त तालमा डुंगा चलाउन नपाइने व्यवस्था रहेछ। करिब सबा ४ बजे पुगेका हामीहरुले डुंगा चलाउँदा उनीहरु त्यसको अफिस नै बन्द गरेर हिँडिसेका रहेछन्। त्यही बेला हामी त्यहाँ पुगेका रहेछौँ।

सुरुमा डुंगा चलाएकोमा रिसाएका उनीहरु पछि कसको अनुमतिमा चलाएको भन्दा एकजना साथीले ‘आइ डन्ट नो मालुम’ भन्ने जवाफ दिएका रहेछन्। त्यसपछि उनीहरुको रिसको पारो ह्वात्तै बढेको रेहछ।

ती दुबै गार्ड नेपाली भाषी रहेछन्। नेपाल पुख्र्यौली घर भएका र भारतमा बसे पनि नेपालालाई नै देशजस्तो ठान्ने उनीहरुलाई नेपालीले अंग्रेजी र हिन्दी मिसाएर बोलेको मन परेको रैनछ। त्यसकारण उनीहरु त्यो साथीमाथि खनिएका रहेछन्। त्यसो त दार्जीलिङमा हामीले भेटेका र कुरा गरेका धेरैजसो मानिसहरुले नेपाली भाषा नै बोल्थे। कतिसम्म भने केही मानिस त शुद्ध नेपाली भाषा मात्रै बोल्थे। उनीहरुले नेपाली बोल्दै कहीँ कतै पनि अन्य भाषा मिसाउँदैनथे।

हामीले धेरै अनुरोध गर्दा पनि उनीहरु हामीलाई माफी गर्न तयार भएनन्। डुंगा चलाएको भन्दा ठूलो इस्यु बन्यो हिन्दी र अंग्रेजी बोलेको विषय। उनीहरुको पटक पटक नेपाली भएर अंग्रेजी र हिन्दी मिसाएर बोलेको भन्दै त्यो साथीलाई बाघले बाख्रा झम्टेझैँ झम्टिरहन्थे। डुंगा चलाएका हामीहरुतिर हेर्दै उनीहरुले भने, ‘तिमीहरुलाई माफ भो जाओ तर यसलाई चाहिँ हामी छाड्दैनौँ।’ उनीहरुले त्यो साथीलाई समातेरै बसे। पछि सरहरु नै आएर माफी मागेपछि मात्र उनीहरु शान्त भए र आइन्दा नेपाली मात्रै बोल्ने सर्तमा त्यो साथीलाई छाडिदिए।

उतिबेला मलाई उनीहरुले किन त्यस्तो व्यवाहार गरे भन्ने कुराले खासै छोएन। मुख्य कुरा भनेको हामीले डुंगा चलाउनु गल्ती थियो। तर, उनीहरु त्यो गल्तीलाई छाडेर किन भाषाको विवाद झिके? त्यो उनीहरुको नेपाली भाषाप्रतिको माया थियो कि नेपाली प्रतिको आक्रोश? उनीहरले आफूहरु नेपाली भाषी भए पनि अपमान गर्नका लागि हिन्दी र अंग्रेजी मिसाएर बोलेको भन्ने ठानेका त होइनन्? अहिले मेरो मनमा एउटा प्रश्न उब्जिरहेको छ।

जसरी यता सरकारलाई र विशेषगरेर ‘राष्ट्रवादी’ नेपालीहरुलाई नेपाली बोल्ने आफ्नै जस्तो लाग्छ त्यसैगरी उनीहरुले पनि नेपालीलाई आफ्नै ठानेका त होइनन्? अथवा भारत सरकार र स्थानीय सरकारबाट नेपालीको आरोपमा दमनमा परेको आक्रोशको अभिव्यक्ति त होइन? यी दुईमध्ये जे भए पनि भूगोलका हिसाबले पुरानो साइनो र सम्बन्ध जेस्तो भए पनि हामी दुई देशका नागरिक थियौँ। भाषाका हिसाबले उनीहरु र हामी दुवैले नेपाली नै बोल्थ्यौँ तर मानसिलाई जोड्नका लागि भाषा एक माध्यम भए पनि त्यो पर्याप्त कुरा हो जस्तो मलाई लाग्दैन्।

नेपाली मूलकै भएका कारण उनीहरुमाथि पनि उत्पीडत भएको हुनसक्छ, भएको छ पनि। जसरी नेपालमै पनि बेलाबेला अन्य भाषाभाषीमाथि उत्पीडन भएको छ।

१४ वर्षपछाडि पनि मनमस्तिष्कमा त्यो गोर्खे लौरोको याद ताजा भएर आइरन्छ। गोर्खे लौरोको स्पर्स भेट्ने साथीहरु प्रदीप, नवराज, उषा, मनमाया, कालिका, लीलालगायतको याद पनि उस्तैगरी ताजा भइरहन्छ।

प्रकाशित ३ कार्तिक २०७५, शनिबार | 2018-10-20 16:50:03
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।