तीर्थयात्रीका रूपमा मोदीको दोस्रो नेपाल भ्रमण!





केदारनाथ (भारत) मन्दिरमा मोदी
केदारनाथ (भारत) मन्दिरमा मोदी
NIC ASIA

‘म नेपाल आउन पाएकोमा अत्यन्तै हर्षित छु । धेरैधेरै वर्षअघि एक पथिक यात्री तिर्थालु यात्रीको रुपमा म यहाँ आएको थिएँ। यो भनाई कि, एकपटक तपाईंले नेपालको भ्रमण गर्नुभयो भने यो जीवनपर्यन्त समन्धमा बदलिन्थ्यो । प्रथमतः यो सुन्दर देशको साथीको रुपमा म फेरि फर्की आएको छु। भारतको प्रधानमन्त्रीको हैसियतमा पुनः आउन पाउँदा वास्तवमै मैले भाग्यशाली महशुस गर्छु।’

१९ साउन २०७१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा यसो भनिरहँदा खुबै ताली खाए। संबोधनको क्रममा उनले ‘नेपाल र भारतको सम्बन्ध जति गंगा र हिमालजस्तै पुरानो’ भएको उल्लेख मात्र गरेनन्, आफ्नो गृहनगर गुजरात र नेपालसँगको साइनोलाई सोमनाथ (शिवजी) सँग जोडेर पशुपतिनाथको चरणमा आएको बताउन भ्याए।

हिन्दु धर्ममा उल्लेख भएका ११ वटा महत्वपूर्ण शक्तिपीठमध्ये २ वटा नेपालमै रहेको स्मरणपनि मोदीले गराए। हिन्दु शास्त्रका अनुसार पार्वतीको शरीर पतन भएका ५१ वटामध्ये ११ वटा शक्तिपीठलाई महत्वपूर्ण मानिन्छ। तीमध्ये गह्येश्वरी र मुक्तिनाथ नेपालमा पर्छन्।

मोदीले धेरै वर्षअघि ‘पथिक’ को रुपमा नेपाल भ्रमण गरेको बताएपनि कहिले र कुन बाटो हुँदै नेपालको भ्रमण गरे भन्ने चाहिं खुलाएका थिएनन्। हिन्दु धर्मका कट्टर अनुयायी मोदीले यात्राबारे धेरै नबताए पनि उनी तीर्थालुका रुपमा नेपाल आएको प्रष्ट हुन्छ। मुक्तिनाथ र पशुपतिबारे जानकार मोदीले के यसअघि नै ती क्षेत्रको भ्रमण गरे त? प्रश्न अनुत्तरित छ।

गृहमन्त्री रामबहादुर थापाले भारतीय प्रधानमन्त्रीको यो भ्रमणलाई धार्मिक यात्रा भएको बताएका छन्। धार्मिक यात्रा भएकोले महत्वपूर्ण राजनीतिक सम्झौता नहुने पनि उनको भनाई छ। यस मानेमा मोदीको नेपालमा यो दोस्रो धार्मिक भ्रमण हो।

वैशाख २८ र २९ गते हुने नेपाल भ्रमणको क्रममा उनी जनकपुर हुँदै काठमाडौं आउनेछन्। सीता जन्म भूमिप्रतिको उनको आकर्षणमा तीर्थाटनसँगै सन् २०१९ को संसदीय चुनाव जोडिएको छ। पशुपतिमा पहिल्यै पुगेका उनले मुक्तिनाथको भ्रमणमा देखाएको चासोचाहिं स्वामी नारायणसँगै जोडिएको अनुमान लगाउँछन् कवि तीर्थ श्रेष्ठ। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव समेत रहेका श्रेष्ठका अनुसार गुजरातीहरुको नेपाल भ्रमण धार्मिक हुनेगर्छ। उनीहरु पूजापाठ र आराधनामा बढी विश्वास गर्ने खालको हुने श्रेष्ठले बताए।

‘मोदीजीको मुक्तिनाथ भ्रमण आस्थाकै आधारमा तय हुने हो’, उनले भने, ‘यो आस्थासँग स्वामी नारायण पनि जोडिन आइपुग्नुहुन्छ।’

पोखराका पर्यटन व्यवसायी नारायण सापकोटाले पनि श्रेष्ठको भनाईमा सहमति जनाए । उनले केही अगाडि अन्नपूर्ण बेसक्याम्पमा गुजरातीहरुको पथप्रदर्शक हुँदा देखेको घटना सम्झेर उनले भने, ‘बेसक्याम्पमा ‘हाई अल्टिच्यूट’ को कारण एक पदयात्रीको मृत्यु भयो, उनको मृत्युपछि हामी आत्तियौं, तर समूहमा रहेकाहरुले त आफ्नो टाउको पिट्दै भन्दै थिए, ऊ त भाग्यमानी रहेछ भगवानको काखमा मर्न पायो, हामी पापी रहेछौं, यस्तो मौका पाएनौं।’

मोदी नेपाल आएकै वर्ष पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल भारतको गुजरात पुग्यो। प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर जाँदा पोखरेली उद्योगी/व्यवसायीसँग त्यहाँको ओद्योगिक तरक्कीलाई नजिकबाट नियाल्ने मात्र हैन, गुजरातका ‘हिन्दु’ हरुलाई नेपाल भित्र्याउने लक्ष्य थियो।

‘भारत जानुअघि नै गुजरात र नेपालबीचको सम्बन्ध हामीले केलायौं, गुजराजबाट ठूलो संख्यामा स्वामी नारायण सम्प्रदायका तीर्थालुहरु मुक्तिनाथ आउने थाहा पाएपछि हामीले त्यहाँ मुक्तिनाथकै प्रचार गर्‍यौं’, गुजराज भ्रमणलाई सम्झँदै तत्कालीन उद्योग वाणिज्य संघका अध्यक्ष तथा हालका प्रदेशसभा सभासद विन्दुकुमार थापाले भने, ‘हाम्रो कुरा सुनेपछि गुजरात उद्योग वाणिज्य संघका पदाधिकारीहरु पनि दंग परेका थिए।’ मोदी स्वयं स्वामी नारायण सम्प्रदायका अनुयायी हुन् ।

सन् १७८१ मा द्धारिकामा जन्मेका घनश्याम पाण्डे आमा बाबुको मृत्युपछि ज्ञानको खोजीमा निस्के। नीलकण्ठवर्णीको नामले चिनिएका उनी रणबहादुर शाहको शासनकालमा नेपाल छिरे। दरबारमा पुग्दा उनले पेट दुखेर अत्तालिएका रणबहादुरको उपचार गरिदिए। राजा रिझाएका उनी घना जंगल पार गर्दै पोखरा आए, अनि मुक्तिनाथ पुगे। सहजानन्दको नामबाट चिनिने उनले मुक्तिनाथको पुलाश्रममा ध्यान गरे, अनि ज्ञानप्राप्त गरेपछि पोखरा फर्के। यहाँको गाईघाटमा केही समय बिताए। भनिन्छ, स्वामी नारायणले अष्टाङ्ग योगको दीक्षा पोखराको गाईघाटमा स्वामी गोपाल योगीसँग लिएका थिए।

उनी बसेको ठाउँमा अहिले नारायण मन्दिर रहेको छ। त्यतिमात्र नभएर पोखराको राममन्दिरमा पनि स्वामी नारायण सम्प्रदायले अर्को मन्दिरको निर्माण गरेका छन्। स्वामी नारायण र नीलकण्ठको नाममा प्रख्यात उनका अनुयायीहरु मुक्तिनाथ दर्शनको क्रममा पोखरा आउँछन्, यहाँको राममन्दिरमा रहेको आश्रममा बस्छन्, अनि त्यहाँबाट मुक्तिनाथको बाटो तताउँछन्। उद्धव सम्प्रदायका गुजरातीहरु अहिले स्वामी नारायणलाई भगवानजस्तै मान्छन्।

अक्षरधाम स्वामी नारायण सम्प्रदायको ठूलो मन्दिर हो।

प्रकाशित २१ बैशाख २०७५, शुक्रबार | 2018-05-04 10:34:53
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।