ब्लग

चिनियाँ हाइस्पीड रेल र नेपाली गुन्द्रुक ढिंडो


Infocus


चीनको हाइस्पिड रेल
चीनको हाइस्पिड रेल
सिन्ह्वा

नेपालको धीमा विकासको चित्रण पुरातन शैलीको गुन्द्रुक ढिंडोले गर्दछ। जब कि दशकभित्रै हाइस्पीड रेलले कंगारू स्टाइलमा फड्को मार्नुलाई नवीन अध्यायका रूपमा चीनमा प्रतिविम्वित गरिन्छ।

NIC ASIA

नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ६३औं वार्षिकोत्सव मनाउनका लागि बेइजिङमा ‘नेपाली खाना महोत्सव’ शुरूवात भएको अगष्ट १ तारिखका दिन बेइजिङ–थ्येनचिन हाइस्पीड रेलको पनि दशौं वार्षिकोत्सव मनाइँदै थियो। चिनियाँ अर्थतन्त्रको परिपूरक प्रथम हाइस्पीड रेलले चिनियाँ जीवनमा कायालपटको कथा रचिरहँदा महोत्सवमा भेटिएका नेपालीहरू भने जन्मेदेखि जिब्रोमा झुण्डिएको मौलिक खाना चाख्न पाउँदा दंग थिए। हरेक नेपालीले खाने वा खान चाहेको खाद्यान्न नै दाल, भात, तरकारी, अचार वा गुन्द्रुक ढिंडो हो। त्यसबाहेक अन्य केही जातीय पुरानै परिकार।

नेपाली खानेकुराको प्रवर्द्धन गर्नका लागि बेइजिङ महोत्सवमा झरेका नेपाल सेफ (भान्छे) संघका अध्यक्ष श्रीराम अधिकारीले नेपाली खानेकुराको प्रचार गर्ने अभियान थालेको बताए। उनी त्यस्तो ठाउँमा गुन्द्रुक, ढिंडो र दालभातको चर्चा गरिरहेका थिए, जहाँ विश्वमै सबैभन्दा धेरै खाद्य परिकार पाइन्छन् र जहाँका बजारमा थरीथरीका परिकारहरू आविष्कृत भएर होटल रेस्टुरेन्टहरूमा प्रस्तुत भैरहेका हुन्छन्।

कुनै विदेशीलाई चिनियाँ पर्यटनको स्मरण सोध्नुहोस्। उनीहरू जरूर भन्नेछन्, ‘चिनियाँ खानपान र खाद्य परिकार जीवनमा भुल्न नसकिने आश्चर्य हो।’

तर प्रायः नेपालीले सानैदेखि खाएको कुरा जीवनको अन्तिम घडीसम्म पनि उस्तै उस्तै हो, युगौंदेखि। नयाँ नयाँ खाने परिकारको आविष्कार हुन सकेको छैन, भएपनि सानो घेराभित्र प्रचलित छ। नेपाली खाद्य परिकारले नेपालको नाम विश्वमा छाएको उदाहरण शायदै भेटिन्छ। भएको भए कर्णाली र समग्र नेपालमै ‘भात नै खाना हो’ भन्ने अवधारणा बन्दैन थियो होला।

नेपाली खानेकुराको विकास प्रवृत्तिबारे कुरा चल्दै गर्दा छेवैमा उभिएर कुरा सुनिरहेका एक चिनियाँ थिए सु हाउ, जसले नेपालका थुप्रै भूभाग छिचोलेर नेपाली रहनसहन बुझेका थिए। दुई दशक भन्दा बढी समयदेखि नेपाली समाजसँग घुलमिल भएका उनले भने, ‘नेपालीहरूको नराम्रो बानी भनेको खानेकुरा बेस्सरी पकाउने। सागपात पनि त्यसरी पकाएपछि त सबै आगोले खाइहाल्छ नि, मान्छेले के खान्छ?’

नेपालीले पहिले अपहेलना र अहिले गर्वको रूपमा लिने भनेको गुन्द्रुक ढिंडो हो। तर हाम्रा पुस्तादेखि अहिलेसम्म चल्दै आए बमोजिम यसमा कुनै परिमार्जन वा आविष्कार थपिएको देखिँदैन। गुन्द्रुक ढिंडो घरानाहरूका बीचमा फेसन बनेपनि यसको महिमा गाथा सर्वस्वीकार्य बनेको छैन भन्दा पनि हुन्छ।

एउटा उखान छः ‘गुन्द्रुक पकाउनु पर्दैन, साली फकाउनु पर्दैन।’

साली–भेनाबीचको सम्बन्धमा परिमार्जन भयो होला तर गुन्द्रुक भुक्लुक्क उमाल्नेबाहेक कुनै नवीनता भेटिएको छैन। सु हाउले नेपाली खानेकुराबारे सुनेकोमध्ये गुन्द्रुक ढिंडो सबैभन्दा धेरै थियो तर जतिपटक नेपाल गएपनि चाख्न नपाएको खानेकुरा गुन्द्रुक नै थियो। भर्खरै गुन्द्रुकको स्वाद लिएका उनले भने, ‘दक्षिण चीनको एउटा प्रान्तको परिकार जस्तै रहेछ। तर चिनियाँ गुन्द्रुकमा मासु पनि मिसाइएको हुन्छ।’

नेपाली खाद्य परिकार प्रचार गर्न आएका नेपाली भान्छेहरू पनि चकित भए। नेपालीले मौलिक भन्ने गुन्द्रुकमा पनि चिनियाँहरूले अर्को मौलिक तत्व थपिसकेछन्। त्यति मात्रै हैन, नेपालीले लगाउने जनै र गुन्द्रुक पनि चीनबाटै आयात हुन थालेको समाचारले पनि कैयन् नेपाली हैरान भएको हुनुपर्छ।

एक दशकमा के गर्न सकिन्छ? नेपालको सन्दर्भमा दशक नाघेको गणतन्त्रका लागि पनि शिशु र संक्रमणकालीन गणतन्त्रको विशेषण लगाइन्छ। दशकौंदेखि एउटै बेथितिको सामना गर्न समर्थ नेपालीले गुन्द्रुक ढिंडोमा नवीन तत्व के भर्न सके, जति हाइस्पीड रेलमा चीनले गर्न सक्यो?

सन् १९४९ पछि नयाँ चीनका संस्थापक माओ र समकालीन नेता चौ एनलाइले माउथाइ रक्सीलाई राज्यभोजमा समावेश गर्ने प्रस्ताव ल्याएपछि माउथाइको ब्राण्ड विश्वव्यापी भयो। नेपाल सरकारले चाह्यो भने राज्यस्तरबाटै गुन्द्रुक ढिंडोको वैभव बढाउनसक्छ तर यस्ता ‘झिनामसिना’ कुरामा राज्यको ध्यान जाला र?

सन् २००८ अगष्ट १ तारिखका दिन राजधानी बेइजिङबाट निकटवर्ती केन्द्र शासित थ्येनचिन शहरबीच हाइस्पीड रेल सेवा जोडिएको थियो। थ्येनचिन त्यही नगरपालिका हो, जहाँ समुद्री बन्दरगाहका लागि नेपालले पारवहन सुविधाको माग गरिरहेको छ। एकदशकअघि पहिलो पाइलाका रूपमा कुदेको ‘फास्ट ट्रेन’बाट अहिले चिनियाँ जीवन परिवर्तनको अर्को मानक बनेको छ। समयको वचत, क्षेत्रीय अर्थतन्त्रको गतिशीलता, प्रतिभाको गुणस्तरीय प्रवाह तथा सूचना सम्पर्कको सूत्राधार।

चिनियाँ अर्थतन्त्रको मानचित्रलाई पुनराकार दिएको हाइस्पीड रेलले मुख्य भूमि छुन बाँकी एउटै क्षेत्र भनेको तिब्बत मात्रै हो। अब उत्तरी चीनको भित्री मंगोलिया स्वशासित क्षेत्रको हाइस्पीड रेलको निर्माण कार्य सकिएको छ। कूल २८७ किलोमिटर लामो रेलवे भित्री मंगोलियाको राजधानी होहोटको उलानछाब र छिमेकी हपैको चाङच्याखौ सहरबीच सम्पर्क गर्नेछ। यी सम्पर्कहरू सन् २०१९ को अन्त्यदेखि पूर्ण रूपमा संचालन हुँदा बेइजिङबाट होहोटबीचको दुरी ९ घण्टाबाट ३ घण्टामा झर्नेछ।

सन् २०१७ सम्ममा २५ हजार किलोमिटर पुगेर विश्वको ६६ प्रतिशत समेटेको चिनियाँ हाइस्पीड रेलले सन् २०२० सम्म ३० हजार किलोमिटर पुर्याएर ८० प्रतिशत मुख्य सहरहरू समेट्ने दाउ हेरिरहेको छ।

अकल्पनीय रूपमा बाटोको समय बचेपछि चिनियाँको जीवनमा आमूल परिवर्तन ल्याएको छ। अहिले चीनमा ४ हजारवटा बुलेट ट्रेन संचालनमा छन्। चाइना रेलवे कर्पोरेसनका अनुसार दैनिक ४ मिलियन यात्रुहरू बुलेट ट्रेनबाट ओहोरदोहर गर्छन्। हालसम्म चीनका ५०० वटा शहर छोएर एक्सप्रेस सर्भिसको रूपमा बुलेटले काम गरेका छन्।

चिनियाँ हाइस्पीड रेल विश्वव्यापी भएको छ। सन् २०१४ मा पहिलो सीमापार हाइस्पीड रेलको रूपमा चीन–टर्की हाइस्पीड रेलवेको निर्माण भयो। सन् २०१५ को जुनमा चीन र रसियाबीच ७७० किलोमिटर सम्पर्क ट्रयाकको सम्झौता र सोही वर्ष चीन र इण्डोनेशियाबीच हाइस्पीड रेल सम्पर्कका लागि जोइन्ट भेन्चरको सम्झौता हुँदा चीनको हाइस्पीड रफ्तार र तीव्र समृद्धिलाई रोक्ने हिम्मत कसैसँग शायदै होला।

नेपालको धीमा विकासको परिचायक पुरातन शैलीको गुन्द्रुक ढिंडोले चित्रण गर्दछ। जब कि दशकभित्रै हाइस्पीड रेलले कंगारू स्टाइलमा फड्को मार्नुलाई नवीन अध्यायका रूपमा चीनमा प्रतिविम्वित गरिन्छ।

प्रकाशित १९ साउन २०७५, शनिबार | 2018-08-04 10:52:47
Max TV
Max TV
Zen Travels

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi

लक्ष्मी लम्सालबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...

  • साउदी अरब

    साउदी अरबमा ‘एक्जिक्ट पर्मिट’ को रकममा तीन गुणा वृद्धि

    यसअघि थप समय बस्नका लागि २ हजार ३ सय रियाल अर्थात् करिब ७२ हजार ४ सय ५० रुपैयाँ तिरेर पत्र लिनुपर्ने व्यवस्था थियो। सरकारले उक्त रकम बढाएर अहिले ७...

  • रिक्सा राज र सद्दे नभेटिने गाडी

    अरु कुरामा बंगलादेश हामी (नेपाल) भन्दा अघि रहेपनि ट्राफिक नियम उल्लंघन नगर्नेमा चाहिँ हामीले बंगलादेशलाई जितेका रहेछौँ।