क्रिकेट सपना


Infocus



‘हाम्रो बच्चादेखिको सपना साकार भएको छ’, नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले नेपालले एक दिवसीय क्रिकेटमा मान्यता पाएपछि यस्तो प्रतिक्रिया दिएका थिए। सपनाको महत्व कति छ भन्ने कुरा नेपालको क्रिकेटले प्राप्त गरेको त्यो ऐतिहासिक सफलताबाट पुष्टि हुन जान्छ।

नेपाललाई राजनीति, सामाजिक, आर्थिक लगायतका सबै क्षेत्रमा सपनाको खाँचो छ। हामीले सपना देख्नु छ– शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, रोजगार जस्ता मान्छेसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा। कुनै पनि उपलब्धि हासिल गर्नका लागि आवश्यक प्रथम शर्त नै सपना हो। सपना देख्ने स्वतन्त्रता सबैमा छ। तर, हाम्रो समाजले सपना देख्नेहरुलाई पनि बाटो बाटोमा अवरोध सिर्जना गर्दछ। त्यसकार कतिपय सपना देख्ने बित्तिकै चकनाचूर भएर जान्छन्। यसमा पहिलो भूमिका जानी नजानी परिवारले नै खेल्ने गर्दछ। यदि परिवारले उत्पन्न गर्न सक्ने गतिरोध छिचोलेर अगाडि बढी हाल्यो भने पनि सपना पूरा गर्ने बाटोमा समाजरुपी पहाड उभिएको हुन्छ। त्यो पहाड फोर्न सक्नेहरुमात्रै सफलताको शिखरमा प’ग्न सक्दछन्।

तर सफल हुन के सपना मात्र पर्याप्त छ? सपनासँगै अनेकौं आशाहरु जोडिएका हुन्छन्। आशाहरु भने सपना पूरा गर्ने माध्यम हुन्। देश विकासको सपना देख्नु सपनाकोे व्यापक रुप हो। यसभन्दा पनि वृहत सपना विश्वमा शान्ति फैलाउनु हुन सक्दछ। देश विकास अथवा विश्वमा शान्तिको सपना साकार पार्र्नका लागि त्यससँग जोडिएका आशालाई साकार रुप प्रदान गर्नुपर्दछ। जस्तैः देश विकास सपना हो भने शिक्षामा सुधार एक आशा हो। त्यस्तै देश परिवर्तनको सपनासँग जोडिएको आशा हो, खेलकुद विकास। हो, पारस खड्काले सपना साकार भन्नुले क्रिकेटमा उपलब्धि हासिल गर्ने भन्ने उनको जुन आशा थियो, त्यो पुरा भएको अवस्थालाई जनाउँछ। भलै उनले व्यक्त नगरुन् उनको सपना भनेको देशको प्रगति तथा विश्वमा नेपाललाई चिनाउनु नै हो। ठूलो सपना साकार गर्ने बाटोमा अनेक चुनौतिहरु छन् । ती सामना गर्नु नै छ। सपना साकार पार्नका लागि महत्वपूर्ण पक्ष भनेको चाहिँ काम नै हो। सपना देख्नु वा आशा गनर्’ले मात्र परिवर्तन सम्भव छैन। त्यसका लागि कर्मको आवश्यकता पर्दछ।

आजभन्दा आठवर्ष पहिले एउटा क्रिकेट प्रतियोगिता शुरु भएको थियो। त्यसको नाम ‘एसपीए कप’ थियो। सन् २०१० मा आयोजित प्रथम एसपीए कपमा म दर्शक थिएँ। त्यसका परिकल्पनाकार सुवाश शाही थिए, मेरो दाइ। ऊ क्रिकेटमा सदा समर्पित थियो। सानै उमेरदेखि क्रिकेट भने पछि ऊ हुरुक्क हुन्थ्यो। हामी टोलका साथीहरु छुट्टिको दिन विहानदेखि बेलुकासम्म क्रिकेट खेलेर बिताउँथ्यौं। अरु दिन पनि समय मिल्ने बित्तिकै क्रिकेट नै हाम्रो मुख्य खेल हुन्थ्यो। कालन्तरमा कलेज पढ्दा सुवास दाइ पोलक (तत्कालीन साउथ अफ्रिकाका कप्तान) का नामले कहलियो। ऊ पोलकको ठूलो समर्थक थियो। उसले पोलकका पत्रिका–म्यागजिनमा निस्कने चित्रहरु र तथ्याङ्कहरु काटेर डायरी बनाएका थियो। उल्लेखनीय के छ, भने त्यस डायरीको प्रथम पृष्ठमा एउटा तस्बिर थियो, जहाँ शरीर पोलकको थियो भने टाउको उसको। ऊ प्लस २ मा पढ्दा त्यसै क्याम्पसमा नेपाल क्रिकेटका थुप्रै अन्तर्राष्ट्रिय खेलाडीहरु पढ्ने गर्दथे, जुन संगतले उसको क्रिकेट चाहनामा बढोत्तरी ग¥यो।

पारस खड्का, विनोद दास, लाक्पा लामा, शरद भेषवाकर, राजु श्रेष्ठ, शक्ति गौचन, सुवास खकुरेल जस्ता क्रिकेट हस्तीहरुसँगको सम्पर्क स्थापनाको देन त्यसै क्याम्पसको थियो। त्यस बखत आयोजना हुने क्रिकेट प्रतियोगिताहरुमा सदैव त्यस कलेजले उपाधि चुम्ने गर्दथ्यो। यस टिममा दाइले पनि स्थान बनाएको थियो, १२ औं खोलाडीको रुपमा। यो उसको लागि ठूलो उपलब्धि थियो। सुवास शाहीको युवा अवस्थासम्मको खेलकुद अनुभव अन्य खेलप्रेमी युवा सरह नै छ। फरक के हो भने उसले खेलकुदप्रतिको लगावलाई कहिल्यै छोडेन र त्यसको स्तर कसरी वृद्धि गर्न सकिन्छ भन्ने बारेमा विचार र त्यसअनुसारको कर्म चाहिँ अवश्य गरेकै हो। सबैभन्दा ठूलो कुरा उसले सपना देखेकै हो।

एसपीए कप २०११ मा म सक्रिय रुपले सहभागी भएँ। विशेषगरी मेरो योगदान प्रतियोगिता सम्बन्धि सृजनशील पक्षमा रह्यो। त्यस बखत प्रतियोगिताको मूल नाराको रुपमा ‘गन्तव्य विश्वकप २०१९’ राखेका थियौं । हाम्रो मूल्याङ्कन के थियो भने जुन हिसाबले त्यस समयमा नेपाल क्रिकेटले उपलब्धिहरु हासिल गर्दै थियो, त्यस अनुपातमा नेपाल २०१५ मा विश्वकप नपुगे पनि देशभित्र आवश्यक वातावरण बन्यो भने २०१९ मा भने नेपालले निश्चित नै विश्वकप खेल्नेछ। हाम्रो सोच त्यसबखतको अकल्पनीय सोच नै थियो। त्यसैले त यो प्रतियोगिताले चर्चा पाए पनि नाराप्रति कसैको खासै चासो भने देखिएन। विगत सालको चैत्रमा भएको विश्वकप सन् २०१९ को छनौट खेलबाट नेपाल विश्वकपमा छनौट त भएन तर ऐतिहासिक रुपमा एक दिवसीय मान्यता पाउन भने सफल भयो। विश्वकप खेल्नबाट हामी किन वञ्चित भयौं भन्ने विषयमा देशभित्रको वातावरण बनाउन हामी कहीं कतै चुक्यौं कि? पहिले एसपीए कप र डिसिएल (धनगढी क्रिकेट लिग) तथा अहिलेको डिपिएल (धनगढी प्रिमियर लिग) को मुख्य उद्देश्य एउटै हो–क्रिकेट विकासको लागि उपयुक्त वातावरण सृजना गर्ने।

एकपटक मैले दाइलाई भनेः ‘दाइ, हामीले आफ्नो पूर्ण क्षमताको अझै प्रयोग गरेका छैनौं’ प्रतियोगिताहरु सफल भएपनि समग्र क्रिकेट अथवा अन्य क्षेत्रमा पनि अझै बढी उपलब्धि हासिल गर्न सकिने आशयका साथ मैले भनेको थिए। दाइको उत्तर थियो ‘हो, हामीले केवल सोच मात्र गरेका हौं। थोरै प्रयास पनि ग¥यौं। अझैपनि केही गरेका छैनौं। तर सोच्नु पनि ठूलो कुरा रहेछ’ त्यही सोचले आज डिपिएलसम्म पु¥याएको छ। फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने सपना बुनेको छ। यति हुँदाहुँदै अझै धेरै गर्न बाँकी छ। जटिलताहरु पनि सँगसँगै छन्– आर्थिक श्रोत जुटाउने जटिलता, सामाजिक दृष्टिकोणको जटिलता, विभिन्न स्वार्थ समूहको व्यवस्थापनको जटिलता। तर निस्वार्थ भावले अगाडि बढेमा जटिलताहरु विस्तारै सहजतामा परिणत हुँदै जान्छन्। यथार्थमा खेलकुद र समग्र देशको विकास सपना, आशा र निस्वार्थ भावकै वरिपरि घुमेको हुन्छ तर हामी यस यथार्थभन्दा धेरै टाढा छौं।

पारस खड्काले जुनसुकै पेशा पनि रोज्न सक्दथे। आकर्षणको केन्द्रमा रहनाले व्यक्तिको जीवनमा दवाव पनि सृजना गर्छ। पारस निरन्तर क्रिकेटमा लागिरहे, क्रिकेटकै लागि भावुक भए, आँसु पनि झारे; क्रोध, खुशी, मिलन, विछोड जस्ता भावनाहरु क्रिकेटसँग जोडिन पुगे। जीवनमा पारिवारिक समर्पण बाहेक क्रिकेट नै उनको अर्को समर्पण बन्न पुग्यो। देश, समाज र जनताको सेवाको बाटो बन्न पुग्यो। हामीले खासै महत्व दिँदैनौं। उनको खेल जीवनको सुरुवात काठमाडौंका स–साना चौर, गल्ली, रोड, कहिले टुँडिखेल, क्याम्पसको हल र मैदानबाट भएको हो। मोजाको बल, हार्ड प्लाष्टिकको बल, टेनिसको बल, काठे ब्याट, प्लाइको ब्याट हुँदै आजको दिनसम्म हामी पुगेका हौं। आशा यो पनि छ– जसरी ब्राजिल, अर्जेन्टिना जस्ता देशहरु फुटबलकै कारणले विश्वमा चिनिएका छन्, त्यसरी नै नेपाल एकदिन विश्व मानचित्रमा क्रिकेटकै माध्यमबाट उदाउँनेछ।

 

प्रकाशित २ असार २०७५, शनिबार | 2018-06-16 13:20:55
Max TV
Max TV
Zen Travels
Vianet

author photo

सुदिप शाही धनगढी प्रिमियर लिग अायोजक समितीका मुख्य सदस्य हुन्

सुदिप शाहीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • यसरी हुँदैछ धरहरा पुनर्निर्माण (फोटो/भिडियो)

    भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको काम सुरु भएको छ। भूकम्प गएको सांढे तीन वर्षपछि धरहराको पुनर्निर्माण थालिएको हो।

  • अब म धेरै बाँच्दिनँ होला: राजेन्द्र खड्गी

    लामो समय नेपाली सिने जगतमा द्वन्द्व निर्देशनमा एकछत्र राज गरेका राजेन्द्र खड्गी अहिले पनि यही क्षेत्रमा क्रियाशील छन्।

  • बाबु लक्ष्मीप्रसाद देवकोटाको तस्बिरसँग छोरी अम्बिकादेवी रिमाल

    लक्ष्मीप्रसाद देवकोटासँग छोरी अम्बिकाका ती दिन

    अम्बिकादेवी भन्छिन्, ‘गोष्ठीमा कविता सुनाउने कार्यक्रम रहेछ। तर बुबाले आफ्नो कविता नै लान बिर्सनुभएछ। त्यसपछि त्यहीँ दाल, भात, डुकू शीर्षकमा कविता...

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग

    घुसखाेर कर्मचारीको नयाँ शैलीः जाेगिने विधि सिक्न अख्तियार ‘पोष्टिङ’

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीनवर्ष बस्दा उपसचिव (जिल्ला न्यायाधीवक्ता) कोषहरि निरौलाले अनुसन्धान अधिकृत बनेर दर्जनौ मुद्दाको अनुसन्धान गरे।