Exclusive

अनुपमा खुन्जेली: फूटबल र बैंकिङ उस्तै हुन् (भिडियाे)




अनुपमा खुन्जेली, सिइअाे, मेगा बैंक
अनुपमा खुन्जेली, सिइअाे, मेगा बैंक

नेपालमा विश्वकप फुटबल टेलिभिजनमा लाइभ आउन सुरु भएदेखि नै म हेर्दै आएको छु।

मैले पहिलो पटक सन् १९८६ को विश्वकप हेरेँ। त्यस बेलादेखि नै फुटबल म सधैँ पछ्याइरहेकी छु। फुटबलमा मेरो रुचि पनि छ। हेर्ने मात्रै होइन पहिला फुटबल खेल्थेँ पनि। विश्वकपमा म अर्जेन्टिनाको समर्थक हुँ। मैले थाहा पाएदेखि नै अर्जेन्टिनाको म्याच सकेसम्म छुटाउँदिन। डिएगो म्याराडोनादेखि अहिलेको मेस्सीसम्मको खेललाई मैले हेरेकी छु।

उनीहरु स्तरीय खेल्छन्। तर आइसल्याडसँगको खेलमा अर्जेन्टिनालाई भाग्यले साथ दिएन। समूह चरणको पहिलो खेल बराबरीमा रोकिए पनि फेरि अर्जेन्टिना खेलमा फर्केला भन्ने लाग्छ।

मेरो पेशा सुरुदेखि नै बैकिङ हो। म विवाह अघिदेखि नै यो पेशमा आवद्ध छु। २०–२२ वर्ष यो क्षेत्रमा समय बताइसकेँ। अब अहिले आएर यसो सोच्दा यो भन्दा बाहिर जाने हो भने म खेलकूदमै जान्छु होला।

भिडियाे

फुटबल र बैकिङ क्षेत्रका धेरै कुराहरु मेल खान्छन्। फुटबलजस्तै बैंकमा पनि टिम वर्क गर्नुपर्छ। बैंकमा पनि फुटबलमा जस्तै टिममा एक अर्काले सहयोग गर्दा सफलता मिल्ने हो। एक्लैले गरेर बैंक पनि अघि बढाउन सकिँदैन। फुटबलमा पनि एउटा मात्रै राम्रो खेलाडी भएर हुँदैन। सबैको साथ सबैलाई अवश्यक छ। म आफ्नो स्टाफलाई पनि भन्ने गर्छु हामीले फुटबल खेलबाट धेरै कुराहरु सिक्न सक्छौं। त्यसकारणले पनि फुटलव हेर्नुपर्छ।

यो पटकको विश्वकप फाइनलसबै स्टाफ साथीहरुसँग मिलेर हेर्ने सल्लाह गरेका छौं। रमाइलोको लागि त्यो सल्लाह गरेको हौं। साथै सबै साथीहरुले खेलबाट पनि धेरै प्रेरणा लिन सक्छन् भन्ने पनि हो। टिममा एक अर्कोको सहयोग कसरी गर्न सकिन्छ। सहयोग नगर्दा खेल कसरी बिग्रन्छ भन्ने कुराहरु सिक्न पनि हामी फाइनल सँगै हेर्दैछौं। असार ३१ गते राति ८:४५ बाट फाइनल म्याच छ। रुसमा भएकोले पनि हामीलाई समय मिलेको छ।

म अहिले परिवारसँग बसेर फुटबल हेदै आएको छु। मलाई एक्लै कोठामा बसेर खेल हेर्दा मजा लाग्दैन। धेरै जना सँगै बसेर हेरेको मजै बेग्लै हुन्छ।

(अनुपमा खुन्जेली मेगा बैंककी सिईओ हुन्)

फाेटाे/भिडियाे: प्रविन काेइराला

प्रकाशित ४ असार २०७५, सोमबार | 2018-06-18 10:24:15
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।

  • सर जिम र्‍याटक्लिफे

    बेलायतका सबैभन्दा धनी व्यापारी ६ खर्ब कर जोगाउन देश छोड्दै

    युरोपेली संघबाट बेलायत अलग्गिने (ब्रेक्जिट) दिन नजिकिइरहेका बेला बेलायतकै सबैभन्दा धनी एक व्यक्ति भने आफ्नो व्यवसाय र सम्पत्तिसहित अर्कै देश सर्न...

  • केपी शर्मा ओली र कमल थापा

    कमल थापासँग ओलीले भने: ‘कांग्रेसले धोका दिन्छ है’ भनेको थिएँ, नपत्याउँदा नराम्रोसँग हार्नुभयो

    ‘गन्तव्य भए पो कम्पास काम लाग्छ, तर कांग्रेसको गन्तव्य नै छैन, कम्पासले कहाँ जाने भन्ने बाटो देखाउँछ, कहाँ जाने भन्ने नै थाहा नभएपछि कम्पासको के काम?’