ब्लग

‘रक्त क्यान्सरले मलाई असल बन्न प्रेरित गर्‍यो’


Infocus



NIC ASIA

सन् २०१७ मार्च १५ दिन म उत्तर प्रदेशको बागपतमा भारतीय वायुसेनाको बेसक्याम्पस्थित गरुड कमान्डोको प्रोफाइलमा डकुमेन्ट्री बनाउन व्यस्त थिए।

जब रात प¥यो तब मात्रै मलाई याद आयो कि मैले दिउँसोे कामका समयमा आएको फोन कललाई उठाउन सकेको थिइनँ। साथै त्यही समयमा मैले एक मेडिकल रिपोर्ट लिनुपर्ने पनि सम्झिएँ। मैले रिपोर्ट लिनुपर्ने ठाउँको नम्बरमा फोन डायल गरे। त्यस नम्बर अस्पतालको रहेछ। फोन एक महिलाले उठाएकी थिइन्। उनले फोनमा केही भन्न नसक्ने बताउँदै इमेल गर्ने बताइन्।

मेरो गर्दनको बायाँतर्फ एक गाँठो थियो। त्यसको उपचारको लागि मैले केही दिनदेखि औषधि सेवन गरिरहेको थिए। तर, औषधिले कुनै असर गरेको थिएन।

मैले इमेलमा आफ्नो मेडिकल रिपोर्ट प्राप्त गरे। जब रिपोर्ट पढे। मैले शंका व्यक्त गर्दै डाक्टरसँग यसबारे जान्ने प्रयास गरे। डाक्टरले धेरै आत्तिनुपर्ने कुरा नभएको बताए पनि मेरो शंका सही ठहर भएको थियो।

डाक्टरले मलाई ‘नन हजकिन लिम्फोमा’ भएको बताए। यो एक प्रकारको रक्त क्यान्सर थियो। यो सुनेर मेरो अवस्था नाजुक बन्यो। दिमागले केही सोच्न सकिरहेको थिएन। जब मलाई मेरो जीवन अब सामान्य बन्दैन भन्ने महसुस भयो तब मैले मेरो डायरीमा लेखे, ‘म यससँग राम्रो तरिकाले लड्नेछु। म वाचा गर्छु कि मेरो उत्साह, मेरो माया र मेरो हृदयको मानवता आजबाट अझ बजबुत हुन गइरहेको छ। म कसम खान्छु, यसले केही फरक पर्ने छैन। म बाहिर निस्केरै छाड्नेछु। चियर्स।’

मेरो मस्तिष्कमा रक्त क्यान्सरका केही दृश्यहरु विस्तारै आइरहेका थिए। यससम्बन्धी सम्पूर्ण जानकारी लिन म केहिदिन डाक्टरको सम्पर्कमै रहे। मैले यसका बारेमा आमालाई भन्नु थियो। आमालाई यसबारे कसरी भन्नु? सबैभन्दा ठूलो चिन्ताको विषय थियो यो। उहाँ मुम्बईमा एक्लै बस्नुहुन्थ्यो। मलाई आमाको मन दुखाउन मन थिएन। तर, जब मैले उहाँलाई यसबारे भने। आमाले मलाई साहास दिनुभयो जसले मलाई शक्ति प्रदान ग¥यो।

टेलिभिजन पत्रकारको रुपमा हामीलाई दर्शकले टिभीमा देखेर चिन्छन्। तर हामी उहाँहरुलाई देख्न सक्दैनौं। मलाई यस रोगबाट कसरी बाहिर निस्कने भन्ने कुनै उपाय थाहा थिएन। मेरा आफन्त र शुभचिन्तकहरुले मेरो बारेमासोध–खोज गर्न सुरु गर्नुभएछ।

जब कसैले मेरो स्वास्थ्य अवस्थाका बारेमा सोध्थे मैले सबैलाई आफ्नो अवस्थाका बारेमा सही बताए। मानिसहरुले मलाई सहयोग गर्ने बचन दिए। केहीले आफ्नो व्यक्तिगत घटना सुनाए भने स्वास्थ्य लाभको शुभकामना पनि व्यक्त गरे। आफन्तहरु र शुभेच्छुकको स्नेह यति धेरै पाएँ कि त्यसले मेरो उपचारको काम ग¥यो।

म एकदमै भाग्यशाली थिए किनभने ममाथि रक्त क्यान्सरको कुनै लक्षण देखिएन्। परीक्षणबाट थाहा भयो कि म रोगको प्रारम्भिक चरणमै रहेछु। अब केही पीडा र कष्टदायी अनुभव सुरुवात हुन बाँकी नै थियो। अप्रिलको मध्यसम्म मैले राजधानी दिल्लीस्थित ‘राजीव गान्धी क्यान्सर संस्थान तथा अनुसन्धान केन्द्र’का डाक्टर दिनेश भूरानीको अनुगमनमा ६ पटक किमोथेरापी गराइसकेको थिए।

जसले किमोथेरापी गर्छन् उनीहरुमा कयौँ असरहरु देखिने गर्दछन्। यसले शरीर दुख्ने, निद्रा नलाग्ने, व्यवहार परिवर्तन लगायतका समस्या सृजना गर्दछ। मेरा लागि त्यस समय आफ्नो शरीरको राम्रोसँग हेरचाह गर्नु थियो। तर त्यसबीचका ‘के हुन्छ यदि’ यी शब्दहरुले कहिल्यै साथ छाडेन। म पढ्थे, लेख्थे र जे सिक्न सक्थे, सबै सिके। अलार्म नलगाई सुत्थे, तर सबेरै उठेर ध्यान गर्थे जसले मेरो स्वास्थ्यमा सुधार देखिँदै गयो।

त्यो समय म क्यान्सरबाट मृत्यु भएका खबरदेखि टाढा बस्न चाहेँ किनभने त्यस्ता खबरले मलाई डर सृजना गर्दथ्यो। तर, मैले यस्ता मानिस पनि भेट्टाएँ जसको अवस्था मेरोभन्दा नाजुक थियो। उनीहरुको मृत्युको खबरले मन दुखित् बन्थ्यो।

एक वर्षअघि र त्यसपछि मेडिकल परीक्षण गराउँदा मेरो शरीरमा क्यान्सरका कोषिका भेटिएन। त्यस समय डाक्टरले मलाई घुमफिर गर्न अनुमति दिए। त्यसअघि म ६ महिनासम्म घरबाट निस्केको थिइन्। श्रीमतीविना क्यान्सरसँग लड्ने मेरो क्षमता थिएन। उनलाई मैले क्यान्सर नहुँदादेखि नै मजबुत सोचको कारण मान्दथे। उनी एक पल मेरा लागी साथी बन्थिन अर्को पल उनले मलाई प्रहरी जसरी गाली गर्थिन। उनले मलाई यसरी हेरचाह गरिन् कि उनी मेरो शक्ति बनिन्। समयमा खाना दिनेदेखि इन्फेक्सनबाट टाढा रहन उनले मलाई सहयोग गरिन्। मेरो रोगको कारण उनलाई समेत तनाव थियो। त्यसैले मैले आफ्नो स्वास्थ्यलाई अधिकरुपमा ध्यान दिए।

क्यान्सर हुनुका पछाडि अलग–अलग व्यवहारलाई जोड्ने गरिन्छ। तर यस रोगले जसलाई पनि प्रभावित पार्न सक्छ। क्यान्सर सुरुवातमा कमजोर हुन्छ। सुरुवातमै उपचार भए क्यान्सरलाई नियन्त्रण गर्न सकिने चिकित्सक बताउँछन्।

मलाई के कारणले क्यान्सर भएको हो भन्ने कुराको जवाफ विज्ञानले दिँदैन। अन्यलाई छाडौं म आँफै निकै कठोर थिए। म सधैं दुःखी र असन्तुष्टि व्यक्त गर्दथे। धेरै पाउने इच्छामा म आफ्नो शरीर र मस्तिष्कमा अनावश्यक तनाव घुसाइरहेको थिए। म त्यस्तो मानिसको भिडमा पर्दथे जसले जीवनलाई कामसँग तुलना गर्दथ्यो। म दिनभरी काम गरेर मात्र ५ घण्टा सुत्थे। शारीरिक कसरत गर्ने समय भएपनि खानाको सौख र कामको चापले मलाई शारीरिक कसरतको मतलब भएन। सायद तनावले हाम्रो शरीरमा जस्तो असर गर्छ, हामीहरु प्रायः त्यसलाई वास्ता गर्दैनौ। आज डेढ वर्षपछि आफ्नो शरीर र मनबाट गहिराईसँग जोडिएको महसुश गर्छु। म अझै यस सम्बन्धलाई मजबुत बनाउन चाहन्छु। म अझै धेरै, हाँस्न, नाँच्न, गाउँन चाहन्छु। जुन कुराबाट म टाढा हुन्थे, त्यसलाई लिएर आज म गम्भीर छु।

बिमारी भएको अवस्थामा मैले जहिल्यै त्यस्ता मानिसलाई देख्थे जसले सामान्य रुपमा आफ्नो जीवन गुजार्न सक्थे। उनीहरु आफ्ना प्यारा व्यक्तिसँग रेष्टुरेन्ट, पार्क, फिल्म हेर्न जान्थे। तर उपचार भइरहेका कारण म त्यसरी बाहिर निस्कन सक्दिनथे।

म रोगीहरुलाई सेवा गरिरहेको समूह समेत देख्थे। कुनै अस्पतालमा पाइला राख्दासाथ तपाईंले अन्यलाई मद्दत गर्ने मानिसहरु भेट्नु हुन्छ। हामीलाई कयौंपटक कष्ट कति ठूलो हुन्छ भन्ने थाहै हुँदैन। तर तपाईंलाई माया गर्ने, देखभाल गर्ने टाढाका मानिसहरु पनि हुन्छन्।

मुहारबाट हामी हाम्रा आसपासका मानिसहरुको समस्या थाहा पाउन सक्दैनौ। सबै आफ्नै समस्याबाट गुज्रिरहेका हुन्छन्। तर हामीबीचनै यस्तो शक्ति छ जसले हामीलाई बाँच्न प्रेरणा दिन्छ। यही विचारले मेरो मनमा सबैप्रति संवेदना भरिदियो। म अब क्रोध, कुविचार, इष्र्याजस्ता नकरात्मक भावना कसैप्रति राख्न चाहन्न। कसैले नराखोस् भन्ने चाहन्छु।

मेरो जीवनमा गुज्रिएका समयले मलाई स्वास्थ्य रहनुको मुख्य कारण सिकायो। आत्मा खुशी भए हामी स्वास्थ्य हुन्छौ।

क्यान्सर एक गम्भीर समस्याका रुपमा मेरो जीवनमा आयो। धन्य, त्यस समस्यालाई मैले सही तरिकाले पार गरे। तर क्यान्सरले मलाई फेरी एकपटक नयाँ जीन्दगी व्यतित गर्ने मौका प्रदान गरेको छ।

बीबीसी हिन्दी

 

प्रकाशित ३१ भदौ २०७५, आइतबार | 2018-09-16 14:14:52
Max TV
Max TV
Zen Travels

author photo

जुगल पुरोहित बीबीसी हिन्दीका संवाददाता हुन


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नवीन न्यौपाने

    सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

    ‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा...

  • भुटानका नेपाली भाषी सांसद

    भुटानमा सांसद बने नौ जना नेपाली भाषी, मन्त्री पनि बन्लान?

    नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

  • ग्रेटवाल

    बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि

    ग्रेटवालको भित्तामा कोरिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि नेपाली मात्रैले गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट...

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।