मगन्तेसँग चार जम्काभेटः जोडी खोज्दिनेदेखि सडकमै लडाउनेसम्म




लोकतन्त्रमा तपाईंलाई हात हल्लाएर हिँड्ने छुट छ तर तपाईंको हातले अर्काको नाकमा ठोक्किनु भएन। कसैलाई सहयोग गर्ने विषय स्वेच्छिक बनोस्, जबर्जस्ती होइन।

माग्नेलाई जेल सजाय गर्ने भन्ने नयाँ कानुनी व्यस्थाबारेको बहसले यतिबेला सामाजिक सञ्जाललाई तताएको छ।

 यो बहसमा सहभागी अधिकांशः फेसबुक, ट्विटर प्रयोगकर्ताले रमाइलोसँग टिप्पणी गरेका छन्, ‘मागेर चलेको देशमा अर्को माग्ने व्यक्तिलाई जेल हाल्ने रे!’

सडकमा बसेर माग्न नपाइने व्यवस्था किन राम्रो हो र किन राम्रो होइन भन्ने तथ्यगत बहस हुन सकेको छैन। बरु त्यसलाई अरु पक्षसँग जोडेर व्यंग्य गर्ने, रमाइलो गर्ने प्रवृत्ति देखिएको छ। आज भदौ १ देखि माग्न प्रतिबन्ध लगाउने कानुन कार्यान्वयनमा आएको छ। यसै सन्दर्भमा मैले अनुभव गरेका चार घटना यहाँ प्रस्तुत गर्न चाहन्छुः

खुट्टा समातेर नछोडेपछि
झन्डै आठ वर्षअघि म महोत्तरीमा थिएँ। रेडियोमा काम थालेकी मलाई ४ बजेको समाचार पढ्नुपर्ने थियो। त्यतिबेलै जरुरी एउटा काम परेर चोक निस्किनुपर्ने भयो। काम सकेर हतारहतार रेडियो फर्किदै थिएँ, बाटोमा एउटी नानीले बाँसको ढकिया मतिर तेस्र्याएर बाटो छेकिन्। मैले पैसा बोकेकी थिइनँ। पर्यो फसाद ! हातमा मोबाइल मात्रै थियो। पैसा बोकेको भए १०–२० रुपैयाँ दिन मलाई समस्या हुने थिएन। ‘नानी मैले पैसा बोकेको छैन बाटो नछेक ल यसरी’, मेरो साहनुभूतिको श्वरले उनी झन् जबर्जजस्त भइन्। खुट्टै समाइन्। बीच चोकमा मलाई निकै अप्ठ्यारो महसुस भयो। अगाडि पुलिस बिट, त्यसको नजिकै बस स्टप। पैसा दिउँ आफूले पैसा बोकेकै छैन। नदिउँ उनी बाटो छोड्नेवाला छैनन्। रिस पनि उठ्यो। के गरौं, के नगरौंजस्तो भयो। केही सीप नलागेपछि मैले हातमा भएको मोबाइल उनको ढकियामा राखिदिएँ र अगाडि बढ्न खोजेँ। त्यो भन्दा अरु बिकल्पै थिएन मसँग। त्यसपछि भने उनलाई लागेछ क्यारे मसँग साँच्चै पैसा छैन। मोबाइल भने लिइनन्। एक त बीच सडकमा मलाई लाजमर्नु भयो। अर्को समाचार भन्ने समयभन्दा म ढिलो रेडियो पुगेँ। धन्न अर्को पनि साथी हुनुहुन्थ्यो र समाचार रोकिएन।

जब हुँदै नभएको जोडी बाँधियो
माग्ने मान्छे सधैं एक्लै हिड्दैनन्। कतिपय समूहमा पनि हिँड्छन्। ३ वर्षअघि भर्खर काठमाडौं आएको थिएँ। एक दिन पाटन दरबार स्क्वायर घुम्न निस्किएँ। एक्लै। केहीबेर घुमिसकेपछि एकठाउँमा बसेँ। म भएको ठाउँमा तीनजना भाइहरु आए। तीनैजना माग्ने रहेछन्। तीनमध्ये एक अलि बाठो। आफैं मसँग बोल्न आयो। उसले सुरुमै दुईवटा प्रश्न गर्याे, ‘आज एक्लै आउनुभएको ? दाइ आउनुभएन ?’ उसको कुराले म तीन छक्क परें। भनें, ‘उम् आज एक्लै आएको।’ उसले अरु दुई जनासँग मेरो परिचय गरायो। आफूले चिनेको दिदी र यसअघि पनि धेरैपटक भेटेको भनेर। उसको कुराले हाँसो लाग्यो। जब कि म पहिलोपटक पाटन दरबार स्क्वाएर गएकी थिएँ।

उसले फेरि सोध्यो, ‘दाइ आज कहाँ जानुभएको छ ?’ मैले जवाफ फर्काएँ, ‘आज आउन भ्याउनुभएन। अर्को पटक आउनुहुन्छ अब ।’ उसले पत्याए झैं गर्यो। के भन्दो रहेछ भनेर सोधेँ, साँच्ची अस्ती दाइसँग तिम्रो के के कुरा भएको थियो? उ एकछिन् अकमकायो। अनि भन्यो, खै बिर्सिएँ। फेरि साथीहरुतिर फर्किएर भन्यो, ‘दाइले मलाई कत्ति माया गर्नुहुन्छ।’ मतिर फर्किएर भन्यो, ‘है दिदी ?’

मैले हो को शैलिमा टाउको हल्लाइदिएँ। उसलाई १० रुपैयाँ दिएँ र त्यो पैसाबाट किनेको खानेकुरा साथीहरुलाई पनि दिनको लागि भनेँ। पैसा पाएपछि ऊ पसलतिर दौडियो। उसका अरु दुईजना साथी पनि पछिपछि लागे। उसले मेरो हुँदै नभएको जोडी बाँधिदियो। म एक्लै थिएँ, खासै फरक परेन। धेरैपटक दाजुसँग हिँडेका बेला तपाईंहरुको जोडी सफल होस्, जुनी जुनी रहोस् भन्ने ‘आर्शिवाद’ दिएका छन्, माग्नेहरुले। मैले अनुहार रातो पार्दै शिर निहुर्याएर हिँड्नुपरेको छ। उनीहरुलाई के मतलब नाता सम्बन्ध ? पैसा पाए भयो।

विमानस्थलतर्फ जाने भुक्लुक्कै लडे
झन्डै ९–१० महिना अघिको घटना हो। बस एयरपोर्ट नजिकै पुग्दै थियो। झ्यालबाट बाहिर हेर्दै थिएँ। अलि पर एउटा नमिठो घटना देखियो। एकजना मानिस सुट्केश गुडाउँदै विमानस्थलतर्फ जाँदैथिए। सायद उनी कतै यात्रामा निस्किएका हुँदा हुन्। ४०–४५ वर्षकी एकजना महिलाले परबाट हुत्तितै गएर उनको खुट्टा यसरी समातिन्, ती व्यक्ति त्यहीँ लडे। महिलाको हातमा प्रशासनले बनाइदिएको एउटा कार्ड पनि थियो। उनी उठे पाइन्टको धुलो टक्टकाए। अनुहार कालोनिलो देखियो। तर ती महिलाको अनुहारमा ग्लानिभाव थिएन। सायद उनी यो शैलीमा माग्न बानी परिसकेकी थिइन्। मान्छे लडाएरै माग्ने लक्ष्य पूरा गर्ने कस्तो स्थिति?

न्युनतम माग्ने दर २० रुपैयाँ
बर्दिबासमा एकजना माग्ने महिला छिन्। माग्ने अरु पनि छन् तर म उनको मात्रै कुरा गर्न गइरहेकी छु। सबैले भन्छन्, उनको मानसिक सन्तुलन ठिक छैन। उनी माग्छिन् तर कम पैसा लिन्नन्। एक पटकमा २० रुपैयाँभन्दा माथि उनको रेट हो। कम पैसा दियो भने धुरन्धर गाली दिन्छिन्। बढी दियो भने आर्शिवाद। तपाईंको जोडी सफल होस् टाइपको। उनले माग्ने ठाउँ बसपार्क र गाडीमा चढेका मानिसहरु हुन्। हरेक पटक घर जाँदा र फर्किदा मैले बर्दिबासमा उनको सामना गरेकी छु। भेट नभइदिए हुन्थ्यो जस्तो लाग्छ। पछिल्लो पटक असारमा घर गएर फर्किंने बेलामा पनि उनी भेटिइन्, हामी चढेको सुमोको झ्यालमा आएर माग्न थालिन्। मैले सुरुमै उनी खुशी हुने गरीको पैसा दिएँ र गाली खानबाट बचेँ। कुनै गाउँ, नगर वा शहरमा माग्नेबाट डराएर हिँड्नुपर्ने कस्तो विडम्बना!

मुलुकी अपराध (संहिता) ऐन अनुसार अब भदौ १ गतेदेखि माग्न पाइनेछैन। ऐनको दफा १२६ मा भनिएको छ, ‘कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्षा माग्न दुरुत्साहन दिनुहुँदैन।’

भिक्षा मागे एक हजार रुपैयाँ र अरुलाई माग्न लगाएमा १० हजार रुपैयाँसम्म जरिवाना र कैदसमेतको व्यवस्था छ। पहिलोपटक मागेमा एक महिना कैद वा १ हजार जरिवाना, दोस्रो पटकदेखि प्रत्येक पटक २ महिनासम्म कैद वा २ हजार जरिवाना गर्ने ऐनमा उल्लेख छ ।

ऐनमा भिक्षा माग्नेलाई भन्दा माग्न लगाउनेलाई बढी सजायको व्यवस्था गरेको छ। ऐनअनुसार पहिलो पटक भिक्षा माग्न लगाएको भए १ वर्षसम्म कैद वा १० हजार जरिवाना र दोस्रो पटकदेखि ३ वर्षसम्म कैद वा ३० हजार जरिवाना लाग्नेछ। साधु सन्तलाई भिक्षा माग्न भने ऐनले छुट दिएको छ।

ख्याल गर्नुहोस् अर्काको नाकमा पाे ठाेक्किन्छ कि!
माग्न नपाउने कानुन बनाएर मात्र सरकारको काम पूरा हुँदैन। माग्नेहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा पनि अब सरकारको ध्यान दिन जरुरी छ। यसअघि पनि समाज सुधारका धेरै राम्रा कानुनहरु आएका हुन्। त्यसैले कानुन बन्नु मात्र अन्तिम कुरा होइन तिनको प्रभावकारी कार्यान्वयन मुख्य पक्ष हो। सडकमा बसेर माग्नेहरुका लागि हामीले सहयोग गर्नुपर्छ भने आफ्नो कमाइबाट वार्षिक केही रकम छुट्याउँला तर बाटो हिँड्दा माग्नेदेखि त्रसित भएर भाग्दै हिँड्नुपर्ने अवस्था अन्त्य हुनैपर्छ।

लोकतन्त्रमा तपाईंलाई हात हल्लाएर हिँड्ने छुट छ तर तपाईंको हातले अर्काको नाकमा ठोक्किनु भएन। कसैलाई सहयोग गर्ने विषय स्वेच्छिक बनोस्, जबर्जस्ती होइन।

प्रकाशित १ भदौ २०७५, शुक्रबार | 2018-08-17 14:24:26
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युनुस अन्सारी

    साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनुस

    प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।

  • दिल्लीमा विजयउत्सव मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह

    मोदीबाट नेपालमा फेरि हस्तक्षेपको गुञ्जायस छैन

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र चरित्रसँग भारतीय प्रधानमन्त्री मोदी परिचित छन्। असल सम्बन्ध राखेर अगाडि बढ्दा ओली उदार दिलका मान्छे छन् तर,...

  • सुवास प्रधान क्रिकेट व्यवस्थापक संस्था नेपालय इन्टरनेशनलका अध्यक्ष हुन्

    सुवासको ‘दोस्रो जीवन’ समेत क्रिकेटमै समर्पित

    २०७२ साल वैशाख १२ गते। हजारौं नेपालीलाई झै क्रिकेटर सुवास प्रधानका लागि पनि त्यो कालो दिन थियो। बल्खुस्थित उनको तीन तले घर महाभूकम्पले पूरै ध्वस्त...

  • चिनियाँ राजदूत होउ यानछी

    चिनियाँ राजदूत भन्छिन्ः नेपाल रेल ल्याउन सहज छैन, तर हामी दृढ छौं

    ‘केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रुपमा महँगो कार्य हो, यसमा लामो समय लाग्नसक्छ। तर हामीसँग काम गर्ने दृढ संकल्प छ। कामलाई निरन्तरता दिँदै जानेछौं,...