ब्लग

विमान उड्ने बेला विछोडको पीडा




लेखक
लेखक

अस्ति भर्खर, दुबईबाट काठमाडौं आउने क्रममा जहाजकी परिचारिका नेपाली खोजी–खोजी सोध्दै थिई फ्रि खाना खान्छस् भन्दै। त्यो पनि हिन्दीमा भाषामा।

विदेश आउजाउ गर्ने क्रममा जब म अरबका एअरपोर्टहरूमा पुग्छु, तब मलाई सधैं एउटा पीडाले सताउन थाल्छ।

कारण त्यहाँ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू मात्र देख्छु। जो परिवारको दुई छाक जुटाउनकै लागि आफ्नो देश र घरपरिवार छाडेर आएका हुन्छन्।

त्यो पनि अत्यन्त कष्टपूर्ण काममा लागि। सजिलो र राम्रो काममा आउने त एकदमै थोरै मात्र हुन्छन्।

हवाई जहाजहरू पनि श्रम स्वीकृति लिएर आएका नेपालीले नै भरिभराउ जब देख्छु तब मेरो मन नराम्रोसँग कुँडिन्छ। फ्लाई दुबइको जहाजमा ती नेपालीमाथि जहाजका कर्मचारीबाट हुने हेपाहा प्रवृत्ति देख्दा त झन् मेरो मन असह्य गरी दुख्छ।

अस्ति भर्खर, दुबईबाट काठमाडौं आउने क्रममा जहाजका कर्मचारीले नेपालीप्रति देखाएको हेय व्यवहारले यो मन उकुसमुकुस भयो। अर्डर भएको खाना बाँकी बसेको रहेछ, जहाजकी परिचारिका नेपाली खोजी–खोजी सोध्दै थिई फ्रिको खाना खान्छस् भन्दै। त्यो पनि हिन्दीमा भाषामा।

म्यानपावर कम्पनीबाट सुरु हुने हेपाहा, ठगी र अपमानको श्रृंखला विमानस्थल, विमान हुँदै काम गर्ने ठाउँसम्म अनगिन्तीपटक भोग्नुपर्छ नेपालीले।

दुबईमा जहाज पर्खिरहेका एक नेपालीको एक हातमा पट्टी बाँधिएको थियो भने अर्काे हातले सकिनसकि झोला घिसार्दै थिए। तिनको मलिन अनुहार हेर्दै झोला घिसार्न त मैले सहयोग गरेँ तर, हातमा के भएको भनेर सोध्न सकिनँ । सोधेको भए पनि जवाफ अरू के हुन्थ्यो होला र ! यही त हो, काम गर्दै गर्दा हात यस्तो भयो, कम्पनीले घर पठाइदियो । 

केही महिनाअघि कतारमा काम गर्दैगर्दा दुर्घटनामा परेर गुल्मी बम्घाका श्रीरामको मृत्यु भयो। ३९ वर्षमै भएको उनको मृत्युको मूल्य उनका स-साना छोराछोरी, श्रीमती तथा वृद्ध उमेरका बुवाआमाका लागि कति महँगो सावित भयो होला?

परिवारको दुई छाक टार्न १० वर्षदेखि विदेशी भूमिमा पसिना बगाइरहेका श्रीराम अचानक बाकसमा घर फर्कँदा त्यो परिवारको मन कस्तो भयो होला? त्यो भोग्नेलाई मात्र थाहा होला।

१०/१५ हजार रुपैयाँ कमाउने वातावरण मिलाउन नसकेर श्रीरामहरूलाइ संसारका विभिन्न कुनाकाप्चा पठाउने र लास बनेर बाकसमा फिर्ता हुनुपर्ने यो नियति कहिलेसम्म? यसमा राज्य गम्भीर बन्नु पर्दैन? विदेश जान बाध्य लाखौं नेपाली र बाकसमा फर्किनेहरूप्रति राज्यको लाचारीपन कहिलेसम्म?

अहिले मुलुकका हरेक गाउँ र हरेक घरमा श्रीरामहरू छन्। जो केही हजार कमाइका लागि आफ्नो देश र परिवार छाडेर साउदी अरब, मलेसिया, कोरिया वा अन्य देशमा जान बाध्य छन्।

स्वदेशमा बेराजगारीको बाध्यताले उनीहरू विश्वका विभिन्न देशमा जोखिमपूर्ण काम गर्न बाध्य छन्, अनेक अपमान र पीडा सहँदै। मनभरि घरपरिवार र आफ्ना लालाबाला सजाउँदै र घर फर्किने दिन गन्दै। तर कुनै ठेगान छैन, घर फर्कने दिनसम्म जहाजमा फर्किने हो कि बाकसभित्र?

कोरिया वा फलानो देशले कामदारको कोटा बढायो भनेर हामी ठूल्ठूला अक्षरमा समाचार छाप्छौं, सरकार दंग पर्छ, सरकारले श्रम सम्झौता गर्न भन्दै टोली पठाउँछ विभिन्न मुलुकमा। रेमिट्यान्सको हिसाब गर्छौं करोडौंको। तर खोइ, विदेशबाट बाकसमा फर्कने श्रीरामहरूको बाध्यता, पीडा र तिनका परिवारको अवस्थाबारे कुनै बहस र विकल्पको खोजी?

के राज्यले श्रीरामहरूलाई केही हजार दिने गरी गाउँठाउँमै काम दिन सक्दैन? आफ्नै देशमा जीवनयापन गर्ने वातावरण मिलाउन सक्दैन? यति धेरै कृषियोग्य जमिन छ, यसैलाई सदुपयोग गरेर राज्यले रोजगारी सिर्जना गर्न सक्दैन? कृषिलाई आधुनिकीकरण गरेर श्रीरामहरूलाई गाउँमै गरिखाने वातावरण मिलाउन सक्दैन? खोइ, यता राज्यको ध्यान? के हामी यति धेरै लाचार र संवेदनाहीन भइसक्यौं?

हरेक दिन हजारौं श्रम स्विकृति दिने र बाकस भित्र्याउने हामीले किन यसको विकराल पक्षबारे संसद, सडक वा मन्त्रिपरिषद्मा एक शब्द बोल्दैनौं? लाखौं उर्जावान् युवालाई उता पठाएर हाम्रो विकास निर्माण चाहिं कसले र कहिले गर्ने हो?

राज्यको यो लाचारीपनले सामाजिक संरचना र परिवार त विखण्डित भयो नै, समाजको सोंचसमेत अर्कै भइसकेको छ। विदेश नजाने वा रेमिट्यान्स नआउने परिवारलाई अहिले समाजले हेर्ने दृष्टिकोण नै फरक भइसकेको छ। यसैकारण अहिले समाजमा यस्तो चलन बढ्दैछ, जसरी भए पनि विदेश जानै पर्ने। अहिले देख्छौं, लोक लाजका कारण पनि हरेक घरका युवा विदेश गएकै हुन्छन्।

देश छोड्नुपर्ने संस्कृतिको विकास हामी आफैले निर्माण गरिरहेका छौं । अहिले घरै बसेर केही गर्न खोज्नेलाई यो समाजमा लौ हेर, यसले केही गर्न सकेन, बाख्रा पालेर बसेछ भनेर खिसीटिउरी गर्ने गरिन्छ।

स्वदेशमै केही काम गर्छु भन्यो भने एक सुको पैसा दिँदैनौं तर, विदेश जाने भन्यो भने दुई/चार लाख एकैछिनमा जुटाइदिन्छौं। अर्थात् यो अवस्था आउनुमा राज्य मात्र होइन, हामी सबै जिम्मेवार छौं। टिनका छाना, छोराछोरीलाई बोर्डिङ, हात हातमा ठूल्ठूला मोबाइल, कहिलेसम्म हामी यो ......... न्यानोमा रमाउने हो खै ?

‘जहाज उड्ने बेला हुन लाग्यो मोबाइल अफ गर्नुहोला’ भनेपछि पनि फोनमा विछोडको पीडा मिश्रित आँशु झरिरहेको, नेपाली नागरिकबाट कामदारमा रूपान्तरित दाजुभाइ, दिदीबहिनीले पाएको हन्डर, ठक्कर र अपमान विदेश सयर गरिरहने मन्त्री, कर्मचारी वा एनआरएनहरूले देखेकै होलान्, तर उनीहरू यसबारे कहिले किन बोल्दैनन्?

वर्षमा एकपटक एक महिना छुट्टीमा आउने श्रीराम र उनकी श्रीमतीले १० वर्षमा जम्मा १० महिना सँगै बिताए होलान्। उनका साना छोराछोरीले त बुवा थिए रे मात्र भन्ने थाहा पाए होलान्। के यही हो हामीले परिकल्पना गरेको समाज? यो राज्य तथा राजनीति दलका प्रतिनिधिहरूले कहिले आफूलाई श्रीरामको ठाउँमा उभ्याएर हेर्ने हो? 

म्यानपावर कम्पनी बन्द गर्ने उद्घोष गरेर चुनावमा होमिएका दलहरूको अहिले बहुमतको सरकार छ। तर खोई, हिजो चुनावका बेला उठाएको मुद्दामा सरकार गम्भीर बनेको?

यो सरकारले पनि केही गरेन भने श्रीरामहरू विदेश गइरहने छन् र लास बनेर बाकसमा फर्किरहने छन्। अनि तिनका छोराछोरी, श्रीमती, बुवाआमा र आफन्तहरू जीवनभर रोइरहने छन्, तड्पिरहने छन्!

प्रकाशित ६ साउन २०७५, आइतबार | 2018-07-22 12:12:17
Max TV
Max TV
Zen Travels
Vianet

author photo

रमेश ज्ञवाली बेलायतबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा मास्टर्स अध्ययन गरेर फर्केका हुन्। हाल काठमाडौं विश्वविद्यालयमा प्राध्यापन गर्छन्।

@gyawaliramesh


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।