ब्लग

विवाहअघि यौन सम्बन्ध राख्नु रियाको के गल्ती?



Kshamadevi Group


सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

रियाकी साथीले जवाफ दिइन, ‘रियाको विवाह भएको थिएन तर उनी गर्भवती भएकी रहिछन्। केटा साथीले धोका दिएर विदेश गएपछि उनले आत्महत्या गरेकी रहिछन्।’

बिहान उठेपछि पत्रपत्रिका सरर पढ्ने मेरो पुरानै बानी हो। पत्रिकाका प्रायः पेज राजनीतिक समाचारले भरिएका हुन्छन्, सँगसँगै श्रद्धान्जली अर्पण गरिएका विज्ञापन धेरै भेटिन्छन्।

श्रद्धान्जली र बधाई व्यक्त गरिएका विज्ञापन उस्तै उस्तै देखिने भएकाले कयौं पटक म बधाईमा छापिएको तस्बिर श्रद्धान्जली र श्रद्धान्जलीमा छापिएको तस्बिर बधाईका लागि होला भनेर झुक्किएको छु।

केही दिनअघि भने अलि बेग्लै अवस्था आयो। सधैं झैं पत्रिका पढ्दै जाँदा एउटा श्रद्धान्जलीको तस्बिरमा मेरा आँखा रोकिए। तस्बिर हेरें चिनेकै व्यक्ति र नाम– मेरै कलेजकी विद्यार्थी रिया।

रियाको मृत्युको खबरले म अच्चमित भएँ। मन चस्स भयो। उनी भर्खर २०–२१ बर्षकी त थिइन। मेरो मनमा प्रश्न उठ्यो– यति कलिलै उमेरमा कसरी उनको मृत्यु भयो?

तुरुन्तै रियाकी साथीलाई फोन गरेर सोधें। उनले रुँदै जवाफ दिइन, ‘सर उनको मृत्यु सामान्य नभएर आत्महत्या हो।’

मैले आत्माहत्याको कारण सोधें।

उनले जवाफ दिइन, ‘रियाको विवाह भएको थिएन तर उनी गर्भवती भएकी रहिछन्। केटा साथीले धोका दिएर विदेश गएपछि उनले आत्महत्या गरेकी रहिछन्।’

सारै दुःख लाग्यो।

रिया निकै मेहनती विद्यार्थी थिइन। स्नातक सकेर जागिर खान्छु भन्थिन। एकदिन उनले मसँग खुलेर भनेको सम्झना छ, ‘सर मेरो घरको आर्थिक अवस्था राम्रो छैन। त्यसैले बिहान कलेज आउँछु, दिउँसो काम गर्छु।’

कहाँ काम गछ्र्यौ भनेर मैले कहिल्यै सोधिनँ। तर उनी बारम्बार भन्थिन, ‘सर पढाईसँग मिल्ने जागिर पायो भने मिलाई दिनु है।’

मैले हुन्छ भनेपनि मिलाउन सकेको थिइनँ।

सामाजिक विकासको विद्यार्थी तथा शिक्षक भएकाले रियाको मृत्युबारे मेरो मनमा अनेक कुरा खेल्न थाल्यो। विवाह अगाडि उनले यौन सम्बन्ध किन राखिन? यद्यपी यो उनको नितान्त व्यक्तिगत विषय र अधिकार हो। यौन सम्बन्ध राखेपनि गर्भ निरोधका साधन किन प्रयोग गरिनन्? गर्भवती भएर केटा भाग्दैमा आत्माहत्याकै बाटो किन समातिन? गर्भपतन गर्नतिर किन लागिनन्? के उनलाई गर्भपतनको बैधताबारे थाहा थिएन?

विवाह अगाडिको यौन सम्बन्ध हाम्रो समाजमा राम्रो र नैतिक मानिँदैन। तर तथ्यांकले देखाउँछ १५ देखि २४ बर्षका पुरुषमध्ये २०–२५ प्रतिशतले विवाह पूर्व यौन सम्बन्ध राख्छन्। समाजले विवाह पूर्वको यौन सम्बन्धलाई स्वीकार नगरेपनि परिवर्तित आधुनिक समाजमा यो शुन्य भने छैन। बढ्ने क्रममा छ।

रोजगारी र आफ्नो सामाजिक स्ट्याटसका लागि पनि अचेल प्रायः किशोर किशोरी उच्च शिक्षा लिने चाहना राख्छन्। उच्च शिक्षा नभए आत्मनिर्भर हुन सकिंदैन भन्ने मान्यता बढ्दै गएको छ। औपचारिक अध्ययन सकेर आत्मनिर्भर हुने क्रममा युवाहरू २५ बर्ष आसपास पुगिसकेका हुन्छन्।

अब प्रश्न उठ्छ– २५ बर्षको उमेरसम्म युवाहरू यौन सम्बन्ध नराखी बस्छन् त? हामीले सुने देखेका छौँ कतिपय पुरुष यौनकर्मीसँग यौन इच्छा पूरा गरिरहेका हुन्छन्। धेरै युगल जोडीले पनि सम्बन्ध राखिरहेकै हुन्छन्। सायद पुरुष प्रधान समाज भएकाले होला महिलाले विवाह पूर्व यौन आकांक्षा वा सम्बन्ध राख्न हुन्छ कि हुँदैन भन्ने विषयमा हामी अहिले पनि संकीर्ण रहँदै आएका छौं।

विवाह पूर्व यौन सम्बन्ध राख्नु हुँदैन भन्ने सोच लैंगिक विभेद वा महिलाका लागि तगारो हुनसक्छ। रियाले विवाह पूर्व यौन सम्बन्ध राखिन भन्दैमा उनले जघन्य अपराध गरिन भन्ने होइन। तर उनले आफ्नै सुरक्षाका लागि पनि गर्भनिरोध वा सुरक्षित यौन सम्बन्धबारे सोच्नु पर्थ्यो। शिक्षकको नाताले हामीले पनि उनलाई यस सम्बन्धी उचित जानकारी दिन सक्नु पथ्र्यो।

बदलिँदो परिस्थितिमा किशोर किशोरी तथा युवालाई संभावित सामाजिक र शारीरिक जोखिमबाट जोगिन शिक्षा र तालिम दिन आवश्यक छ। रियाले समाजसँग डराएर वा समाजलाई सामना गर्न नसकेर आत्महत्याको बाटो रोजिन। त्यस विपरित उनले त गल्तिबाट सिक्दै जीवनलाई नयाँ मोड दिनु पथ्र्यो।

त्यसैले म युवाहरूलाई के भन्न चाहन्छु भने, यदि विवाह पूर्वको यौन सम्बन्धलाई नकारात्मक रुपमा लिन्छौ भने सम्बन्ध नै नराख। तर यो नितान्त व्यक्तिगत अधिकारको विषय हो। र, आफ्नो अधिकारको प्रयोग गर्ने हो भने त्यसबाट आउन सक्ने अप्ठेराहरू डटेर सामना गर्ने आँट पनि राख्नु पर्छ।

परम्परागत रुपमा नराम्रो मानिएका कतिपय संस्कार र जीवन शैली समयसँगै परिवर्तन भइरहेका हुन्छन्। दुई दशक अघिसम्म गर्भपतन र अन्र्तजातीय विवाह अबैध वा असामाजिक मानिन्थ्यो। तर आज त्यो सामान्य बनेको छ। त्यसैले विवाह पूर्वको यौन सम्बन्ध ठिक बेठिक वा राम्रो नराम्रो भन्नु भन्दा पनि यो समय अनुसार परिवर्तन भइरहेको विषय हो।

उमेर पुगेका युवालाई विवाह पूर्व पनि यौन सम्बन्ध राख्ने अधिकार छ। यसलाई कसरी सुरक्षित र अनुकुल बनाउने भन्ने सम्बन्धित व्यक्तिले निर्धारण गर्ने विषय हो।

प्रकाशित २४ असोज २०७५, बुधबार | 2018-10-10 19:01:30
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...