बिमस्टेकले काठमाडौंको बेहाल, बेइजिङमा छैन कुनै चाल




बेइजिङमा पनि अहिले अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ। तर त्यसका कारण यहाँका जनता आतंकित भएको सुनिँदैन। यहाँ पैदल यात्रुहरूलाई समेत हिँड्न वा ठाउँ ठाउँमा ट्राफिकबाट रोकिनुपर्ला भन्ने चिन्ता छैन।

हुन त नेपालमा बिम्स्टेक सम्मेलन आयोजना गरिनु चीनको चासोको विषय नहुनसक्छ। तथापि काठमाडौं बिम्स्टेक सम्मेलनको हतारिलो तयारी चल्दै गर्दा उत्तरी छिमेकी चीनमा पनि चीन–अफ्रिका सहयोग मञ्चको तयारी चलिरहेको छ। सेप्टेम्बर ३–४ मा बेइजिङमै यो मञ्च हुँदैछ भनेर राजधानी बेइजिङवासीलाई कुनै झर्कोफर्को गरिरहनुपरेको छैन। त्यसैले अधिकांश सर्वसाधारणलाई के हुँदैछ भन्नेबारे जानकारीसम्म छैन। सडक किनारामा फूलका लोभलाग्दा कलाकृतिहरू, पुष्पलताहरू हुर्किरहेका छन्। सेल्फी खिच्नेबाहेक उनीहरूमा खासै सरोकार शायदै देखिन्छ।

नेपालमा यतिखेर बिम्स्टेकको महाकुम्भ चल्दैछ। हुन त नेपालसहित सातवटा देश (भारत, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, म्यानमार, भुटान) यसका सदस्य छन्, सम्बन्धित देशबाट प्रतिनिधिहरू राजधानी आए। तर यो महाकुम्भ महसुस हुनुका पछाडि राजधानी र आसपासका सर्वसाधारणको जीवन प्रत्यक्षतः प्रभावित भएकाले पनि हो। त्यसो त हरेक पटक सरकारहरूले अन्तर्राष्ट्रिय सम्मेलन गरे भने यस्तै कोलाहल र शास्तीको सामना गर्नुपर्ने हुन्छ, देशमा जसरी घरिघरि घरेलु राजनेताहरूको सवारीमा पनि हुने गर्थ्यो।

सूचनाको सहज पहुँच भएर पनि होला, राजधानीमा को उत्रिँदैछ भन्ने कुराको आभाष हरेक नेपालीलाई हुन्छ। किनकी पाहुना अलि गतिलै पर्यो भने जमिनदेखि आकाश नै थर्कमान हुन्छ, सरकार, सुरक्षा निकाय हतासिन्छ। बाटो टक्क रोकिन्छ, उडान ठप्प हुन्छ। प्रत्यक्ष अप्रत्यक्ष प्रभावित कैयन् नागरिक हुन्छन् नै। व्यवस्थापन गर्न नसक्ने भएकाले सरकारले स्कूल बन्दको घोषणा गरिदिन्छ। राज्यले स्कूल बन्द गरेको कुरा बेइजिङमा पनि सुनिन्छ। भीषण प्रदूषण भएका कारण कुनै दिन स्कूल नै बन्द गरेका उदाहरण विगतमा सुनिन्थे। अर्थात् त्यस्तै कुनै विपत्ति आइलाग्यो भने यहाँको सरकारले नै स्कूल बन्द गर्छ।

राजधानीमा बिमस्टेक सम्मेलनका दौरान् ट्राफिक व्यवस्थापन गर्न नसकेर सरकारले जोरबिजोर प्रणाली लागू गर्यो। त्यस्तो जोरबिजोर प्रणाली त चीनमा वर्षौंदेखि हरेक दिन चल्दै आएको छ। तर यो आसन्न सम्मेलनका लागि होइन, जाम र प्रदूषण न्यूनीकरणका लागि हो। यहाँको जोरबिजोर प्रणालीले सार्वजनिक यातायात प्रभावित भएको सुनिँदैन। पूर्व जानुपर्ने मान्छे पश्चिमोत्तर हुँदै जानुपर्ने अष्टावक्र शैलीको रूट यहाँ चलेको सुनिँदैन।

चीन घुमेका कतिपय नेपालीहरूले तीनकुनेको जामलाई बेइजिङको जामसँग तुलना गर्छन्। जामका बेलाको तीनकुनेको हल्लाखल्ला, चर्काचर्की, चिड्चिडाहट्, गाडीको धुँवाको मुश्लो, हर्न तथा घ्वार्घ्वार घुर्घुर्, चालकहरूको चर्को असन्तुष्टीहरू गुञ्जिएको अवस्थितिलाई बेइजिङको जामसँग तुलना गरिनुपनि हाम्रो सौभाग्य नै मान्दा हुन्छ।

बेइजिङमा पनि अहिले अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ। तर त्यसका कारण यहाँका जनता आतंकित भएको सुनिँदैन। यहाँ पैदलयात्रुहरूलाई समेत हिँड्न वा ठाउँ ठाउँमा ट्राफिकबाट रोकिनुपर्ला भन्ने चिन्ता छैन। गाडीहरू सडकमा थुप्रिए भन्दैमा साइकल चलाएर गन्तव्यमा जान चाहनेका लागि साइकल लेन अवरूद्ध भएका छैनन् वा कोच्चिएर मेट्रो चढ्ने पनि सुविधा छ नै।

त्यसो त सम्मेलन जस्तो महाविपत्ति (हतास मनस्थितियुक्त निकायका लागि) का बेला सरकारी कार्यालय बन्द गरिदिँदा नेपाली सरकारी कर्मचारीहरू शायदै उफ्रिन्थे। ‘सरकारी काम, कहिले जाला घाम’ भन्ने उखान उसै बनेको होइन नि। सरकारले यसरी जनतालाई शास्ती दिएर गरेको महान सम्मेलनको उपलब्धी उसको सफलता सूचीमा सूचीकृत गरिएला तर जनताको नजरमा यो नित्तान्त दुःखदायी घटना हो। डेनमार्क, फ्रान्स लगायतका देशका उच्चपदस्थ अधिकारीहरूले साइकल चढेका तस्वीरहरू नेपाली सामाजिक सञ्जालमा भाइरल हुनुपर्ने अवस्था शायदै आउँथ्यो।

नेपालले कुनै सभा सम्मेलन गर्नुपर्यो भने भ्रष्टाचार, अनियमितता गर्नका लागि धेरै ब्ल्याकहोलहरू देखापर्ने रहेछन्। लाज छोप्नकै लागि जस्तापाताहरू सडक किनारामा उभ्याइन्छन्, फ्लेक्स र तुल ब्यानरहरू टाँगिन्छन्, सडक किनारामा जमेका फोहर रछ्यानका खाल्डाखुल्डीहरू पनि इनामेलले सुन्दर बनाइन्छन्। शंकै छ, फोहरमा झुम्मिएका झिँगा र गुह्यकीराहरू पनि सेतो इनामेलले रंगिए कि नाइँ? हतारै हतारमा झारा टार्ने तरीकाले खुलेआम सडक, किनार, खाल्डाखुल्डीहरूमा द्रव्य खन्याइएको छ। जुन एकदुई दिनमै कौडी र कसिंगर बनेर उप्किनेछ। यस्तो कामचोर प्रवृत्तिको पुनरावृत्ति व्यहोर्न थालेको जमानादेखि नै हो।

अन्तर्राष्ट्रिय सम्मेलन कसरी आयोजना गर्नुपर्छ? कसरी सम्पदा, सडक किनारा चिटिक्क पारेर वैभवशाली बनाउनुपर्छ? जनतालाई दुःख नदिइकन कसरी स्तरीय सम्मेलन गर्नुपर्छ? कसरी विश्वलाई आफ्नो देश देखाउँदा सर्वसाधारणले स्वाभिमानपूर्वक छाती फुलाउनसक्छन् भन्ने तत्वहरू नजीकै हुनुको नाताले छिमेकी चीनबाट पनि नेपालले सिक्नसक्छ। परीक्षाको मुखमा आएर रातरातभरि टुप्पी कसेर पढ्ने विद्यार्थीको जस्तो हालत् नेपालको सिंगो सरकारको देखिन्छ। केही दिनका लागि, आँखामा छारो हाल्नका लागि, क्षणिक देखावटी टालटुल गरेर लाज छोप्नका लागि नै पनि यत्रो शास्ती हुनु दूरदृष्टिको दोष हो।

अर्को कुरा जनताले राष्ट्रको सम्पतिप्रति सम्मान गर्न जान्नुपर्छ। २०७१ को मंसीरमा भएको १८औं सार्क सम्मेलन अवधिमा सजिएको राजधानी कसरी केही दिनमै ‘बाँदरको हातमा परेको नरिवल’ जस्तो भएको थियो, भन्ने कुरा हामीले सम्झेकै हुनुपर्छ। चीनले यतिखेर बेइजिङका सडक किनारमा, विमानस्थल, थ्यानआनमन स्क्वायर लगायत चोक गल्लीहरूमा २५ भन्दा बढी भव्य पुष्पमण्डप बनाएको छ। पुष्पलता हुर्काएर फुलाइएको छ। यी चीन–अफ्रिका सम्मेलन सकिएलगत्तै जनताले चुँडाल्ने वस्तु हैनन् तर यी एक महिनापछि चीनको राष्ट्रिय दिवस मनाउन्जेलसम्म कायम राख्ने गरी उमारिएका हुन्।

प्रकाशित १४ भदौ २०७५, बिहिबार | 2018-08-30 16:39:52
Max TV
Max TV
Zen Travels
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi

लक्ष्मी लम्सालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।