राजनीतिमा मेरो अवसानले कसलाई फाइदा?




बाबु–बाजे कोहीपनि राजनीतिमा नलागेको मेरो पृष्ठभूमिमा राजनीतिमै लाग्ने यो भेल कसरी पस्यो, आज सोच्दा उत्प्रेरणाको कुनै एक घटना याद आउँदैन। तर, बगेको समयले निष्ठाका साथ गरिएको राजनीतिका असंख्य घटनाहरूलाई याद गराउँदैछ।

सन् १९७७ को नोभेम्बर महिना थियो। जम्माजम्मी १७ बर्षको हुँदो हुँ म, त्यसबेला। थुना र जेल परिसकेको थिएँ। डाक्टर बनाउने हजुरबाको सपनालाई पहिले मुलुकमा प्रजातन्त्र ल्याउनु पर्छ भन्ने मेरो जोशले धमिलो लेपन लाउँदै थियो। ‘डाक्टरी पढदैनस् भने बरू वकिल नै बनेपनि हुन्छ तर, जेल गैरहने यो राजनीति नगर’ भन्ने हजुर बाको प्रस्ताव बेअर्थको हुँदै थियो मेरा लागि।

बिहार बीरपुरको एक भूमिगत गेष्टहाउसमा गोपाल राई (हाल स्वर्गीय) ले नेपाली कांग्रेसको चारतारे झण्डालाई घरीघरी अबिर लगाउँदै ‘ल मैले कांग्रेसलाई सिन्दुर दान दिएँ है’ भन्दा बिहे गर्ने यो पो तरिका ठिक रै’छ भनी साँच्चैको विहेबाट बिरक्तिएको बेला थियो त्यो।

बाबु–बाजे कोहीपनि राजनीतिमा नलागेको मेरो पृष्ठभूमिमा राजनीतिमै लाग्ने यो भेल कसरी पस्यो, आज सोच्दा उत्प्रेरणाको कुनै एक घटना याद आउँदैन। तर, बगेको समयले निष्ठाका साथ गरिएको राजनीतिका असंख्य घटनाहरूलाई याद गराउँदै छ।

नागेन्द्र झा (सप्तरी मधवापुर) जस्ता अग्रजलाई ३ साउनमा उहाँकै घरमा भेट्न पुग्दा माटोको भित्तामा लहरै झुन्डिएका पुराना तस्वीरहरूले ती यादहरूलाई अझ आलो बनायो। मधेसको राजनीतिमा बत्तासिँदा मैले संसदको सदस्यताबाट राजिनामा दिएको थिएँ। गोपाल राईले बारम्बार सिन्दुर लाएर विहे गरेको उही कांग्रेसको टिकटबाट म त्यतिखेर सांसद थिएँ। मैले राजिनामा दिएर रिक्त रहेको पुर्नस्थापित संसदको सो ठाउँमा नागेन्द्रबाबु सांसद हुनु भएको थियो।

यस पटक भेट हुँदा हसाउँदै भन्नु भो, ‘तिमीले पद परित्याग गर्दा समेत म लाभान्वित भएँ। तिमी जेल गएपछि पनि धेरै जना फाइदामा रहे। राजनीतिमा कसैको अवसान अरु कसैका लागि अवसर हुनजान्छ।’

कोशीको पानीको बेग भन्दापनि तीब्र रूपमा हामी दुई जनाका सम्झनाहरू बगिरहेका थिए।

बीपी कोइराला पे–रोलमा रिहा भई अमेरिकामा उपचार गराई फर्कने क्रममा पटनामा नेपाली कांग्रेसको सम्मेलन डाकिएको थियो, बिहार राज्यको एम एल ए क्लबमा। बीपी कोइरालालाई समर्थन गर्न लोकनायक जय प्रकाश नारायण, चन्द्र शेखर जस्ता मुर्धन्य नेताहरू उपस्थिति भएका थिए। मञ्चमा शैलजा आचार्यपनि हुनुहुन्थ्यो। नागेन्द्र झा, शिव मधुकर, जगन्नाथ दास, म अनि सप्तरीका केही साथीहरू पनि थियौँ। यो तस्बिर उही बेलाको हो।

नागेन्द्र झाले भन्नु भो, ‘अब म त यस्ता फोटोहरू पनि जोगाउन नसक्ने भएँ, वर्षाको पानीले तस्बिरहरूको रंगलाई उप्काउँदै लगेको छ।’

मैले पनि भनें, ‘शेष स्मृतिहरूको सहारामा बाँच्ने कलाको अब अभ्यास गरौँ न त।’

मैलेपनि सन् १९७७, नोभेम्बरको एक दुई तस्बिर जसको साक्षी म पनि रहेको थिएँ, यो भित्तामा राखेको छु। स्मृतिको रोहमा बाँच्ने अभ्यासको रूपमा।’

(जयप्रकाशले यो स्मृति कथा आफ्नो फेशबुक पेजमा पनि पोष्ट गरेका छन्) 

प्रकाशित ५ साउन २०७५, शनिबार | 2018-07-21 12:56:18
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • श्रमिक सम्झौतामा हस्ताक्षर हुँदै

    यी हुन जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

    जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ।

  • माथिल्लो तामाकोशी बाँध निर्माणस्थल

    ‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

    विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...