ब्लग

चीन खोज्दैछ, सगरमाथाको लाभांश




चीनको तिब्बतबाट देखिने सगरमाथा
चीनको तिब्बतबाट देखिने सगरमाथा
सिन्ह्वा

‘सगरमाथाको देशबाट आएको भन्यो भने बेइजिङमा चिनियाँले प्रतिप्रश्न गर्छन्– ‘तिब्बती जस्तो त लाग्दैन। सगरमाथा त तिब्बतमा पर्छ नि, चीनको।’

बेइजिङमा कतिपय चिनियाँहरूसँग बोलचाल हुँदा सोधिने प्रश्न हो– ‘कुन देशबाट आएको?’

नेपाल भन्यो भने कता, कस्तो भनेर लामो व्याख्या गर्नुपर्ने हुन्छ, तसर्थ सिधै भन्यो– ‘सगरमाथा (चुमुलाङ्मा) को देशबाट।’

प्रतिप्रश्न– ‘तिब्बती जस्तो त लाग्दैन। सगरमाथा त तिब्बतमा पर्छ नि, चीनको।’

अधिकांश चिनियाँ नोटमा नेता माओको तस्वीर राखिएको छ।

तसर्थ आफूसँग भएको पाँचको नेपाली नोट निकालेर देखायो– ‘ल हेर, सगरमाथा तिमीहरूको भए यहाँ कसरी छापियो? माओको फोटो हाम्रो नोटमा किन छापिएन? त्यसैले अब थाहा भयो, सगरमाथा कहाँ पर्छ भनेर?’

नोट ओर्काइफर्काइ हेरेपछि चिनियाँहरू अन्यमनस्क हुन्छन्। ‘साँच्चि सगरमाथा नेपालमा पर्छ र?’

हो, विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ र यसले चीनको तिब्बतसँग आफ्नो संरचना बाँडिचुँडी गर्छ। सुविधाका हिसाबले नेपाली पर्यटनको सबैभन्दा ठूलो आयश्रोत पनि हिमाल नै हुन्। सगरमाथाले नेपाल र चीनको सीमा विभाजन गरेपनि मितेरी पुलको काम गरेको छ र तुलनात्मक रूपमा नेपाल लाभान्वित नै छ। तर अबको केही वर्षमै त्यो लाभांश आधाआधी नहोला र हिमालका कारण नेपाली पर्यटनको प्रमुख आकर्षण शिथिल नहोला भन्न पनि सकिन्न। जसरी हामीले लुम्बिनी सम्पदा भारतसँग बाँडीचुँडी उपभोग गरेका छौं, भोलि त्यो भन्दा पनि ठूलो लाभांश बाँडचुँड गर्न नपर्ला भन्न सकिन्न।

नेपाल सरकारले २०७३ को मध्य माघमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर र सकेसम्म सगरमाथा चुचुरोसम्मै फ्रि वाइफाइ पुर्याउने खबर सार्वजनिक गरेयता चीन पनि चनाखो देखिन्छ। फ्रि वाइफाइ सेवा हुँदा विपत्तिमा परेकाको उद्धार तथा राहतका साथै महँगो स्याटलाइट फोनको शूल्कमा ठूलो सहुलियत पनि हुनेछ। यसअघि होटल र रेस्टुरेन्टहरूले महँगोमा दिने वाइफाइ डाटामा निर्भर थिए, पर्वतारोहीहरू।

वाइफाइ सुविधा भएपछि हिमालका फोटोहरू, भिडियो र सन्देशहरू प्रसार हुन्छन् र नेपालको पर्यटनमा ठूलो टेवा पुग्छ भन्ने अपेक्षा नेपालको छ। तर यसै मेसोमा वाइफाइ अभियानको शुरूवातकर्ता आफैं भएको चीनको आशय छताछुल्ल हुन थालेको छ। चीनको विज्ञान तथा प्रविधि सम्बन्धित यितोङ, वैपोको तिब्बती कम्पनी कार्यालय भ्रमण गरेपछि पत्रकारहरूले वाइफाइको प्रारम्भका लागि चीनको ठूलो मेहनतको पाना पल्टाएका छन्।

सन् २००७ मा बेइजिङ ओलम्पिक खेलकुदका लागि सगरमाथाको दोश्रो बेसक्याम्प ६ हजार ५ सय मिटर उचाइमा अस्थायी ट्रान्समिसन जोडियो। चाइना मोबाइल, तिब्बत कम्पनीका जनरल विभागका कर्मचारीले पत्रकारसित भने, ‘जडान कार्य उतिबेला धेरै नै दुःसाध्य थियो। २००७ को मे महिनामा चीनले स्थापना गरेको बेस स्टेशनको सुविधा लिँदै एक बेलायती पर्वतारोहीले सगरमाथा शिखरबाट घरमा फोन गर्नसके। यो नै सगरमाथाबाट कुनै व्यक्तिले टेलिफोन सम्पर्क गरेको पहिलो घटना थियो।’

ओलम्पिक पश्चात् कमै प्रयोगकर्ता भएका कारण वेस स्टेशन निस्क्रिय भयो। बेतोडले हावा चल्ने क्षेत्रका कारण सोलार प्यानलका उपकरण उड्नसक्ने भएकाले सोही स्टेशन पुनः स्थापित गर्न कठिन हुने चिनियाँ मोबाइल कर्मचारीले भनेका छन्। थाहा भएअनुसार सगरमाथाको दक्षिण तथा उत्तरी मोहडा बेस क्याम्पमा मोबाइल फोनको सिग्नल छ। एभरेस्ट बेस क्याम्पमा तीव्र गतिको फोरजी इन्टरनेट पहुँच विकास गर्न सकिन्छ।

सन् २०१२ मा चाइना मोबाइलले सगरमाथाको फेदीमा फाइबर विच्छ्याएको थियो। सन् २०१६ मा चाइना मोबाइलले सगरमाथाको कर्मा खोल्सामा २जी फोन र वाइफाइ खोलेको थियो। ती कर्मचारीले भने, ‘त्यो पदयात्रा क्षेत्र हो, घोडामार्फत् ५० किलोमिटर दूरी पार गरेर उपकरण तैनाथ गरिएकोले कर्मापा मार्गमा वाइफाइ सेवा उपलब्ध छ।’

नेपालले ठूलो महत्वकांक्षाका साथ वाइफाइ नजोड्दै चीनले त्यसबाट लाभान्वित हुने उपाय निकालिसकेको छ। चीनले सगरमाथाको उत्तरी मोहडा, आधार शिविरसम्म पुग्ने गरी बाटो मर्मत गर्दैछ। होटल, रेस्टुरेन्ट र पर्वतारोही प्रशिक्षण केन्द्र पनि खोल्दैछ। निकटवर्ती टिङ्ग्री काउन्टीमा विमानस्थल पनि निर्माणाधीन छ।

सगरमाथामा वाइफाइ जोड्ने विषय मात्रै हैन, पर्यटनको प्रमुख आधार सगरमाथा क्षेत्रमा भैरहेको सुस्त विकासले नेपालले पाउँदै आएको पर्वतारोहणको मूल्य पनि छिमेकीका भागमा नजाला भन्न सकिन्न। भविष्यमा चीनले तिब्बतलाई विदेशीका लागि खुल्ला गर्नेछ। विदेशीहरू तिब्बत पनि हेर्ने र सगरमाथा पनि चढ्ने ध्येयले उत्तरी मोहडातर्फ हानिनेछन्। चीनले तिब्बतमा विदेशीलाई सजिलै कहाँ जान देला र भन्ने नेपालीहरूको प्रश्नको उत्तर त्यतिखेरै मिल्नेछ। रहस्यमयी तिब्बतको अनुभवका लागि पनि पर्वतारोहीहरू चीनतर्फ उर्लिनेछन्। विश्वमाझ खुल्दै गएको तिब्बत उस्तै रहस्यको पठारभूमि रहिरहने छैन।

नेपालको कमजोर व्यवस्थापनको फाइदा चीनले मजबुत पूर्वाधार निर्माणबाट उठाउनसक्छ। शक्तिशाली प्रतिष्पर्धी पाउँदा नेपालले हिमाली गन्तव्यको साख गुमाउने हुनसक्छ। चीनले उत्तरी दिशाबाट पर्वतारोहणका लागि बलियो भौतिक संरचना बनाएबाट यो कुराको चित्रण हुने ह्वानछ्यौ अनलाइनबाट साभार गर्दै वाङयी अनलाइनले लेखेको छ। नेपालको सुरक्षा व्यवस्था फितलो हुने, जथाभावी सस्तोमा सगरमाथा आरोहणको अनुमति दिएबाट मानिसहरूको भीडभाड पनि हुने गरेको छ। पर्वतारोहण विशेषज्ञहरूका अनुसार नेपालमा क्षमताविहीन गाइडका कारण पनि दुर्घटना निम्तिने प्रबल संभावना हुन्छ।

हो, नेपालमा व्याप्त बेथितिको फाइदा चीनले उठाउनै लागेको छ। अहिले पनि उत्तरी मोहडाबाट सगरमाथा चढ्नका लागि पर्याप्त सुरक्षा व्यवस्था गरिरहेको छ। ल्हासामा पर्वतारोहण तालिम केन्द्र खोल्दैछ। उद्धारका लागि हेलिकप्टरहरू चलाउँदैछ। अर्को वर्ष सन् २०१९ भित्र काम सक्नेगरी यस्ता परियोजनाहरू द्रूत गतिमा संचालन भैरहेको छ। यो तयारी पूरा भएपछि सगरमाथाको आकर्षण चीनतर्फ झुक्ने निश्चित छ।

नेपालले समागरमाथा र लुम्बिनीलाई आफ्नो पेवाको रूपमा भोग्दै आएको हो। तर जीर्णजीर्ण भैसकेका संरचना मर्मतमा देखिएको उदासीनता र दुर्भाग्यलाई छिमेकीहरूले सौभाग्यको रूपमा अपनाउन खोजिरहेछन्। विकासको प्रवाह कसैले पनि रोक्न सक्दैन। पर्यटकहरू सुविधा अनुरूप बहकिनु असामान्य पनि होइन। नेपालका हिमाली क्षेत्रलाई लिएर हुने गरेका फेक न्यूज र अफवाह् पनि हिमाली पर्यटनका विकर्षक तत्व हुन्। बेलैमा नजाग्ने हो भने हिमालबाट चुहिएको अथाह आम्दानी अज्ञात रूपमै सोसिएर बिलाउन सक्छ।

प्रकाशित १३ साउन २०७५, आइतबार | 2018-07-29 16:19:17
Max TV
Max TV
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi

लक्ष्मी लम्सालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...